मोरङको रंगेलीबाट ठूलो मात्रा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रुपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रुपमा को १ ख ४४०० नम्बरको मिनी ट्रकमा चामल, चिनी र गहुँलगायतका वस्तु ल्याउँदै गर्दा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए। सशस्त्र प्रहरी बल बिओपीले ट्रकसहित तस्करी गरेर ल्याइएको १६ लाख मूल्य बराबरको सामान बरामद गरेको एसपी पौडेलले बताए।
मोरङको बेलबारीमा किराना पसल सञ्चालन गर्दै आएका भरत साहले अवैधरुपमा उक्त सामान ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएको र बरामद भएको सामानसहित ट्रक आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।