इटहरी, असोज ३ (नागरिक)- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भण्टाबारीमा शुक्रबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सवारी साधनको ठक्करबाट हरिपुर-७ का ३५ वर्षीय सुरेश कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको वीआर ३८ वी ०४०१ नम्बरको टाटा सुमोले कामतलाई ठक्कर दिएको थियो ।