डडेल्धुरा - लगातारको वर्षाले गर्दा बैतडीको विशालपुर गाविसका करिब पाँच सय परिवार पहिरोको उच्च जोखिममा छन्। बैतडीको विशालपुर गाविसका ६८ ठाउँमा पहिरो गएको छ। 'पहिरो आउने डरले सुत्न पाइँदैन,' विशालपुरका विनोद बोहराले नागरिकसँग भने, 'ज्यान जोगाउन पनि सुत्न सकिएको छैन।'पहिरोको उच्च जोखिममा रहेका परिवारलाई तत्काल अर्को ठाउँ पुनर्स्थापन गर्नुपर्ने अवस्था रहेको जिल्ला भूसंरक्षण कार्यालय बैतडीले जनाएको छ। पहिरोको डरले ६० परिवार विस्थापित भइसकेका छन्। पहिरो नियन्त्रण गर्न जिल्ला भूसंरक्षण कार्यालयले लाखौं खर्च गरिरहेको छ। गासिबभरीकै पाँच परिवार पहिरोको जोखिममा रहेका भुसंरक्षण कार्यालय बैतडीले जनाएको छ।
'दुई सातादेखि राम्ररी सुत्न पाएका छैनौं,' विशापुर–२ का जयदत्त भट्टले भने, 'पानी पर्नेबित्तिकै पहिरो जाने डरले सताइरहन्छ।' पटकपटक सरकारी निकायसित पहिरो नियन्त्रणका लागि पहल गर्दा पनि सानोतिनो रकमबाहेक केही पाएका छैनन्।
प्रत्येक वर्ष जिल्ला भूसंरक्षण कार्यालय बैतडीले २/४ लाख हाल्ने गरेपछि पहिरो धेरै ठूलो भएका कारण समस्या भइरहेको छ। अधिकांश गाउँमा पहिरो नियन्त्रणमा ठूलो रकमको आवश्यकता पर्ने जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ। विशालपुरका कटुलेगाउँ, नयागाउँ, ल्वासगाउँका ४/५ सय घरपरिवार छेउमै पहिरो पुगेका कारण रातभरि जाग्राम बस्नुपरेको स्थानीयले बताए। चार दर्जन घर चर्केका छन्।
दुई वर्षअघि भूसंरक्षण विभागले सर्वेक्षण गरी दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने जनाएको थियो। विशालपुरबासीले कुन बेला पहिरो घरमाथिबाट आउने हो भन्ने डरले राम्ररी सुत्नसमेत पाएका छैनन्। लगातार वर्षा भइरहेका कारण स्थानीयलाई आवतजावत गर्नसमेत समस्या छ। असार पहिलो सातायता लगातार भइरहेको वर्षा अहिलेसमेत रोकिएको छैन। घरआँगनमै पहिरो जान थालेपछि स्थानीयहरु विस्थापित हुन थालेका छन्। पहिरोले गर्दा खेतीयोग्य जमिनसमेत मासिने गरेको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश गाउँमा बर्सेनि पहिरोले ठूलो धनजन क्षति हुन्छ। डडेल्धुराको भित्रीमधेस क्षेत्रमा दर्जन गाउँ पहिरोको उच्च जोखिममा छन्। सबैभन्दा बढी बैतडी, अछाम र बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा छन्।
आलिताल, शिर्ष, रुपाल, भागेश्वर र जोगबुढा गाविसका दुई दर्जन गाउँ पहिरोको जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ। वर्षा सुरुसँगै सुदूरपश्चिम पहाडी जिल्लाका दर्जनभन्दा बढी गाउँ उच्च जोखिममा छन्। डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला र बैतडी जिल्लाका पाँच दर्जन गाविस पहिरोको उच्च जोखिममा रहेको भूसंरक्षण कार्यालयहरुले जनाएका छन्।