बाँके निकुञ्ज क्षेत्रबाट समातिए थप तीन सिकारी
२७ माघ २०७७
•
१ मिनेट पाठ
बाँके निकुञ्ज क्षेत्रबाट समातिए थप तीन सिकारी
सल्यानको कालिमाटीबाट पक्राउ परेका थप तीन जना सिकारी । तस्बिर : नागरिक
बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्। निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।




निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले सल्यानको कालिमाटीबाट थप ३ जनालाई पक्राउ गर्न सफल भएको जानकारी दिए। उनीहरुलाई पनि आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा ल्याइएको न्यौपानेले बताए।  

बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ। उक्त क्यामेरामा कैद भएका तस्बिरका आधारमा निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त टोलीले धमाधम सिकारी पक्राउ गर्न थालेको हो।  

अप्रेशन ‘महाहन्ट’ अभियान अन्तर्गत सिकारीलाई पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन्। उनी भन्छन्, ‘निकुञ्ज भित्र हुने अवैध कामको निगरानीका लागि हामीले ठाउँ–ठाउँमा सिसि क्यामेरा जडान गरेका छौं, यिनै क्यामेराले कैद गरेका तस्बिरको मद्दतले सिकारीलाई पक्राउ गर्न सहज भएको छ, अझै कति सिकारी पक्राउ पर्ने हुन्, त्यो हेर्न बाँकी नै छ।’  दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले एक दशक अघि सरकारले बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो।
अर्को समाचार
रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप
०९ जेष्ठ २०७८
•
१ मिनेट पाठ
रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप
रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो । यसै क्रममा वन गस्ती टोली र सिकारी समूहबीच बनमै दोहोरो झडप भएको हो ।




रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलन्टारस्थित बनमा रहेको गस्ती टोली र सिकार बीचमा दोहोरो झडप भएको डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवले जानकारी गराएका छन् । वन गस्ती टोलीसँग केही बेर दोहोरो झडप भएपछि आठ जनाको समूहमा रहेका सिकारीको समूह वनमै तितरबितर भएर फरार भएका र ती मध्ये एक जनालाई टोलीले पक्राउ गर्न सफल भएको छ ।  

पक्राउ पर्नेमा चन्द्रपुर ३ का सिताराम स्याङतान रहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका स्याङतानसित आवश्यक सोधपुछ जारी रहेको कार्यालयले जनाएको छ ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस