लकडाउनको मौका छोपी जंगलमा दुर्लभ वन्यजन्तु मार्ने सिकारी सक्रिय
०९ जेष्ठ २०७७
•
१० मिनेट पाठ
लकडाउनको मौका छोपी जंगलमा दुर्लभ वन्यजन्तु मार्ने सिकारी सक्रिय
जैविक विविधताले भरिपूर्ण जाजरकोटको वारेकोटको जंगलक्षेत्र । तस्बिर : जनक/नागरिक
लकडाउनमा स्थानीय सरकार र प्रशासनको ध्यान कोरोनातिर गएको मौका छोपी जिल्लामा दुर्लभ जनावर, माछा र पन्छीहरुको चोरीसिकारी गर्ने क्रम तीव्र बनेको छ । जंगल विनास गर्ने, दुर्लभ जनावर तथा चराहरुको चोरीसिकारी गर्ने तथा खोलाहरुमा अवैध रुपले माछा मार्ने क्रियाक्लापहरु बढेपनि सरोकारवालाहरुले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।  




विश्वको दुर्लभ जनावर रेडपान्डा लगाएत अन्य दुर्लभ चराहरु चिल, कालीज, सेतो गिद्ध, सुन गिद्धको वासस्थान रहेको वारेकोट गाउँपालिकामा जुम्ला लगाएतका जिल्ला र अन्य स्थानवाट जंगलमा चोरीसिकारी गर्नेहरु र जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिका लगाएतका स्थानीय तहहरुमा वन विनास गर्नेहरुको सक्रियता बढेको स्थानीयको भनाइ छ ।

जाजरकोटमा चरा तथा जनावरहरुको खोजी तथा अध्ययन कार्यमा क्रियाशील गोविन्दबहादुर सिंहले जुम्ला लगाएतका स्थानबाट जाजरकोटको बारेकोटमा सिकारी कुकुरसहित केहि व्यक्तिहरु दुर्लभ जनावरहको सिकार गर्न आएको भएपनि यस तर्फ प्रहरी र वन कार्यालयले ध्यान दिन नदिएको बताए । उनले लकडाउनको समय पारी जंगलमा सिकार गर्ने, खोलाहरुमा जथाभावी माछा मार्ने र वन मास्नेहरुको सक्रियता बढेको बताए । उनले स्थानीय प्रशासन, प्रहरी र वन कार्यालयले यस तर्फ विशेष ध्यान नदिए धेरै जनावर, माछा, चराहरु नास भएर जाने निश्चित रहेको पनि बताए ।  

उता डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाइले लकडाउनका मौका पारी केहि स्थानीय तहहरुमा वन विनास गर्ने र जनावर तथा चराहरुको चोरी सिकारी गर्ने गरेको खवर आफूहरुकहाँ पनि आएको र यसबारे आफ्ना मातहतका निकायहरुमा समन्वय गरि त्यस्ता काम रोक्ने पहल भइरहेको बताए । उनले वन रक्षकहरुको प्रयोग तथा परिचालन गरि विभिन्न ठाउँको वन विनास र जनावर तथा चराहरुको चोरी सिकारी नियन्त्रणका लागि आफूहरु नियमित अनुगमनमा निस्कन लागेको पनि बताए ।  

यस्तै वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले पनि आफ्नो गाउँपालिकामा विश्वकै दुर्लभ जन्तुहरु र चराहरुको सिकार रोक्नका लागि विभिन्न सँस्थाहरुले गरेको पहलमा आफूहरुले साथ दिइरहेको बताए । उनले स्थानीय जनतामा चेतना जगाएर वन विनास तथा वन्यजन्तुको सिकार गर्ने काम रोक्न विभिन्न निकायसंगको सहकार्य र समन्वयलाई जारी राखिएको बताए । जैविक विविधता र विश्वका दुर्लभ जनावर तथा चराहरुको उपयुक्त बासस्थानको रुपमा रहेको जाजरकोटमा वन विनास र जनावर तथा चराहरुको चोरीसिकारी गर्नेक्रम सरोकारवाला निकायले रोक्न नसकेको देखिन्छ ।  

स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय र स्थानीय सरकारहरुको अर्थपूर्ण दायित्वबोध र गतिलो योजना तथा कार्यक्रम नहुँदा जाजरकोटको वन तथा जन्तु सम्पदाको अवस्था दिनदिनै नाजुक बन्दै गएको   देखिन्छ । कानुनको कडा कार्यान्वयन तथा सरोकारवाला निकायको जवाफदेहिता शसक्त हुने हो भने जाजरकोटको वन र यहाँको जैविक सम्पदा नेपालकै उदाहरणीय सम्पदाको रुपमा रहन सक्ने स्थानीयहरुको भनाई छ ।
अर्को समाचार
वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै
०८ पौष २०८०
•
५ मिनेट पाठ
वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै
दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ। घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा यसले प्रत्यक्षरुपमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढाउने देखिएको छ।




सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिने भए पनि घाँसे मैदानको व्यवस्थापनजस्ता अत्यन्तै महत्वपूर्ण क्षेत्रमा बजेट घटाउँदै लगेको छ। निकुञ्जमा घाँसे मैदान, हात्ती, गैँडा, गौर, नीलगाई, चित्तल, लगुना, मृग, जरायोजस्ता शाकाहारी जनावरको चरन क्षेत्र हो। यिनै जनावरमा बाघ, चितुवाजस्ता मांशाहारी जनावर आश्रित हुन्छन्।

निकुञ्जमा आहाराको अभाव भएपछि शाकाहारी जनावर मानव बस्ती प्रवेश गर्छन्। यिनै जनावरको पछि लागेर बाघजस्ता सिकारी जनावर पनि मानव बस्ती आउँछन्। यससँगै चरन क्षेत्र नपाएर बाहिरिने एकसिङ्गे गैँडा र बाघले मानिसलाई आक्रमण गर्ने गर्दछ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर घाँसे मैदान निर्माण गर्न  तीन करोड १० हजार, आव २०७७/०७८ मा सात सय हेक्टरका लागि  तीन करोड ५० लाख, २०७८/०७९ मा ५० हेक्टरका लागि  २५ लाख, २०७९/०८० मा ५० हेक्टरका लागि  २५ लाख बजेट विनियोजन भएको थियो। चालु आवका लागि भने घाँसे मैदान निर्माणका लागि बजेट विनियोजन भएको छैन।

यसैगरी घाँसे मैदान व्यवस्थापनका लागि पनि बजेट क्रमशः कम हुँदै आएको छ। घाँसे मैदान व्यवस्थापनका लागि आव २०७६/०७७ मा ५७.७९ हेक्टरका लागि  २८ लाख ९९ हजार, आव २०७७/०७८ मा चार सय हेक्टरका लागि  ९९ लाख ५७ हजार, २०७८/०७९ मा तीन सय आठ हेक्टरका लागि  ३८ लाख ३५ हजार, २०७९/०८० मा दुई सय २५ हेक्टरका लागि  ३३ लाख ३७ हजार बजेट विनियोजन भएको थियो। चालु आवमा तीन सय ७० हेक्टर घाँसे मैदान व्यवस्थापनका लागि  ४० लाख ७० हजार बजेट विनियोजन भएको छ।

निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको मध्यवर्ती क्षेत्र ७२९.३७ वर्ग किलोमिटर छ। यसमध्ये १० हजार हेक्टर क्षेत्रफल घाँसे मैदानयोग्य छ। तिनै क्षेत्रमा बजेटअनुसार व्यवस्थापनको काम गर्ने गरिन्छ। कतिपय ठाउँमा रुख बिरुवा हुर्किसकेकाले ती ठाउँमा पनि व्यवस्थापन गर्ने गरिन्छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले रुख बिरुवा हटाएर, ट्र्याक्टर, जेसिबी, एक्साभेटरजस्ता उपकरणको प्रयोग गरी घाँसे मैदान निर्माण गर्ने गरेको बताए। यसैगरी मानिस र ट्र्याक्टरले घाँसे मैदान व्यवस्थापन गरिँदै आएको छ। दलदल भएका क्षेत्रमा मानिसले ढड्डी फाड्ने गर्दछन् भने अन्य क्षेत्रमा ट्र्याक्टर लगाउने गरेको उनले जानकारी दिए। कतिपय ठाउँमा नियन्त्रित आगलागी गरेर पनि घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ।

वन्यजन्तु संरक्षणका लागि घाँसे मैदानको निर्माण र व्यवस्थापन निकै महत्वपूर्ण हुने भए पनि बजेटको अभावमा चाहेजति काम गर्न नसकिएको उनको भनाइ छ। बजेट घट्दै गएपछि घाँसे मैदानका रुपमा रहेका क्षेत्रमा ढड्डी बढेर वन्यजन्तु चर्न योग्य हुन छाडेको छ। यसका कारण निकुञ्जभित्र घुम्ने पर्यटकले सहजै वन्यजन्तु अवलोकन गर्न पाउँदैनन्।

बाघ र मानिसको द्वन्द्वका विषयमा विद्यावारिधि गरेका डा बाबुराम लामिछाने निकुञ्जमा व्यवस्थित घाँसे मैदान नहुँदा बाघका आहारा प्रजाति मानव बस्तीमा प्रवेश गर्ने बताउँछन। उनले भने, ‘आहारा प्रजाति जता जान्छन् बाघ उतै जान्छ। यसरी बाघ नै बस्ती पसेपछि यसले द्वन्द्व निम्त्याउँछ।’

वन्यजन्तुका लागि पानी र आहारा निकै महत्वपूर्ण हुने भन्दै उनले शाकाहारी अग्ला वन्यजन्तुले वनमा डालेघाँस खाने भए पनि होचा जनावरका लागि घाँसे मैदान अनिवार्य हुने बताए। बर्सातको समयमा घाँसको खासै समस्या नहुने भए पनि हिउँदको समयमा घाँसे मैदान अपरिहार्य हुने उनको भनाइ छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता अजय कार्की सरकारको प्राथमिकतामा घाँसे मैदान नपरेको स्वीर्काछन।अर्थ हुँदै वन र विभागसम्म बजेट कम आउँदा घाँसे मैदानका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको उनले बताए।

उनले भने, ‘सडक, भौतिक पूर्वाधारलगायतमा बजेट प्राथमिकतामा पर्छ, तर वन र वन्यजन्तु संरक्षण प्राथमिकतामा राखिँदैन।’ विभागले चाहेर पनि आवश्यकताअनुसार बजेट पठाउन नसकेको उनले बताए।

हालसम्म घाँसे मैदान व्यवस्थापन बोलपत्र आह्वान गरेर मात्रै गर्नुपर्दा पुस महिनाभन्दा अगाडि काम गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले नयाँ कार्यविधि आएकाले अब थोरै रकमले धेरै काम गर्न सकिने जानकारी दिए। उनका अनुसार मजदुर राखेर बाह्रै महिना काम गर्न मिल्ने गरी नयाँ कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। उनले भने, ‘अब हामी थोरै बजेटबाट धेरै काम गर्न सक्छौँ। ठेक्का लगाउनैपर्ने प्रावधान हटेको छ।’ ‘वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि २०८०’ मङ्सिर २८ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ।

घाँसे मैदान निर्माण र व्यवस्थापन अत्यन्तै महत्वपूर्ण काम भएको भन्दै उनले बजेट विनियोजनमा अर्थ मन्त्रालयबाटै यसलाई प्राथमिकता दिएर विनियोजन हुनुपर्ने बताए।

जीवशास्त्री कृष्णप्रसाद भुसाल घाँसे मैदान, सिमसार र जङ्गल एकआपसमा अन्तरसम्बन्धित पर्यावरणीय प्रणालीका अङ्ग भएको बताउँछन। उनले भने, ‘यही मिश्रित बासस्थान वन्यजन्तुका लागि उपयुक्त हुन्छ। घाँसे मैदान हात्ती, गैँडा, गौर, नीलगाई, चित्तल, लगुना, मृग, जरायोजस्ता शाकाहारी जनावरको चरन क्षेत्र हो। यिनै जनावरमा बाघ, चितुवाजस्ता मांशाहारी जनावर आश्रित हुन्छन्।’

सुन्दर भू–दृश्य, वन्यजन्तु अवलोकन र सहज सफारीले पनि घाँसे मैदान पर्यटकीय आगमनको आकर्षण भएको उनको भनाइ छ। भूक्षय रोकथाम, कार्बन सोचन, मलिलो माटो बनाउन र पारिस्थितिकीय पौष्टिक चक्र सञ्चालनका हिसाबले पनि घाँसे मैदान महत्वपूर्ण मानिन्छ।

वन्यजन्तु संरक्षणका लागि चरिचरन क्षेत्रको दिगो व्यवस्थापन पहिलो आवश्यकता भएको विज्ञहरु बताउँछन्। हाम्रा संरक्षण क्षेत्रभित्रका घाँसे मैदानको खस्कँदो गुणस्तरले समग्र पर्यावरणीय चक्र नै प्रभावित भइरहेको भुसाल बताउछन। चोरीसिकार नियन्त्रण भएर गैँडाको सङ्ख्या बढिरहँदा अनपेक्षितरूपमा मृत्युदर पनि बढ्नुका कारण बासस्थान घाँसे मैदानमा आएको ह्रासलाई पनि मानिएको उनको भनाइ छ।

घाँसे मैदानको अभावमा बाघका आहाराजन्य प्रजातिको विविधता र सङ्ख्या घटेसँगै यसको सिधा असर बाघ संरक्षणमा पनि पर्ने बताउँदै उनले अन्ततः यसले मानव वन्यजन्तु द्वन्द्वलाई थप चर्काउने बताए।  धर्मेन्द्र झा र नारायण अधिकारी/रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस