एकल महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मुगु जिल्ला कार्माराङ्ग गाउँपालिका १ घर भई डोल्पामा ब्यवसाय गर्दै आएका वर्ष ५३ का कार्म तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका १ कोटबगरस्थित माछापुच्छ्रे बैङ्कमा खाता खोलेर घर फर्कने क्रममा त्रिपुरासुन्दरी नपा १० स्थित घोरबाडा जङ्गलको बाटोमा एक्लै हिडिरहेको अवस्थामा हातपात गरि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए।
त्रिपुरासुन्दरी नगरपालिका ११ मा घर भएकी एकल महिलालाई १९ माघमा जबर्जस्ती करणी गरि तामाङ्ग फरार भएका थिए। प्रहरी चौकी लिकु र त्रिपुराकोटबाट खटिएर गएको सुरक्षागस्तीले स्थानीय जनताको सहयोगमा तामाङ्गलाइ पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।