परासी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१५प ९१५ नम्बरको मोटरसाइकल र ना२च ६८३५ नम्बरको पिकअप भ्यान एकआपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडि बस्ने स्याङ्जा रुपसिङ्डाँडाका अर्जुन न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ।गएराति भएको दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देही दूधराक्ष– ९ बस्ने विजय भण्डारीको उपचारको क्रममा एलाईभ ट्रमा अस्पताल भरतपुरमा मृत्यु भएको हो। भ्यान र चालक प्रहरी नियन्त्रणमा छन्। रासस
अर्को समाचार
दुर्घटनामा दुईजनाको मृत्यु
अर्को समाचार
सवारी दुर्घटनामा दुईको मृत्यु
रत्ननगर-चितवनको दारेचोक गाविसमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन्।बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी चितवन भरतपुर–९ का ३० वर्षीय राजु श्रेष्ठ र भरतपुर–२ क्षेत्रपुरका हासन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ५१२८ नम्बरको ट्रकसँगै विपरीत दिशाबाट आइरहेको ना ९ प४१४० तथा बा ५१ प २५८० नम्बरको मोटरसाइकल दारेचोक–४ मा ठोक्किँदा सो दुर्घटना भएको हो। रासस