भक्तपुर, चैत २९- नववर्षको आगमनसंँगै तान्त्रिकबिधिअनुसार भक्तपुरमा सुरु हुने प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ। भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने सांस्कृतिक पर्व नयाँ वर्षका चार दिन अगाडिदेखि सुरु भएर नयाँवर्षको पाँचदिनका दिन साँझ सम्पन्न हुने गर्दछ।
बिस्केट जात्राको पहिलो दिन आज बिहानै भैरबनाथको पूजा गरी परम्परागत बिधिअनुसार जात्राको सुरुवात भएको गुठी संस्थानले जानकारी दिएको छ। बुधबारै बिहान टोलटोलका बासिन्दाले भैरबको पूजा गर्ने, भैरब र बेताललाई गुठी संस्थानद्वारा सरकारी पूजा गरी तलेजुका मूल पुजारीलाई तरबार बुझाएपछि गुठी संस्थानको बाजासहित तलेजु नाइके नरेन्द्रप्रसाद जोशीले भैरबको रथमा खड्ग लगेर विशेष पूजा गरेपछि अपराह्नदेखि तौमढीअर्थात पाँचतले मन्दिरबाट भैरबको रथलाई तान्ने गरिन्छ।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरबनाथको रथमा भैरबनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा तानेर लैजाने र साँझ गःहिटी पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ।
लिच्छवीकालदेखि नै मनाइँदै आएको बिस्केट जात्रा विक्रम संवत्अनुसार सौरमासको आधारमा बिःसीतअर्थात नागनागिन मर्यो भन्ने भावका आधारमा मनाइँदै आएको छ।
यसवर्षको बिस्केट जात्रामा झगडा हुन नदिन र ढुङ्गा हान्न नदिन जिल्ला प्रशासन कार्यालय एवम् महानगरीय प्रहरी परिषद् भक्तपुरले एकहजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको प्रहरी उपरीक्षक दिलीप चौधरीले जानकारी दिए।
जात्रा सौहार्द्रपूर्णरूपमा सम्पन्न गर्न सबैमा आग्रह गर्दै स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टराईले जानकारी दिए।
जात्रा शान्तिपूर्णरूपमा मनाउन गुठी संस्थानले यसवर्ष रथ तान्ने कार्य दिउँसो ३ बजे सुरु गरेर ५ गते गःहिटी पुर्याएर सम्पन्न गर्ने गरी तयारी गरेको गुठी संस्थानले जानकारी दिएको छ। जात्रा सञ्चालनका लागि यसवर्ष करिब रु २५ लाख खर्च हुने संस्थानले जानकारी दिएको छ। रासस