कमल थापा, रुकुम, चैत २३ - पश्चिम रुकुमको मग्मा गाविसको ५ नदुवामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।
आठबीसकोट गाविसको राडी ज्यूलाबाट सदरमुकाम खलंगा आउँदै गर्दा बिहीबार राति लु.२ त. ९९४७ नं.को ट्याक्टर गोरेडाँडाको मोडमा दुर्घटना भएको थियो। मृत्यु हुनेहरुमा मग्मा ९ का ९ का ५५ बर्षिय कविराम खनाल,सोही ठाउँका ४० वर्षिय कासीराम खनाल, मग्मा १ का ३५ वर्षीय रातो खत्री र मग्मा २ का ४० वर्षीय सर्जन खत्री रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको थियो।
दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ।