नेपालगन्ज, माघ २४- बाँके जिल्लाको गनापुर-७ स्थित गङ्गा रोजिन एन्ड टरपनटाइन फ्याक्ट्रीमा आज अपराह्न भीषण आगलागी हुँदा करिब रु ५० लाखबराबरको सामान जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट फ्याक्ट्रीमा रहेको खोटो तथा खोटो प्रशोधित सामग्री र भवनसमेत जलेर ध्वस्त भएको छ।
स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा करिब एक घन्टामा आगलागीमाथि नियन्त्रण गरिए पनि खोटो प्रज्वलनशील पदार्थ भएकाले फ्क्याट्रीमा भएको सबै सामान जलेको बताइएको छ। रासस
स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा करिब एक घन्टामा आगलागीमाथि नियन्त्रण गरिए पनि खोटो प्रज्वलनशील पदार्थ भएकाले फ्क्याट्रीमा भएको सबै सामान जलेको बताइएको छ। रासस