जनगणनामा आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने, यस्तो हुनेछ प्रश्नावली
२४ कार्तिक २०७७
•
३ मिनेट पाठ
जनगणनामा आर्थिक र सामाजिक पक्षको अध्ययन गरिने, यस्तो हुनेछ प्रश्नावली
‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना–२०७८ मा जनसंख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत अध्ययन गरिने भएको छ।      

यस पटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरको विस्तृत तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार त्यसका साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपंक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरको समेत तथ्यांक संकलन गरिने उनले बताए।     

केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना शुरु हुन अब २११ दिन बाँकी रहेको बेला उनले प्रारम्भिक अनुमानमा तीन करोड जनसंख्या र ७० लाख घरपरिवार भएको अनुमान गरिएको समेत जानकारी दिए। कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले सहजतापूर्वक राष्ट्रिय जनगणना सम्पन्न गर्ने तयारी भइरहेको छ।      

“कोरोना महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको छ, जसबाट केही अनुभव पनि प्राप्त भएको छ, हालकै अवस्थामा भए पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गर्न समस्या हुँदैन ” उनले भने।      

जनगणनाको तयारी स्वरुप आगामी माघदेखि प्रमुख प्रशिक्षकलाई तालिम दिन शुरु गरिनेछ। त्यसैगरी चैत महिनादेखि चार महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिनेछ।      

विगतमा गणकका रुपमा शिक्षकलाई प्रयोग गरिन्थ्यो भने यसपटक खुला विज्ञापनमार्फत गणकहरु छनोट गरिनेछ। उनले आर्थिक समृद्धि र सुशासनको आधार स्थापनाका लागि जनगणना आवश्यक रहेको भन्दै यसको महत्व झनै बढेर गएको बताए। यसपटकको जनगणनामा पहिलोपटक स्थानीय तहसम्म गइ विस्तृत तथ्यांक संकलन गरिनेछ।      

जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय जनगणना निर्देशन समिति स्थापना गरिनेछ। साथै राष्ट्रिय जनगणना समन्वय समिति, राष्ट्रिय जनगणना प्राविधिक समिति र राष्ट्रिय जनगणनाका अन्य विषयगत समिति पनि रहनेछन्।      

जनगणनाको समयमा चार महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुन्छ। जसमध्ये केन्द्रसँगै ७ वटै प्रदेश, सबै जिल्ला र सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्य समिति स्थापना हुनेछ।      

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव सुमनराज अर्यालले हाल जनगणनाका शासकीय पक्षका बारेमा छलफल भइरहेको बताए। “ कुनै पनि तथ्यांकीय प्रक्रियामार्फत उत्पादन भएका सेवाहरु सार्वजनिक चासोका विषय हुन्। अहिले विभाग, सरकारलगायतले प्रवाह गर्ने सेवालाई सार्वजनिक वस्तु बनाउने काममा लागिरहेका छौं। यसमा जनगणाका शासकीय पक्षका बारेमा पनि छलफल गरिरहेका छौं,” उनले भने।      

यस्ता हुन्छन् प्रश्नावली      

जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि तीन वटा प्रश्नावली तयार पारिएको छ। जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ। यसमा २५ वटा प्रश्न हुन्छन्। त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरु हुनेछन्। यो आगमी जेठ २५ गतेदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ। यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ।      

मुख्य प्रश्नावलीमा प्रत्यक्षरुपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी बत्ती, मोबाइल, सवारी साधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ।      

त्यसैगरी सरकारी निकायमा दर्ता नभएका विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरुको पनि तथ्यांक संकलन गरिनेछ। जसमा कुन व्यक्तिले के काम गर्छन ? कस्तो काम गर्छन् ? उनीहरुले काम गर्ने ठाउँमाबाट कस्तो उत्पादन हुन्छ लगायतका तथ्यांकहरु संकलन गरिने श्रेष्ठले जानकारी दिए। सामुदायिक प्रश्नावलीमा वडास्तरमा हुनेछ। यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई पुनः परिक्षण गरिनेछ। जसबाट वडा स्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ।      
अर्को समाचार
बालविवाहको विडम्बना
०६ चैत्र २०८०
•
३ मिनेट पाठ
बालविवाहको विडम्बना
राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो जनगणना गरेको दुई वर्ष पूरा भइसकेको छ। तर पनि त्यसका खण्डीकृत नतिजा आउने क्रम जारी छ। जसमध्ये आइतबार बालविवाहसम्बन्धी गणनाको तथ्यांक सार्वजनिक गरियो। जुन तथ्यांकले बालबालिका र महिला अधिकारका क्षेत्रमा काम गर्नेहरूलाई उनीहरूको सक्रियता कम भएको महसुस गर्न बाध्य पारेको छ।

सार्वजनिक तथ्यांकअनुसार नेपालमा सम्पूर्ण विवाहको ३५.१ प्रतिशत महिलाको बालविवाह भएको छ। अर्थात् उनीहरूको १८ वर्ष पुग्नुअगावै बिहे भएको छ। नेपालको कानुनले विवाहको उमेर कम्तीमा २० वर्ष राखिदिएकाले यस्तो विवाह गैरकानुनी हो तर पनि व्यवहारमा भने विवाह भइरहेको तथ्यांक स्वयं बताउँछ।

बालविवाह बढी हुनुमा अशिक्षा र चेतना अभाव अनि पछौटेपन मुख्य कारण रहेको देखिन्छ। मधेस प्रदेश र तराई क्षेत्र अनि कर्णाली प्रदेशमा यस्तो प्रतिशत बढी हुनुले यो अवस्था प्रष्टिन्छ। जस्तो–भौगोलिक आधारमा हेर्दा तराईमा सबै भन्दा धेरै अर्थात् ३६.६ बालविवाह भएको थियो। अनि प्रदेशगतरूपमा हेर्दाचाहिँ मधेस प्रदेशमा सबैभन्दा बढी ४२.४ प्रतिशतको बालविवाह भएको थियो भने त्यसपछि कर्णालीमा मधेसकै आसपास अर्थात् ३७.९ प्रतिशतले बालविवाह गरेका थिए। कर्णाली पछौटेपनको पर्याय अनि मधेस प्रदेश विकासका हरेक सूचकांकमा पुछारतिर परेको पाइन्छ। यी दुवै ठाउँको शिक्षा, स्वास्थ्य, अधिकार तथा अन्य सेवा/सुविधा तुलोमा राख्दा निकै उचालिएका तस्बिर जताततै देखिन्छन्। त्यसैले बालविवाह पनि यी ठाउँमै सबैभन्दा बढी हुनुको अर्थ यो अशिक्षा, चेतना अभाव र पछौटेपनसँग सम्बन्धित छ भन्न हिच्किचाउनु पर्दैन।

जनगणनाले देखाएको अर्को विडम्बना भनेको बालविवाह ग्रामीण क्षेत्रभन्दा नगर क्षेत्रमा बढी देखिनु हो। तथ्यांकअनुसार बालविवाह गर्नेमध्ये ३४.३ प्रतिशत गाउँपालिकामा बस्छन् भने ३६.३ नगरमा। यसो हुनुको वास्तविकता चाहिँ पछिल्लो समय धेरै ग्रामीण भूभागलाई नगरपालिका बनाइनु हो। बिनापूर्वाधार नगरपालिका घोषणा गरिएपछि उनीहरू बासिन्दाचाहिँ नगरका भए तर नगरबासीले पाउनुपर्ने सुविधा र चेतबाट भने वञ्चित भए। त्यसैले गाउँको तुलनामा नगरमा बालविवाह बढी भएको कारणचाहिँ ‘प्राविधिक’ रूपमा मात्र बुझ्नु उपयुक्त हुनेछ।

बालविवाहका अनेक विकराल पक्ष छन्। खासगरी कलिलै उमेरका किशोरकिशोरी मानसिक र शारीरिक रुपमा विवाहका लागि तयार भएकै हुँदैनन्। सन्तानोत्पादनका लागि तयार भइसकेको हुँदैन। यस्तो अवस्थामा बिहे गर्दा उनीहरू विभिन्न स्वास्थ्य समस्या भोग्न बाध्य हुन्छन्। उनीहरूबाट जन्मने शिशुहरूसमेत ख्याउटे, पुड्के, तौल नपुग्ने जस्ता समस्या लिएर आउने हुन्छन्। जसले गर्दा आमा र सन्तानकै ज्यान दीर्घरोगी हुने सम्भावना रहन्छ। बिहे गरेर आएपछि घरायसी कामकाजको बोझ त हुने नै भयो। यसरी एकातिर स्वास्थ्य अवस्था नाजुक हुन्छ भने अर्कोतर्फ पढाइ, कमाइलगायतका उन्नति/प्रगतिका बाटासमेत अवरुद्ध हुन्छ। आर्थिक भारले  पारिवारिक कलह निम्त्याउने जोखिम रहन्छ। समग्रमा बालविवाहले पुरुषभन्दा महिलालाई बढी असर गर्ने भएकाले यस्ता समस्या हल गर्नेबारे सोच्न ढिला गर्नुहुँदैन।

पछिल्लो तथ्यांकको स्वीकारोक्ति के हो भने हाम्रा सरकारी संयन्त्र बालविवाह रोक्न असफल भएका छन्। स्थानीय सरकारमा बालविवाह रोकथाम फगत कार्यक्रममै सीमित भएका छन्। गैरसरकारी संस्थाहरूले पर्याप्त मात्रामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन्।  त्यसो त हाम्रा कतिपय जनप्रतिनिधिले नै ‘बिहेबारी, २० वर्षपारि’ भन्ने सरकारी नारासँगै खुलेआम असहमति प्रकट गर्दै आफै विवेकशून्य भएको प्रमाणित गरेका छन्।  त्यसो भए के गर्ने त ? सबैभन्दा पहिले त कानुन कार्यान्वयनमा कडाइ जरुरी छ। दण्डहीनताले नै यसलाई बढावा दिएकोमा कुनै शंका छैन। तर, नगरिनहुने भनेको बालिका शिक्षा र सशक्तीकरण हो। बालिकालाई मानव पुँजी ठानेर लगानी नगर्ने हो भने दीर्घकालीनरुपमा यो समस्याको समाधान सम्भव छैन। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस