बाँके (नेपालगन्ज), माघ ९ - भारतीय सीमावर्ती बजार रुपैडिहाबाट चार किलो चरेससहित एक नेपाली नागरिकलाई आज भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले पक्राउ गरेको छ।
नेपालगन्ज नगरपालिका-९ का माइला अन्सारी भनिने हारुन अन्सारीलाई चरेससहित पक्राउ गरिएको रुपैडिहास्थित सशस्त्र सीमा बल जी कम्पनी सातौँ बटालियनका सहायक सेना नायक पीएन सिंहले बताए ।
रुपैडिहाको बसपार्कस्थित मोटरसाइकलमा चरेस राखेको अवस्थामा उनलाई पक्राउ गरिएको एसएसबीको दाबी छ। तर व्यावसायिक रिसइबीका कारण अन्सारीलाई फसाइएको स्रोतले जनाएको छ।
अन्सारी एक होटलमा बसेको बेला रिसइबीका कारण बाहिर रहेको मोटरसाइकलमा चरेस राखेर उनलाई फसाइएको स्रोतले दाबी गरेको छ। अन्सारी नेपालगन्जका सुपारी व्यवसायी हुन्। रासस