चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना
१३ असोज २०७७
•
२ मिनेट पाठ
चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना
चाडपर्व नजिँदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ। चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको छ।




बढ्दो कोरोना संक्रमणसँगै आउन लागेको दशैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ। विगतका चाडपर्वमा भएका अवाक्षनीय अपराधिक गतिविधि, चोरी, हत्या र सवारी दुर्घटनालाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनतर्फ लैजान थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

‘कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तवरले सबैले चाडपर्व मनाउन सक्छन् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं,’ एसपी खड्काले भने, ‘प्रदेश राजधानी विराटनगरलगायत केही स्थानलाई विशेष रेखांकन गर्दै सबै ठाउँमा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाउँछौं।’

धार्मिकस्थलहरूमा हुने भक्तजनको भीडभाड, चोरी, लुटपाट, झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभावलगायतमा पनि प्रहरीले विशेष निगरानी बढाएको छ। व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, चाडपर्वमा यातायातको सहज उपलब्धता, हातहतियार तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको एसपी खड्काले बताए।  

महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणका साथै आर्थिक कारोबार हुने स्थानमा चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ। सीमा अपराध नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीसँगको समन्वय र सहकार्य गर्ने र पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महवत्पूर्ण स्थानमा विशेष निगरानी बढाइएको एसपी खड्काले बताए।  

‘चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेका छौं,’ एसपी खड्काले भने, ‘मोरङमा १ हजार २ सय ३३ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक रहेको र ९ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने तथा थप २ सय ७३ जना मद्दतका लागि प्रदेश कार्यालयमा भनेका छौं।’
अर्को समाचार
ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना
१७ असोज २०७८
•
२ मिनेट पाठ
ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना
गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।




प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित गरेर प्रदेशका ६७ स्थानमा स्थायी चेकिङ भइरहेको जनाएको छ । त्यसबाहेक ५१ ठाउँमा नियमित चेकिङ शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसका लागि ३०३ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।

उनका अनुसार प्रदेशको राजधानी कास्कीमा ३२ ठाउँमा स्थायी चेकिङ हुनेछ । त्यस्तै, स्याङ्जामा ४, नवलपरासीपूर्व (नवलपुर)मा ४, तनहुँमा ६, लमजुङमा ४, गोरखामा ३, बागलुङमा ४, म्याग्दीमा २, पर्वतमा ३, मुस्ताङमा ३ र मनाङमा १ स्थानमा स्थायी चेकिङ हुने उनले बताए । गण्डकी प्रदेश ट्राफिक कार्यालयले नियमित ५१ स्थानबाहेक २८ स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने जनाएको छ । त्यसमा आवश्यकता अनुसार चेकिङ थप्न सकिने प्रवक्ता केसीले बताए ।  

नेपालीहरुको चाँड बडादशैं र तिहारका लागि घर फर्किन चाहनेहरुलाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले २६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको पनि उनले बताए । जहाँबाट यात्रुलाई परेको समस्या समाधानका लागि सहयोग हुने उनले बताए । ट्राफिक प्रहरीका अनुसार यात्रु सहायता कक्षबाट यात्रुको सामान चोरिएको, यात्रु ठगिएको, अलमलमा परेका, एउटा सिट भनेर अर्को सिटमा यात्रुलाई राखेको, बढी भाडा लिएका यात्रुको गुनासो सुन्ने र तत्काल समाधानका लागि पहल गर्ने काम हुनेछन् ।

यात्रुलाई सुरक्षित बनाउनका लागि १५ ठाउँमा मोवाइल गस्ती र मुख्य राजमार्गमा मात्र १२ वटा राजमार्ग गस्ती टोली खटाइएको जनाइएको छ । त्यस्तै १२ वटा क्वीक रेसपोन्स टीम (क्यूआरटी) टोली खटाइने प्रवक्ता केसीले बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तथा कोरोना जोखिम नियन्त्रणका लागि भनेर १२ वटा टोली परिचालन गर्ने जनाएको छ । प्रदेश भित्र ११५ वटा अत्यधिक दुर्घटनाग्रस्त ठाउँ (ब्ल्याक स्पट)को पहिचान गरि त्यहाँ दैनिक २ पटक चेकजाँच शुरु भएको जनाइएको छ । उक्त ठाउँहरुमा विहान ६ देखि मध्यरात १२ बजेसम्ममा दैनिक दुई पटक चेकजाँच हुने प्रवक्ता केसीको भनाई छ ।

सुरक्षा योजनामा खटिएका सुरक्षाकर्मीहरुले क्षमता भन्दा बढी यात्रु तथा मालसामान ओसारपसार हुन नदिने, यात्रु ठगिने, लुटिने सम्भावनालाई न्यून गर्ने, भिभिआईपी, भिआईपीहरुको भ्रमण तथा धार्मिक स्थलहरुमा तीर्थ यात्री र दर्शनार्थीहरुको ब्यबस्थापन गर्ने र कोरोना महामारीको जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्ने र विपद उद्धार गर्ने प्रवक्ता केसीले बताए । 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस