अवैध काठसहित चार जना पक्राउ
०४ असोज २०७७
•
१ मिनेट पाठ
अवैध काठसहित चार जना पक्राउ
अवैध काठसहित पक्राउ व्यक्तिहरु । तस्बिरः महेश्वर
उदयपुर प्रहरीले एक सामुदायिक वन उपभोक्ता समूहबाट अवैध सखुवाको काठसहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका २ जोगीदहस्थित कङ सामुदायिक वन उपभोक्ता समूहबाट सखुवाको चिरान काठ ४ थान फालासहित उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।  




प्रहरी चौकी जोगीदहबाट खटेको टोलीले त्रियुगा नगरपालिका २ का ५० वर्षीय कल्सु चौधरी, सोही ठाउँका २८ वर्षीय अविर चौधरी, २६ वर्षीय सुरज थापा र २६ वर्षकै पवन खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सामुदायिक वन समूहको जंगलबाट केही व्यक्तिले अवैध काठ चोरी गर्दै काठ काट्ने गरेको भन्ने सुराकीका आधारमा टोली खटाई काठसहित उनीरुलाई नियन्त्रणमा लिइएको हो।  

पक्राउ व्यक्तिहरुबाट भर्खर चिरान गरेको ४ क्युविक फिट काठ बरामद भएको छ। उनीहरुलाई जिल्ला प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि डिभिजन वन कार्यालय गाईघाटको जिम्मा दिइएको छ। प्रहरीले जिल्लाको प्राकृतिक स्रोत साधनको सुरक्षा गर्दै अवैधानिक दोहन, उत्खनन र बिक्री वितरणमा रोक लगाउने अभियान चलाउने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ।
अर्को समाचार
सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ
१४ माघ २०७७
•
१ मिनेट पाठ
सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ
सुर्खेतमा प्रहरीले बुधबार बिहान करिब १ बजेतिर अवैध काठसहित १२ जनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–१२ मसिनास्थित छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको लु२ख २१० नम्बर को ट्रकमा अवैधरुपमा काठ लैजाँदै गर्दा एक सय ४७ थान सालको चिरान काठसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।




७७.६४ क्यू फिट सालको चिरान काठ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार ट्रक चालक भेरीगंगा नगरपालिका–२, सप्तरीका १८ वर्षीय विकास केसी, सोही ठाउँका १३ वर्षीय योगराज बुढा, १२ वर्षीय हिमाल खड्का, १५ वर्षीय मदन भण्डारी, १४ वर्षीय प्रदीप वली र १३ वर्षीय निराजन विकलाई पक्राउ गरिएको छ।  

साथै २० वर्षीय पदम खत्री, १५ वर्षीय अम्मर डिसी, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली, ३५ वर्षीय सोमबहादुर विक र २० वर्षीय राम वलीलाई पनि पक्राउ गरिएको उनले जनाए। आवश्यक कारबाहीका लागि छिन्चु वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस