लागुऔषधसहित उदयपुर प्रहरीले एक किशोरलाई बुधबार साँझ पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारदेखि प्रतिबन्धित इस्ट्राभेट र लेबल नखुलेको दुईथरी लागुऔषधसहित १७ वर्षीय किशोर सचिन राई पक्राउ परेको प्रहरीले जनाएको छ।
साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्तीमा रहेको प्रहरी चौकी बसाहाको टोलीले शंका लागी शरीर खानतलासी लिने क्रममा चौदण्डीगढी नगरपालिका ३ का राईको साथबाट इस्ट्राभेट १३ ट्याब्लेट र लेबल नखुलेको ३ एम्पुल (थान) लागुऔषध फेला पारेर पक्राउ गरेको हो।
राईलाई लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखी अनुसन्धान कार्य अघि बढाइएको छ। लागुऔषध नियन्त्रण अभियानअन्तरगत जिल्लाका सबै युनिटहरुमा सतर्कता अपनाउँदै त्यस्ता व्यक्तिको खोजी कार्यमा प्रहरी परिचालन कार्य तीव्र पारिएको जनाएको छ। उदयपुरमा सुनसरी, सिराहा र सप्तरी जिल्ला जोडिएका सीमानाकाबाट प्रसस्त लागुऔषध भित्रिने गरेको तथ्य यसअघिदेखि नै प्रहरीले फेला पार्दै आएको छ।
सदरमुकाम गाईघाटमा सप्तरीसँगको सीमा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट लागुऔषध भित्रिने गरेको छ भने पूर्वमा सुनसरीसँगको सीमा बेलका नगरपालिका ८ चतारा नाका भएर भित्रिने गरेको प्रहरीले जनाएको छ। त्यस्तै दक्षिणीभेगमा सप्तरीसँग जोडिएको बेलका नगरपालिका २ को बान्डाँडा नाका र चौदण्डीगढी नगपालिका ५ को शिवाई भएर सप्तरीकै फत्तेपुर नाका भएर लागुऔषध भित्रिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उता पश्चिममा सिराहाको मिर्चया नाका भएर सिद्धिचरण लोकमार्ग हुँदै उदयपुरको कटारी नगरपालिकामा लागुऔषध भित्रिने गरेको अनुसन्धानले देखाएको छ।
लागुऔषध सेवन, बेचविखन र ओसारपसार कार्य दिनदिनै बढ्दो अवस्थामा रहेको पाइएपछि प्रहरीले बिभिन्न समयमा नियन्त्रण अभियान चलाउँदै आएको छ। यसै क्रममा सामुदायिक प्रहरी कार्यक्रम, प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवालगायत बिभिन्न कार्यक्रम सञ्चालनमा ल्याइए पनि लागुऔषध नियन्त्रणमा कमी भने आउन सकेको छैन। प्रहरी एक्लो प्रयासले लागुऔषध नियन्त्रण हुन नसक्ने ठहर गर्दै सामूहिक प्रयासको अवधारणा अघि सार्दै आएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले लागुऔषधमा खासगरी किशोर अवस्थाका बालबालिकादेखि ढल्कदो उमेरसम्मका मान्छेसमेत संलग्न भएको पाइएकाले नियन्त्रण कार्य निकै चुनौतिपूर्ण रहेको बताए। उनका अनुसार अभिभावक, युवा समूह, शिक्षक, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र प्रशासनको सामूहिक प्रयासमा मात्र लागुऔषध नियन्त्रण गर्न संभव छ। कोभिड–१९ अवधिमा जारी लकडाउन र निषेधाज्ञाको समयमासमेत लागुऔषध कारोबार र प्रयोगकर्ताहरु उत्तिकै पक्राउ पर्नुले पनि यसको सञ्जाल धेरै झाँगिएको ठहर गर्न सकिने एसपी दाहाल बताउँछन्।