अविरल वर्षाले उदयपुरमा हजारौं बिगाह धानखेत नष्ट
३० भदौ २०७७
•
४ मिनेट पाठ
अविरल वर्षाले उदयपुरमा हजारौं बिगाह धानखेत नष्ट
त्रियुगा २ मा बाँध फुटेर धानखेतमा गरेको क्षति । तस्बिरः महेश्वर
लगातार तीन दिनदेखि भईरहेको अविरल वर्षाले उदयपुरका बिभिन्न ठाउँमा लगाइएको हजारौं बिगाह जमिनको धानखेत क्षति पुर्‍याएको छ। शनिबार दिउँसोदेखि सोमबार मध्यान्हसम्म लगातार परेको वर्षाले सदरमुकाम त्रियुगा नगरपालिकासँगै चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका फाँटिला र समथर जमिनका खेतबारी नष्ट पारेको छ भने पहाडी भेगमा पहिरो गएर स्थानीयलाई विस्थापित गर्ने खतरा बढेको छ।  




चर्को गड्याङगुडुङसहित परेको भारी वर्षापछि स्थानीय खोला खहरेमा आएको बाढीले कतै बाँध फुटाउने र कतै कटान डुवानले धान खेत क्षति गरेको स्थानीयले बताएका छन्। त्रियुगा नगरपालिका २ मा मात्र ३ हजार बिगाहभन्दा बढी धान खेतमा बाढीले क्षति पुगेको वडाध्यक्ष धु्रब खत्रीले बताए। उनका अनुसार सनुवा सुकनाई खहरेको बाँध फुटेर खेतमा पस्दा ५० बिगाह खेतको धानबाली पुरेर नष्ट गरेको छ। बाँध फुटेर गाउँ पस्दा स्थानीय २० घरधुरी परिवारलाई विस्थापित गर्ने अवस्थामा पुर्‍याएको खत्रीले बताए।  

२ नं. के लुहाले खोलाको पश्चिमतर्फ ३ सय बिगाहभन्दा बढी धानखेत बाढीले पुरेको छ भने बबिया खोलाको बाढीले वडा कार्यालय र त्यसको छेउमै रहेको खानेपानी ट्यांकीको भवन कटानको उच्च जोखिममा परेको वडाध्यक्ष खत्रीले बताए। खत्रीका अनुसार २ नं. वडामा मात्र हजार बिगाह हाराहारी जमिनमा बाढीले कटान र डुबान गरेर त्राहीमाम पारेको छ भने पसाउने बेला भएको धान बाली नष्ट गरेर किसानलाई मार्का पारेको छ। त्यहीँका बुर्खुया, बैरागी र लालभित्ती खहरेमा लगाइएको बाँध फुटाएर बाढी गाउँ पस्दा थप स्थानीय विस्थापित हुने खतरा बढेको छ।  

दुई दिनसम्म परेको वर्षाले डराईडराई बसेका स्थानीयलाई खहरेको बाँध फुटेर गाउँ पसेपछि चिहिलबिहिल पारेको उनले बताए। तत्काल नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिमा खवर गरेर उद्धारको अनुरोध गरे पनि केही सहयोग नपाएको गुनासो वडाध्यक्ष खत्रीले गरे। नगरपालिका र प्रशासनले तत्काल घट्नास्थलको अनुगमन गरेर क्षतिको विवरण यकिन गरी आवश्यक राहत र कटान रोकथामका लागि बाँध निर्माण कार्य थाल्न आग्रह गरेका छन्। उनका अनुसार नगरपालिकाबाट उद्धार र क्षतिपूर्ति गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले पनि घट्नालाई प्राथमिक्ता दिएर तत्काल रोकथामको पहल गर्न आग्रह गरे।  

तत्काल रोकथामको प्रयास नगरे खैजनपुर, सनुवा सुकनाई, मिलनचोकलगायत वडाका आधादर्जन बढी टोल बस्ती कटान र डुबानको उच्च जोखिममा रहेको उनको भनाई छ। ती बस्तीमा झण्डै डेढ सयबढी घरधुरीलाई वर्षा बाढीले विस्थापित गर्ने खतरा रहेको खत्रीको भनाई छ।  

उता चौदण्डीगढीका लामा खोला, काली र द्वार खोलाले बिभिन्न वडामा डुबान र कटान गर्दै धानबालीमा क्षति गरेको स्थानीयले बताएका छन्। निरन्तर वर्षाले डुबान गर्दा होचो र तल्लो भेगका खेतमा लगाइएको सयौं बिहाह क्षत्रफलको खेत पुरिदा धानबाली नष्ट भएकोमा किसानलाई भोकै पर्ने चिन्ता बढेको स्थानीय मानबहादुर मगरले बताए। उनका अनुसार बाढीले धान खेत पुरेपछि आउदो वर्ष खाने अन्नको आस मरेको छ।  

बेलकाका सिशुवा, गिनेरी, सेती र काली खोला तथा बिभिन्न खहरेमा आएको बाढीले त्यस्तै क्षति गरेको स्थानीय बताउँछन्। खासगरी होचा ठाउँ र खोला किनारका खेत कटान र डुबानमा पर्दा धानबाली नष्ट भएको स्थानीय जनक राईले बताए। उनका अनुसार फाँटका खोला खहरेमा बाढी आउन थालेपछि निरन्तर कटान हुँदै जाने भएकाले तत्काल कटान रोक्ने उपाय अपनाउन स्थानीयले नगरपालिका र विपत व्यवस्थापन समितिसँग आग्रह गरेका छन्।  

उता कटारीका वैजनाथ, तावा, ककरु र कमला नदीमा आएको बाढीले उस्तै वितण्डा मच्चाएको खवर आएको छ। कटारी बजारसँग जोडिएको वैजनाथ र तावा खोला किनार आसपासका खेतबारीमा बाढी पस्नुका साथै खोला छेउछाउका बस्तीबासीलाई विस्थापित गर्ने खतरा बढेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए। निरन्तर वर्षाले बाढी र कटानको खतरा बढेपछि प्रहरी र सशस्त्रलाई परिचालन गरेर उद्धारका लागि खट्दै आएको भण्डारीले बताए।  

यता पहाडी गाउँपालिका रौतामाई ७ को पुवारे डहर खड्काबारीमा पहिरो जान थालेपछि दर्जन घरधुरी दलित परिवार जोखिममा परेका छन्। अविरल वर्षापछि खड्काबारीको वरिपरि लगातार पहिरो खस्न थालेपछि गाउँका ११ घरधुरी दलित परिवार जोखिमा परेको स्थानीय दुर्गा एसकेले बताए। पहिरोले घेर्न थालेपछि गाउँले सबै घर छाडेर सुरक्षित हुन आफन्त र छिमेकीकोमा सरण लिन पुगेको उनले बताए।  

पहिरोले बारी पुरेपछि बालीनालीमा क्षति पुगेको छ भने पशु चौपायाका खोर भत्काएको छ। पहिरो खस्दा पुवारेदेखि चौतारी भन्ज्याङ–रौता सडकसमेत भत्काउनुका साथै पुरेर क्षति पुगेको अर्का स्थानीय घमान मगरले बताए। उनका अनुसार पहिरोबाट बँच्न वडा कार्यालयमार्फत गाउँपालिका र प्रशासनसमक्ष स्थानीयले गुहार मागेका छन्। वडाध्यक्ष नेत्रबहादुर मगरले गाउँलेलाई जोखिमबाट बँचाउन तत्काल सुरक्षित हुन अनुरोध गर्दै पहिरो रोकथामको प्रयास गर्न गाउँपालिकासमक्ष आग्रह गरिएको बताएका छन्।
अर्को समाचार
अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट
२९ असार २०७८
•
१ मिनेट पाठ
अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट
केहीदिन यताको अविरल वर्षाले उदयपुरमा डुवान र कटानको समस्या बढेको छ। दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।  




अविरल वर्षाको बाढीले उदयपुरका विभिन्न ठाउँमा लगाइएको हजारौं बिगाहा क्षेत्रफल जमिनमा लगाइएको रोपाई खेत कटान र डुबान गरेर क्षति पुर्याएको छ। कतिपय रोपाइँको तयारीमा रहेको जमिन पनि डुवान र कटानमा परेको छ। लगातारको वर्षाले सदरमुकाम त्रियुगा नगरपालिकासँगै चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका समथर र फाँटिलो जमिनको खेतबारी डुबान र कटानको समस्यामा परेको किसानहरुले बताएका छन्।  

जिल्लाकै अन्न भण्डारको रुपमा लिइने समथर तराई भित्री मधेस क्षेत्र वडाहरु १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र सदरमुकामसमेत रहेको ११, १२, १३ नं. का खेतबारी सबै डुवान र कटानको समस्यामा परेका छन्। त्यस्तै पहाडी भेगमा पर्ने वडाहरु १४, १५ र १६ मा भने वर्षाले पहिरोको खतरा बढेको नगरप्रमुख बलदेव चौधरी बताउँछन्।

उनका अनुसार हरेक वर्षायाममा तराई भेगमा डुवान र कटान तथा पहाडी भेगमा पहिरोको जोखिम मोल्नुपर्ने प्राकृतिक बाध्यता छ।  

डुबान, कटान र पहिरोबाट बच्न र बचाउन नगरपालिकाले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गरेर रोकथामको काम गर्ने गरिएको छ भने सिंचाई डिभिजन, कोसी जालाधार क्षेत्र विकास कार्यालयसँग पनि साभेदारीमा बिपतबाट बँच्न कार्यक्रम गर्ने गरिएको मेयर चौधरीले बताए  वर्षाले त्रियुगा मात्र होईन, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाबासी जनताले पनि समथर क्षेत्रमा डुबान र कटान तथा पहाडी क्षेत्रमा पहिरोको समस्या वर्षेनी बेहोर्दै आउनु परेको छ। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस