गंगामाया वीर अस्पतालमा अलपत्र
२८ भदौ २०७७
•
३ मिनेट पाठ
गंगामाया वीर अस्पतालमा अलपत्र
सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्। अप्ठेरोमा साथ दिने कोही नभएपछि अस्पतालको तेस्रो तलामा अहिले उनी एक्लैै परेकी छन्। कुरुवा बस्न आफन्तजन पनि कोही आउँदैनन्।




गंगामायाको अवस्थाबारे विभिन्न निकायका अधिकारवादी र पूर्वप्रधानन्यायीशहरूले चासो देखाएका छन्। उनीहरूले वीर अस्पतालको मुख्य भवनलाई कोभिड अस्पतालमा परिणत गरे पनि गंगामायालाई बेवास्ता नगरी अन्य बिरामीलाई जस्तै अन्यन्त्र सार्ने व्यवस्था मिलाउन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले उनलाई सुरक्षित ठाउँमा राख्नुपर्नेमा जोड दिँदै आएका छन्। त्यस्तै अधिकारवादीहरू दमननाथ ढुंगाना, केदारभक्त माथेमा, शम्भु थापा, डा. वीरेन्द्र मिश्र, डा. गौरी शंकरलाल दास, चरण प्रसाईलगायतले पनि सरकारले गंगामायालाई चाडै नै सुरक्षित ठाउँमा सार्न अपिल गरिरहेका छन्। उनलाई वीर अस्पतालमै राखिरहे गंगामायालाई थप जोखिम हुन सक्नेप्रति सचेत हुनुपर्ने उनीहरूको भनाइ छ।  

अस्पताल प्रशासनले डाक्टर, नर्स र अन्य कर्मचारीलाई अन्तै सारिसकेको छ। एकातिर अस्वस्थ र अर्कातिर बेवारिसेझै बनेकी उनीमाथि चिकित्सकको निरन्तर निगरानी आवश्यक छ। तर १५ दिनयता उनलाई स्वास्थ्यकर्मीले सामान्य सोधपुछसमेत गरेका छैनन्। ‘न्याय र उपचार माग्न बसेकी छु, अस्पताल अहिले भुतबंगालाजस्तै भएको छ। केही दिनअघि त २७÷२८ बिरामी र उनीहरूका कुरुवा हुन्थे। म उनीहरूलाई नै हेरेर मन बुझाउँथें,’ उनले भनिन्, ‘अहिले पारिपट्टिको उज्यालो हेरेर रात कटाउने गरेकी छु। अप्ठेरोमा परे पनि सहारा दिने कोेही छैनन्।’  

गोर्खा फुजेलकी गंगामाया सशस्त्र द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्ण अधिकारीको न्यायका लागि लामो समयदेखि लड्दै आइरहेकी छन्। उनको अनशन जारी रहेकाले बिरामी हुँदा उपचार र हेरचाह सरकारले नै गरिदिने भएपछि उनी वीर अस्पतालमा भर्ना भएर बस्दै आएकी हुन्। छोराकै न्यायका लागि लड्डालड्दै उनका पति बितेको सात वर्ष भइसकेको छ। भाइलाई न्याय र हत्यारालाई कारबाही माग गर्दै आएका गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारीलाई अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएको छ। ‘यो देशमा अपराधी त बाजा बजाएर जेलबाट निस्किन्छन् तर मेरो सहारा रहेका निर्दोष छोरालाई कैदी बनाइएको छ,’ गंगामायाले भनिन्, ‘सरकारले दुःखीमाथि ठूलो अन्याय गरेको छ।’  

कोरोना संक्रमणको जोखिम रहेका कारण अस्पतालका कर्मचारी उनको नजिकै पर्दैनन्। उमेरले वृद्ध अवस्थामा पुगेकी गंगामाया अस्पतालभित्रको एउटा कोठामा टोलाउँदै समय गुजार्छिन्। गंगामाया पनि अन्य बिरामीलाई जस्तै अन्तै सर्नुपर्ने अस्पतालका निर्देशक डां केदार सेन्च्युरीले बताए। ‘ठाउँ मिल्यो भने कतै सार्दिन्छौं तर सामान्य ठाउँमा उहाँ बस्नुहुन्न, यहाँ अस्पताल मात्रै ओगटेर बस्नुभएको छ,’ उनले भने, ‘उहाँको जिम्मा हामी लिनै सक्दैनौं, गृह वा अरू नै निकायले लिनुपर्छ।’ निर्देशक सेन्च्युरीले अहिले गंगामाया बिरामी नभएका कारण चिकित्सक नराखिएको बताए। अनशनकारी गंगामायालाई गृहले पठाएकाले त्यही मन्त्रालयले नै अन्यत्र सार्नुपर्ने उनको भनाइ छ।  

अधिकारवादी चरण प्रसाईंले गंगामायाको अवस्थाबारे सरकारले ख्याल गर्नुपर्ने बताए। उनले अन्य बिरामीको दाँजोमा राखेर गंगामायालाई तड्पाउन नहुने जानकारी दिए। ‘राज्यले नै उहाँलाई वीरमा लगेर राख्यो तर अहिले एक्लै बनाएको छ,’ उनले भने, ‘बिरामीलाई एक्लै सुनसान ठाउँमा राख्नु गैरजिम्मेवारीपन हो।’ गंगामायाको हालको अवस्थाबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृहमन्त्री रामबहादुर थापालगायतलाई जानकारी गराए पनि चासो नदेखाएको प्रसाईंको भनाइ छ।
अर्को समाचार
वीर अस्पतालको यो ‘हविगत’
१८ चैत्र २०८०
•
१ मिनेट पाठ
वीर अस्पतालको यो ‘हविगत’
एउटा अस्पताल जहाँ मेडिकल आइसियुमा ८ बेड छन्। दुई वटा थन्किएका छन्। सर्जिकल आइसियु १८ बेडमा १० प्रयोगमा छैनन्।




रेस्पिरेटरी आइसियुमा एसी बिग्रिएकाले महिनौँदेखि बिरामीहरूको तापक्रममा समस्या देखिएको छ। क्रिटिकल बिरामीहरूको तापक्रम मिलाउन सकिएको छैन। 

न्युरो आइसियु ९ बेडमध्ये चार प्रयोगमा छैनन्। ग्यास्ट्रोहेपाटो आइसियु ११ बेड भएकोमा सबै थन्किएर सबै बन्द गरेर भोटे ताल्चा लगाएर राखिएको छ।

सीसीयुमा ९ बेडमा ५ बेड थन्किएका छन्। मुटुका बिरामी राख्ने गरिएको कार्डियोलोजी वार्डमा १८ बेडमा ९ बेड प्रयोगमा छैनन्। ज्येष्ठ नागरिकका लागि भनेर खोलिएको वार्ड पुरै बन्द छ। अपरेसन कक्षहरू पनि पूर्ण सञ्चालनमा छैनन्। केही सञ्चालनमा छन् केही बन्द अवस्थामा छन्।

यता घरघरमा सुगर, प्रेसर दमका बिरामीहरू बढिरहेको अवस्था छ। युवा नागरिकहरू अहिले पक्षाघात र हृदयघातबाट गुज्रिनुपर्ने अवस्था छ।

अस्पतालमा भने दैनिक रूपमा २७/२८ वटा आइसियुका बेड खाली छन्। तर बेड खाली छैन भनेर बिरामीलाई अन्त जानुस् भन्नुपर्ने अवस्था छ।

दिनहुँ जस्तो फोन आउँछ। शायद अरू मान्य ज्यूहरूलाई पनि यस्ता किसिमका फोन आइरहेको होला। ‘डेट मिलाइदिनुस् अपरेसनका लागि, बेड मिलाइदिनुस् आइसियुका लागि’ भनेर। डेट मिलाउनुपर्ने, बेड मिलाउनुपर्ने स्थिति भएपछि म स्वयं यो अस्पतालमा प्रत्यक्ष आफै पुगेर यो हविगत देख्दा निकै पिडा भयो।

आइसियु र भेन्टिलेटर नपाएर छटपटाई रहेका बिरामीको हारगुहार र रोदन सुनी नसक्नु छ। यसले राज्यको अकर्मयताप्रति आक्रोश मेरो पनि जाग्यो।

यो कहीँ दूर दराजको ठाउँ बिरामीको अभाव अभावै  भएको अस्पतालको तथ्याङ्क सुनाइरहेको छैन, मैले। यो देशको सबैभन्दा पुरानो र वीर अस्पतालको तथ्याङ्क हो।

(राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले वीर अस्पतालको अवस्थाबारे आइतबार प्रतिनिधिसभा बैठकमा राखेको वस्तुस्थिति)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस