प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमित ७७ जना थपिएका छन्। कोरोना संक्रमणबाट मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको छ। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। प्रदेशको मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २१ महिला र २५ पुरुष, बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैँचमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहबीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको छ।
प्रदेश १ मा ३६ जना डिस्चार्ज भएका छन्। काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ।
प्रदेश १ मा १ हजार २ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ हजार ९ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ।