पितृपक्ष शुरु: घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै
१७ भदौ २०७७
•
३ मिनेट पाठ
पितृपक्ष शुरु: घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै
पशुपतिनाथ मन्दिर स्थित बाग्मती किनारमा सोह्रश्राद्ध गर्दै। तस्बिर: नागरिक
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ।

मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ। यसपटक भने कोभिड–१९ महाव्याधिको सङ्क्रमण छल्न मिथिला क्षेत्रका जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरघरै श्राद्ध गरेर तर्पण, पिण्ड दिने मैथिलहरुले तयारी गरेका छन्। यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरु मत्र्यलोक (पृथ्वी) मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ।

असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ। यस पक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरुको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिवास नगरपालिका–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउँछन्।

पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ। यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन्। असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ।

यस पक्षबाहेक दिवङ्गत हुनेहरुको तिथिमा एकोद्दिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ तर यस पक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकुल (मावल),  पितृकुल (पिताकुल), गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा अर्का कर्मकाण्डका ज्ञाता रामनारायण झा बताउँछन्। यस पक्षमै तिथि परेका (निधन भएका)हरुको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोद्दिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको झाको भनाइ छ।

पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरुको सम्झना गर्दै सात्विक आचरणमा रहने कर्मकाण्डीय शास्त्रीय मत छ। हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृहरुको स्मरण गर्दै नान्दीमुख श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको मिथिला परम्पराका ज्ञाता बताउँछन्। असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरुको महान पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गो पक्ष छुट्याइएको हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउँछन्। यसपालि भने असोज कृष्णपक्ष समाप्तीसँगै अधिकमास प्रारम्भ हुने भएको हुँदा चाडपर्व एक महिनापछि धकेलिएका छन्।

पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरुको व्यस्तता बढेको छ। वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिने भएकाले एकैदिन चार÷पाँच ठाउँसम्म श्राद्ध गराउनु पर्ने हुँदा पुरोहित ब्राह्मणहरुको व्यस्तता बढेको हो। एकोद्दिष्ट, एकोपार्वण र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमार झा बताउँछन्।
रासस
अर्को समाचार
मिथिलामा जितीया पर्वको तयारी
१६ असोज २०८०
•
४ मिनेट पाठ
मिथिलामा जितीया पर्वको तयारी
फाइल तस्बिर
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका  छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितीया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरु आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन्। केही वर्ष पहिलेसम्म यो पर्व छोराको कल्याणका लागि गर्ने गरिएकामा अहिले सबै  सन्तानका लागि गरिने व्रतको भन्न थालिएको छ। अब ‘पुत्रवती आमा’ हैन ‘सन्तानवती आमा’ ले गर्ने व्रत भन्न थालिएको पर्वको तयारीमा रहेका नयाँ पुस्ताका मिथिलानी आमा बताउँछन्। पुत्रका लागि भनिनु पुत्रीप्रतिको विभेद भएको हुँदा यो छोरीप्रतिको उपेक्षा सच्याइँदै अब सन्तानका लागि भन्न लागिएको उनीहरूको भनाइ छ।  

‘यो सन्तानको कल्याणको कामनाका लागि गरिने व्रत हो, मेरा छोरा छैनन्, दुई छोरी छन्, म यिनकै लागि व्रतको तयारी गर्दैछु’ भङ्गाहा–४ की रश्मी चौधरी थारु भन्छिन्।

मिथिलामा रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारु बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ। थारु बस्तीमा जितीयाका लागि घर रङ्गरोगन र लितपपोत पितृपक्ष सुरु हुनासाथै गरिन्छ। घरैघर देखिने उक्त बस्तीमा घर सफा गरेर अन्य तयारीका लागि भएको व्यस्तताले यो पर्वका लागि  केही दिन पहिलेदेखि रौनक छाउने गरेको हो।

केही वर्ष पहिलेसम्म छोराका लागि कठोर व्रत बस्दै आएका पुरानो पुस्ताका आमा पनि अब नयाँ पुस्ताका छोरी÷बुहारीसँग सहमत हुँदै सन्तानका लागि भन्न थालेका छन्। ‘हँ, पहिने बेटाक लेल कहायत छल इ पावैन, मुदा आब हमसभ बेटाबेटी सबके लेल करैछी’ बर्दिबास–९ पशुपतिनगरकी रासवती महतो बताउँछिन्।

मेरा छोराछोरीले कसैको बिगार गर्दैनन्, भगवान्को आशिर्वादले उनीहरूले परोपकारी काममा मन लगाउनेछन्् भन्ने भाव व्रतालु महिलामा भेटिन्छ। पछिल्ला केही दशकयता लैङ्गिक विभेदविरुद्ध घनिभूत आवाज उठ्दै आएपछि परम्परागत चाडपर्वमा लादिएका विभेदपूर्ण मान्यता सच्चिदै गएका भङ्गाहा–९ की सामाजिक कार्यकर्ता किरण यादव बताउँछिन्।  

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ। अष्टमी सकिएर नवमी लागेपछि एक घडी कटाएर व्रत समापन गरिन्छ। छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नु पर्छ  तर एक अहोरात्र पूरा व्रत बस्नुपर्ने हुँदा यसपालि बिहीबार मध्यरातपछि (राती १२ बजेसँगै ) व्रत सुरु गर्नुपर्ने सम्बद्ध पुरोहितको भनाइ छ। यो व्रत कहिलेकाँही ४० घण्टाभन्दा बढी भएको पाका मिथिलानी बताउँछन्। ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिला बस्तीमा जितीयाकै लागि शुद्ध दूधको जोहो गर्न थालेका छन्।

यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै हुँदै आएको हो। यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा मार्न र झारपात चुँँड्न नहुने धार्मिक मान्यता छ।  आउँदो शुक्रबार बिहान साढे नौ बजेअघि नै अष्टमी तिथि सुरु हुने हुँदा त्यसको ‘ओगटन’ (दर) मध्यरातअघि खाइसक्नु पर्ने हुन्छ। निराहार व्रत बस्ने महिलाले शनिबार बिहान साढे १० बजेअघि नवमी लागेपछि त्यसको एक घडि कटाएर व्रत समापन गर्नेछन्। यस हिसाबले यसपालि झण्डै ३५ घण्टाको व्रत बस्नुपर्ने देखिन्छ ।

‘सन्तानको दीर्घजीवन, सौर्यबृद्धि र कल्याणको कामना गर्दै आमाले बस्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर बढ्ने जनविश्वास छ’ धार्मिक कर्मकाण्डका ज्ञाता झा भन्छिन्, ‘कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गर्छिन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन्।’ मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने उहाँ भनाइ छ ।

पुत्रको कल्याण र सौर्य बृद्धिको कामना पूरा गराउन मिथिलानीे यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण पनि गर्छन्। यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा नगरपालिका—६की  रामवती चौधरी बताउँछिन्।

यस पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य दिएर व्रतको सङ्कल्प गरिन्छ। व्रर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द—आमाजु र तीन पुस्ता भित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको छ। ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवनको आशिर्वाद मिलोस् भन्ने कामना गरिन्छ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन्। अघि द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन्।

राजा जितवाहन र जितीया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख भएकाले यसको थालनी द्वापरयुगमै सुुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक मनोज झाको भनाइ छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस