मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै
१४ भदौ २०७७
•
२ मिनेट पाठ
मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै
गौरीगंगा नगरपालिकाको मसुरिया स्वास्थ्य चौकीमा क्षयरोगका बिरामीको उपचार गर्ने लक्ष्य वर्षिक ६ जना हो। तर, यहाँको स्वास्थ्य चौकीले लक्ष्यभन्दा करिब तीन गुणा बढी बिरामीको उपचार गरिरहेको छ। गत आर्थिक वर्षमा मात्रै मसुरिया क्षेत्रमा ३१ जना नयाँ क्षयरोगका बिरामीले उपचार सेवा लिएको स्वास्थ्य चौकीले जनाएको छ।। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै स्वास्थ्य चौकीमा ६ जना नयाँ बिरामी थपिएका छन्।




थपिएका नयाँ बिरामी मध्ये गत आर्थिक वर्षमा तीन जनाको मृत्यु भएको थियो। मसुरिया स्वास्थ चौकीका जनस्वास्थ्य निरीक्षक लालप्रसाद पन्तकाअनुसार स्वास्थ्य चौकीले १२ जना क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेको थियो। लक्ष्यभन्दा करिब तीन गुणा बढी नयाँ बिरामीको उपचार गर्नु परेको उनले बताए। ‘लक्ष्यभन्दा बढी बिरामी देखिनु भनेको मसुरिया क्षेत्र क्षयरोगका लागि ‘हटस्पट’का रूपमा देखिएको छ,’ उनले भने, ‘यसको निराकरणका लागि सरकारले छुट्टै नीति बनाएर चेतना जगाउनु आवश्यक छ।’

नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०१४ र क्षयरोग निवारणको विश्वव्यापी रणनीतिअनुरूप गुणस्तरीय सेवाको सर्वव्यापी पहुँचमा क्रमशः विस्तार र उत्तरदायी तथा समतामुलक एकीकृत स्वास्थ्य प्रणालीबाट क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, कैलालीको मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै गएका छन्। मसुरिया क्षेत्रको जनसंख्या २९ हजार रहेको बताउँदै उनले भने, ‘यो जनसंख्याको आधारमा वर्षिक १२ जना बिरामी देखिनुपर्नेमा यहाँ वर्षिक ३१ जनाभन्दा बढी नयाँ बिरामी भेटिन थालेका छन्।’

मसुरिया स्वास्थ्य चौकीले १२ जना नयाँ क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेकोमा करिब तीन गुणा बढी (३१ जना) नयाँ बिरामीको उपचार गर्नु परेको छ।
आधा वर्षको टार्गेट नै गत साउन महिनामा भएको बताउँदै उनले भने,‘वार्षिक १२ जना र अर्धवार्षिक रूपमा ६ जना नयाँ बिरामी भेटिनु पर्नेमा गत साउनमा मात्रै ६ जना नयाँ बिरामी थपिएका छन्।’ यो तथ्यांक हेर्दा कैलालीको मसुरिया क्षेत्र क्षयरोगका लागि ‘हटस्पट’ नै देखिन्छ। सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हरेक आर्थिक वर्षमा उस्तै दरमा क्षयरोगका बिरामीको संख्या देखिँदै आएको छ। यो तथ्यांकले मुरिया क्षेत्रसँगै सुदूरपश्चिममा पनि क्षयरोगीको संख्या एउटै दरमा रहेको देखिन्छ।

औषधि सेवन गरे पनि क्षयरोगी भएको छरछिमेक वरपरका अन्य व्यक्तिमा रोग सरेको देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ‘रोग लागेर निधन भएका बिरामी भए पनि उसको सम्पर्कमा रहेका व्यक्तिमा वर्षौंपछि पनि क्षयरोगको लक्ष्यण देखिने गर्छ,’ स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ रोग निरीक्षक मनोज ओझाले भने, ‘बाजेमा देखिएको क्षयरोग वर्षौंपछि नातीमा सरेको देखिन्छ।’

सुदूरपश्चिममा क्षयरोगीको संख्या नबढेको भन्दै बेल्जियमकी राजकुमारी एष्ट्रिड अध्यक्ष रहेको दामियन फाउण्डेसनको सहयोगमा कैलालीको श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ। ३५ शड्ढया रहेको उपचार केन्द्रमा एक जना डाक्टर र अन्य स्वास्थ्यकर्मीको दरबन्दी छ।
अर्को समाचार
सर्लाहीमा बढे क्षयरोगका बिरामी
२३ चैत्र २०८०
•
२ मिनेट पाठ
सर्लाहीमा बढे क्षयरोगका बिरामी
सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ। स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो। 




गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन्। योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन्।  

जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए। 

जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए। उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन्।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उनको भनाइ छ। 

क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेको बताए । 

सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ।  

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा.नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उनको दाबी थियो। समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताए। यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ।  

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा.झाले बताए। लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ।  

क्षयरोगी मृत्युदर दुई प्रतिशतमा झर्‍याे

यस्तै, क्षयरोगीको सङ्ख्या बढेको भए पनि जिल्लामा मृत्युदर घट्दै गएको पाइएको छ। विगतका वर्षमा जिल्लामा क्षयरोगीको मृत्युदर पाँचदेखि सात प्रतिशतको अनुपातमा रहेको थियो। यस आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्याङ्कले मृत्युदर ओरालो लागेको देखाएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए।  

नियमित औषधि उपचारमा सचेतना र पारिवारिक स्याहारसम्भार तथा जनमानसमा फैलिएको सचेतनाका कारण मृत्युदर घट्दो क्रममा रहेको चिकित्सकको भनाइ छ। नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगीको सङ्ख्या शून्यमा झार्ने र मृत्युदर घटाउने लक्ष्य राखेको छ। -रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस