रत्ननगर (चितवन), भदौ २५ - आफैँले पढाउने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको माडीबाट दुई शिक्षक पक्राउ परेका छन्। यौन दुर्व्यवहार गरेको जानकारी भएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको माडी प्रहरीले जनाएको छ।
लामो समयदेखि छात्रालाई यौन दुर्व्यवहार गर्दै आएको आरोप लगाउँदै शिक्षकलाई स्थानीय बासिन्दाले कुटपिट गरी प्रहरीलाई बुझाएका हुन्।
दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साखी र शिव आचार्यलाई पक्राउ गरी माडी प्रहरी कार्यालयमा राखिएको छ। आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
यसैबीच, खैरो हेरोइनसहित पश्चिम चितवनको जगतपुरबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले माडी कल्याणपुर गाविस-२ का १९ वर्षीय सविन गिरी र वडा नं ९ का ३५ वर्षीय सागर राईलाई पक्राउ गरिएको जानकारी गराएको छ।
उनीहरुलाई स्थानीयको सुराकीका आधारमा पक्राउ गरिएको र अहिले अनुसन्धान चलिरहेको चितवनका प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिए।- रासस