एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित
३१ साउन २०७७
•
१ मिनेट पाठ
एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित
महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घन्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन्। धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।  




शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । अहिले त्यहाँका  स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।

शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । 
अर्को समाचार
बस्तीमा लुटपाट बढेपछि स्थानीय त्रसित
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
बस्तीमा लुटपाट बढेपछि स्थानीय त्रसित
बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैती बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्। 




जानकी– ३ इन्द्रपुरमा गत फागुन २३ गते हतियारसहित आएका ६ जना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारूको मृत्यु भयो। लुटेराको प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका सन्तोषको उपचारका क्रममा मृत्यु भयो भने उनकी श्रीमती सविता राजवंशी थारू घाइते भइन्। 

जानकी– ६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गर्‍यो। करिब राति १ बजेतिर आएको डाँका समूहले आफूलाई कुटपिट गरी नगद र गरगहना लुटेर लगेकाे घरधनी बुढाक्षेत्रीले बताए।

राति एक्कासि घरभित्र प्रवेश गरेको उक्त समूहसँग पेस्तोल, तरबार र खुकुरी भएकाले आफूहरू प्रतिकारमा उत्रिन नसकेको उनले सुनाए।

डाँकाहरूको समूहले घरपरिवारलाई बाँधेर लुटपाट गरेको पीडितको भनाइ छ। शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि त्रसित भएका जानकी गाउँपालिकावासीले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग सुरक्षा माग गरेका छन्।

गाउँपालिकाका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका लुटपाटका घटनाले गाउँपालिकावासी डर, त्रासमा बाँच्न बाध्य भएकाे जानकी– ४ खजुरखुर्द्धका अगुवा पदमबहादुर धितालले बताए।

उनका अनुसार बितेको दुई महिनामा जानकी– ३ मानपुर, वडा नं ४ को साहदतपुर र ढुडुवार, वडा नं ६ को कपासी र सल्यानीटोलमा गरी आधा दर्जनबढी लुटपाटका घटना भएका छन्। 

डकैती समूहको लुटपाट र कुटपिटका घटना बढीरहेकाले स्थानीयले कहिले आफ्नै घरमा त्रासदीपूर्ण वातावरण बन्ने हो भन्दै सुरक्षाको माग गरेका उनको भनाइ छ।

सर्वसाधारणले असुरक्षित महसुस गरी आफ्नो घर छाड्न बाध्य भएकाले गाउँबस्तीमा शान्ति सुरक्षाको व्यवस्था कायम गरी लुटपाटका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जानकी–६ का अगुवा सुरेश यादवले बताए।  

‘यहाँका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका शृङ्खलाबद्ध घटनाले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ’,उनले भने, ‘बितेको दुई महिनामा पालिकामा एकजनाको ज्यान जानेगरी छवटा लुटपाटका घटना भएका छन् । हालसम्म एकजना पनि दोषी पक्राउ परेका छैनन्।’

लुटपाटका घटनाले आफूहरू असुरक्षित भएको भन्दै पालिकावासीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष सुरक्षाको माग गरेका जानकी–५ का स्थानीय राजितराम यादवले बताए।

गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खजुरखुर्द्ध, जोगागाउँ प्रहरी चौकी, बेलभार र गनापुर प्रहरी चौकीमा थप जनशक्ति परिचालन गरेर भए पनि अविलम्ब शान्ति सुरक्षाको अनुभूति दिलाउन अनुरोध गरिएको उनले जानकारी गराए।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले लुटपाटका घटनाको अनुसन्धान भइरहेको बताउँदै थप जनशक्ति परिचालन गरेर स्थानीयलाई शान्ति सुरक्षा प्रदान गरिने उनको भनाइ छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस