छाउगोठमै जलिन बसन्ती
२६ साउन २०७७
•
३ मिनेट पाठ
छाउगोठमै जलिन बसन्ती
दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिएन्। असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्री कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरिरमा आगो सल्कियो।




‘खाना थप्न आएको छोराले थाहा पाएर गाउँले गुहारेछ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेकी बसन्तीले भनिन्, ‘भोलिपल्ट होस्मा आएपछि मात्रै शरिर जलेको थाहा पाएँ।’ चिकित्सकहरूका अनुसार बसन्तीको बायाँ पाखुरा र छातीतर्फको पाँच प्रतिशत भाग जलेको छ। सरकारले अघिल्लो वर्ष कर्णाली र सुदूरपश्चिममा रहेका छाउगोठ भत्काउने अभियान सञ्चालन ग¥यो। छाउगोठ भत्काउन तत्कालिन प्रहरी महानिरीक्षक आफैं जिल्ला–जिल्लामा पुगे।  

छाउगोठ रहेका जिल्लाहरूले एक महिनामै छाउगोठमुक्त घोषणा भए। त्यतिबेला कर्णालीमा पाँच हजार छाउगोठ भत्काइएको घोषणा गरियो। तर, अहिले पनि गाउँमा छाउगोठ रहेका छन्। महिलाहरू अझै छाउगोठका कष्टकर दैनिकी बिताउँछन् भन्ने एक उदाहरण  बसन्ती हुन्।

आगोले जलेपछि पनि बसन्तीलाई तत्कालै अस्पतालसम्म पु¥याइएन्। गाउँमै जडिबुटी र झारफकु गर्न थालियो। ‘घरमै घ्यु कुमारी र कुखुराको बोसो लगाइदिन्थे, धामीले बिहान–बेलुका झारफुक गर्थे,’ बसन्तीले भनिन्, ‘अस्पताल आउने आफूसँग पैसा थिएन्, घरकाले ल्याइदिएनन्।’ जलेको भागमा किरा पर्न थाल्यो। ८ दिनपछि छिमेकीबाट १० हजार रूपैयाँ सापटी लिएर बसन्ती अस्पताल पुगिन्। असार १६ गते जेठो छोरा रूपेन्द्रले दुल्लु अस्पतालसम्म पु¥याए। जलिसकेको भागको उपचार दुल्लु अस्पतालमा सम्भव भएन्। केही दिनको उपचारपछि दुल्लु अस्पतालले उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर ग¥यो। साउन १ गते उनी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगिन्।  

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।  
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। कानुन कार्यान्वयन नहुँदा महिलाहरू छाउगोठमै मर्नुपर्ने, बलात्कृत हुनुपर्ने र अंगभंग हुनुपर्ने अवस्था कर्णालीमा व्याप्त छ। कर्णाली प्रदेश अस्पतालका सर्जन डा. निर्मल शाहीले ढिलो अस्पताल आउँदा जलेको भागमा किरा परेको बताए।

‘तीन सातादेखि जलेको ठाउँमा परेका किटाणु नष्ट गर्ने काम भइरहेको छ,’ डा. शाहीले भने, ‘केही दिनभित्रै शरिरको अर्को भागबाट छाला काटेर टाँस्ने (स्क्रिन ग्राफ) तयारीमा छौं।’ उनले आगोका कारण शरिरको पाँच प्रतिशत भाग जलेको बताए। बसन्तीको घरमा आर्थिक अवस्था अत्यन्तै कमजोर छ। अस्पतालले औषधिबाहेकको सबै सेवा निःशुल्क गरेको छ। अस्पताल आएदेखि आमाको उपचारमा ५० हजारबढी खर्च भएको रूपेन्द्रले बताए। ‘डाक्टरले अझै एक महिनाजति अस्पतालमै बस्नुपर्छ भन्नु भएको छ,’ उनले भने, ‘अहिलेसम्म ऋण गरेरै आमाको उपचार गरिरहेको छु।’  

बसन्तीको सात जनाको परिवार छ। पती र जेठो छोरा कमाउन कालापहाड (भारत) जान्थे। त्यहाँका कमाइले घरको चुल्हो बल्थ्यो। लकडाउनका कारण कालापहाडको रोजगारी पनि खोसियो। यहीँ समयमा छाउगोठमा आमा पोलिइन्। ‘कसैले सहयोग गरिदिए ठूलो उद्दार हुन्थ्यो,’ रूपेन्द्रले भने, ‘हामी ठूलो आर्थिक समस्यामा छौं।’
अर्को समाचार
छाउपडी तोड्नेलाई पुरस्कार !
०७ साउन २०७७
•
८ मिनेट पाठ
छाउपडी तोड्नेलाई पुरस्कार !
दीर्घ बोगटी
शारीरिक विकास क्रममा जब नारी रजस्वला (छाउ) हुन्छन् त्यतिबेला हाम्रो समाजले तिनलाई हेर्ने दृष्टि र गर्ने व्यवहार भिन्न भैदिन्छ। कुनैकुनै ठाउँमा नारी पहिलो पटक छाउ (मासिक धर्म) हुँदा १२ दिनसम्म राम्रोसँग जिउ लुकाउन नहुने अत्यन्त साँघुरो, अँध्यारो र सुरक्षाको दृष्टिले अत्यन्त कमजोर गोठमा बस्न विवश हुन्छन्। हाल हाम्रो गाउँबस्तीमा भौतिक विकास नभएका कारण बिजुलीको त कुरै छाडौं त्यहाँ मट्टितेलबाट बाल्ने टुकी समेत हुँदैन। मासिक धर्म भएका बेला गोठमा सुत्नुपर्छ। उनीहरूलाई सन्तुलित आहार र विहार खाँचो भएका बेला गाईभैंसीको दूध, दही, मोही खान नहुने र गाईभैंसीलाई छुन समेत नहुने प्रचलन छ। गाईभैंसीलाई छोयो भने तिनले दूध नदिई थुनबाट रगत आउँछ भन्ने अन्धविश्वासी परम्परा छ। 




एउटा सामान्य कुरा, हामीलाई थाहा हुनुपर्ने हो सबै प्रकारका जीवजन्तु, पशुपंक्षी यसै पृथ्वीमा बस्छन्। पृथ्वी सबैको साझा भएकाले त्यो पनि छोडनुपर्ने हो। त्यो किन हुन सकेन भन्न समेत सकेनौं। नारीले वर्षौसम्म चुपचाप मानिरहिन्, सहिरहिन् जसले जे भन्यो त्यही। जस्तै तिनै महिलाले नुहाउने साबुन बन्दा गाईभैंसीको बोसो प्रयोग भएको हुन्छ भने किन त्यसले प्रभाव पारेको छैन। अर्को कुरा, आज गाउँबाट आएको गाईभैंसीको दूधबाट चिया पकाइन्छ। बर्फी, खोया जस्ता मिठाईका परिकार समेत त्यही दूधबाट बन्छन्। त्यो चिया र मिठाई यात्रा गर्दा मासिक धर्म भएकी महिला खान्छन् भने किन गाईभैंसी मर्दैनन्? अर्को कुरा, हाम्रो गाउँघरमा स्वभावैले भिरालो जमीन भएकाले पानी माथिबाट तल नै बग्छ र बगेको पानी खोला हुँदै नदीमा जान्छ।  

हामीले पटकपटक सुनेका छौं, सर्पले टोकेर छाउगोठमा महिलाको ज्यान गएका कुरा। बाघभालुको त्यत्तिकै डर। विच्छी लगायत कानमा बस्ने कीराको त्यतिकै डर। अर्को समस्या शारीरिक दृष्टिले पनि त्यतिबेला महिला कमजोर हुने गर्छन् र कामचाहिँ असाध्यै गरुङ्गो गर्नुपर्छ।
पक्कै पनि मासिक धर्म भएका समयमा ती नारीले पानीमै नुहाउँछन् र लुगा धुन्छन्। त्यो पानी बगेर तल जान्छ भने पक्कै पनि सबै ठाउँमा बस्ती भएकाले त्यो पानी तल गई गाईगोरु र मानिसले पिउँछन् भने किन तलको पानी पिउने गाईभैसीले थुनबाट रगत दिदैन? यी सब मिथ्या, भ्रम र रुढिवादी परम्परा हुन्।

अर्को कुरा, कुनै फलफूलका बोट छोयो भने फलमा कीरा पर्ने, बोट सुक्ने, फल नदिने आदि भ्रमात्मक कुरामा विशवास राख्छन्। एकचोटि फलफूलका बोट छोएर हेरौं ती मर्छन् कि मर्दैनन्? पुरुषप्रधान समाजले कति सजिलै भनिदियो त्यस्तो बेला कुनै मानिसलाई छुन नै नहुने भनेर।  

समाजमा जब कुनै मानिस जन्मिन्छ त्यो न धनी भएर जन्मिन्छ न निकृष्ट, जब उसको शारीरिक विकास हुन्छ शारीरिक विकासक्रममा विधिको विधानअनुरूप बच्चा जन्माइसकेपछि आमाले बच्चालाई दूध चुसाउनुपर्छ। यसक्रममा आमा छाउपडी मासिक धर्म भएका समयमा त्यो बच्चालाई दूध चुसाउँछिन् जब बच्चाले आमाको दूध चुसेर आफ्नो पेट भर्छ। पछि तिनै बच्चा प्रधानमन्त्री, डाक्टर, वकिल, इञ्जिनियर, व्यापारी, शिक्षक, धामी, कलाकार जे जति हो सबै बन्छन्। अब एकछिन मनन् गरौं ती बच्चालाई छाउ किन लाग्दैन?  

जब आमाले दूध चुसाइसकेपछि बच्चालाई भित्र लगी गाईभैंसीको दूध खुवाउने प्रचलन छ। ल ठीक छ भित्र बच्चा लिँदा नुहाइदिने प्रचलन छ। बाहिरको छाला त नुहाइयो बच्चाले चुसेको पेट भित्रको दूधलाई के गरिन्छ? मासिक धर्म भएकी महिलाले चुसाएको दूध खाएर डाक्टर नबन्नु पर्ने हैन र? अर्को समस्या असुरक्षाको कठघरामा, यो नारकीय जीवन बिताउनुपर्ने। हाम्रो समाजमा गलत सोच र संस्कार भएका मानिस पनि बस्छन्। ठाउँठाउँमा राज्यबाट शान्ति सुरक्षाको व्यवस्था गर्न नसकिरहेको अवस्थामा महिला छाउपडीको कारणले राती बलात्कार हुनुपर्ने अवस्था छँदैछ। यस्तो जघन्य अपराध हुँदा पनि कडा कानुनको अभावका कारण अपराधीले मुक्ति पाउने गरेकै छन्।  

अर्को कुरा सांस्कृतिक बिल्ला भिराएर यस्तो हल्ला गर्नु हुँदैन। हाम्रो इज्जत जान्छ भनी अपराधीलाई नै जलमल पुग्ने सामान्तीले बनाएको संस्कृति, राजा रजौटाले बनाएको संस्कृतिलाई बचाएर राखिएको छ। यसको तुरुन्तै अन्त्य गरिनु पर्छ।  

अर्को पीडा त्यो कमजोर मौका छोपी जब सामाजिक अपराध हुन्छन् तब उसले समाजमा यस्तो अपमान सहेर बाँच्नु पर्छ कि जुन कुरा शब्दमा व्याख्या गर्न सकिँदैन। यसका बारेमा महाभारत जत्रो ग्रन्थ लेखे पनि अधुरो र अपुरो नै हुन्छ। त्यो अपराधको पीडा खेपेपछि उसको विवाह कसैसँग हुँदैन। यदि विवाह भएकी महिला भए घरबाट निकालिन्छन््। एकातिर संस्कृतिको गोलचक्कर अर्कोतिर कानुनको अभावका कारण महिलाले यो कठिनाइ झेल्नुपरेको हो। जब त्यो महिलाको कसैसँग विवाह हुँदैन त्यसपछि उसलाई जबर्जस्ती वेश्या बनाइन्छ भने त्योभन्दा ठूलो सामाजिक अपमान अरू के हुन सक्छ। यसमा राज्यको ध्यान जान आवश्यक छ कि छैन? यदि विवाह भइहाले पनि अपांगसँग विवाह गराउने, छोरी मात्र भएको पुरुषसँग छोरा पाउन विवाह गराउने र कहीँ श्रीमती नपाई बसेको बूढो मानिससँग त्यो अविवाहित कन्याको विवाह हुने गर्छ। यो उसको रहर नभएर सामाजिक बाध्यता हो। अर्को शब्दमा भन्नुपर्दा कानुनी बाध्यता पनि।  

छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणाली विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन गरेर पूर्वीचौकी गाउँपालिकाले यसपालिको बजेटमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।  
ग्रामीण भेगमा धेरै ठूला जघन्य अपराध भएर पनि सामाजिक संस्कृतिका कारण ओझेल परेका छन्। गाउँका ठूलाबडा भनाउँदाहरूले अपराध ढाकछोप गरी भित्रभित्रै मिलाउने गरिदिन्छन्। यस्ता अपराधीलाई अपराध पत्ता लगाइसकेपछि कडा कारवाही हुनुपर्ने हो त्यसो भएको देखिँदैन। यी त भए मानवीय अपराध अर्को कुरा जीवजन्तुबाट पनि त्यतिकै समस्या र असुरक्षा छ। हामीले पटकपटक सुनेका छौं सर्पले टोकेर छाउगोठमा महिलाको ज्यान गएको कुरा। बाघभालुको त्यत्तिकै डर। विच्छी अन्य कानमा बस्ने कीराको त्यतिकै डर। यसबाट बच्न पनि यो संस्कृतिको अन्त्य हुनुपर्छ। अर्को समस्या शारीरिक दृष्टिले पनि त्यतिबेला महिला कमजोर हुने गर्छन् र काम चाहिँ असाध्यै गरुङ्गो गर्नुपर्छ।  

दाउरा काट्ने, दाउरा बोक्ने, पर्सो (मल) बोक्ने, खेतबारी खन्ने जस्ता गहुँगो काम गर्नुपर्छ। अर्को समस्या त्यो चिसो भुईंमा सुत्नु पर्दा विभिन्न किसिमका रोगले संक्रमण गर्ने र तिनलाई निको पार्न धामीझाँक्रीमाथि विश्वास गरी धामीझाँक्री कहाँ जाने, धामीझाँक्रीले बोका काट्नुप-यो। कुखुरा काट्नुप-यो। भाकल लाग्यो भनेर भनिदिँदा आर्थिक हिसाबले यो असाध्यै खर्चिलो र झन्झटिलो हुने त छँदैछ। रोग सञ्चो नहुँदा अन्तिम अवस्थामा अस्पताल लग्नु पर्दा आर्थिक व्यभार निकै चुनौतीपूर्ण हुने गर्छ। कतिपयको त ज्यान समेत जाने गर्छ। त्यसैले यो भ्रमलाई पालेर बस्नु भन्दा यो संस्कृतिको अन्त्य सर्वपक्षीय बनाइनु आजको अवाश्यकता र अनिवार्य हो।  

छाउपडी प्रथाका बारेमा अब के गर्ने ?  

एक्काइसौं शताब्दीको नयाँ नेपाल निर्माण हुन गइरहेको अबस्थामा छाउपडी जस्तो कलंकलाई जीवित राखेर नयाँ नेपालको परिकल्पना गर्नु भनेको इन्धनबिनाको प्लेन उडाउन खोजे जस्तो हो। यसैले मैले माथि नै उल्लेख गरिसकेको छु कि छाउपडी प्रथाले निम्त्याएका विकराल समस्या छन्। छाउपडी प्रथाका सन्दर्भमा परिवर्तनका लागि हालसम्म कुनै क्रियाकलाप नभएको चाहिँ होइन। समाजमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाबाट पनि केही पहल भएका छन् र यसले नगण्य रूपमा केही परिवर्तन गरको छ। तर च्याउ उम्रिएजस्तै उम्रिएका संघसंस्थाको कार्य प्रगति अपेक्षित रूपमा सन्तोषजनक रहेको पाइँदैन। त्यसैले जुन उद्देश्य प्राप्तिका लागि काम थालिएको हो त्यसको ठीक ढंगले अनुमगमन र मूल्यांकन नभएकाले पनि खासै प्रगति हुन सकेको छैन।  

हाम्रो समाजमा गलत सोच र संस्कार भएका मानिस पनि बस्छन्।  छाउपडीको कारण राती बलात्कार हुनुपर्ने अवस्था छँदैछ। यस्तो जघन्य अपराध हुँदा पनि कडा कानुनको अभावमा अपराधीले मुक्ति पाउने गरेकै छन्।  
छाउपडी भएका समयमा पुस्तक समेत छुन नहुने चलन छ। यो झन् डर लाग्दो र विकराल रूपमा छ। यसै कारणले परीक्षा दिन र पढ्न पाएनन् भने विकराल समस्याको चाङ लाग्ने देखिन्छ।  

समाजको प्रगतिका लागि राज्यबाट पनि कडाइका साथ कानुन बनाएर अगाडि पढ्नुपर्ने र कानुनलाई कार्यान्वयन पक्षमा लैजान जरुरी छ। यसमा २ वटा कुराको सन्तुलन मिलाएर बढ्नुपर्ने देखिन्छ। पहिलो यसका लागि जनचेतना अभियान व्यापक रूपले सञ्चालन गर्ने सडक नाटक, गीत, कथा, कविता, सफल उदाहरणहरू भएको ठाउँमा भ्रमण यसभन्दा पनि कक्षा ४ देखि ७ सम्मको पाठ्यक्रममा यसलाई राखी अध्ययन अध्यापन गराउनुपर्ने आवश्यक देखिन्छ। यो पाठ्यक्रमलाई लामो समय सञ्चालन नगरे पनि छाउपडी प्रथाको उन्मुलन नहुञ्जेलसम्मको (१५ वर्षदेखि २० वर्षसम्मको) आवश्यकता महसुस गरिएको छ। यसमा कानुनलाई पनि कार्यान्वयनमा ल्याउनुपर्छ भने जनचेतनाको पनि त्यतिकै आवश्यक छ।

पुरस्कार र सजायँ दुइटै सँगसँगै लग्नुपर्ने देखिन्छ। छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणालीको विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन् गरेर हाम्रो पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८को बजेटमा पहिलो चरणमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।  

सुन्दा केही हैन भन्ने लागे पनि यो महिला विकासको बाधकका रूपमा रहेकाले राज्यले यसमा गम्भीर चासो लिनुपर्ने आवश्यकता देखिन्छ। गाउँमा दुईचार परिवारले मात्र यो प्रथा तोडे भने अरु महिलालाई पनि उनको उदाहरण लिएर यो तोड्दा केही हुँदैन भनेर विश्वास दिलाउने वातावरण विकास हुन्छ। यसलाई टेलिभिजन, रेडियो, एफएम आदि समेतले प्राथमिकतामा राखी प्रस्तुत गर्नुपर्छ। पहिला भौतिक चिजको विकास नभएका समयमा सबैको आवश्यकता रहेको समयमा जताततै फोहर हुन जाने समस्या पनि थियो होला। त्यसकारण महिलालाई अलग्गै राखिएको हुनसक्छ। पछि गएर यो संस्कृतिका रूपमा मौलाउँदै गएको हुनुपर्छ।  

हाल बजारमा सरसफाइदेखि छाउपडी भएको समयमा व्यवस्थित ढंगका सबै सामाग्री उपलब्ध छन्। यिनको प्रयोगका बारेमा पनि जनचेतना अभियान सञ्चालन गर्नुपर्छ।  

छाउपडी भएका बेला छाउपडी महिलाले पनि सरसफाइदेखि सामग्री प्रयोगमा ध्यान दिनु जरुरी छ। यसरी सबै क्षेत्रबाट सबैले आआफ्नो भूमिका निर्वाह गरी भेदभावरहित समुन्नत प्रगति विकसित समाजको निर्माण गरी सामाजिक विकृतिका रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न प्रतिबद्धता व्यक्त गर्नु पर्ने आवश्यकता देखिन्छ।  

(बोगटी पूवीचौकी गाउँपालिका डोटीका अध्यक्ष हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस