दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन बुधबार दिक्तेलको हाटडाँडादेखि रत्नपार्क (किरातचोक)सम्म र्याली सहित स्थानीयलाई मास्क वितरण गरिएको थियो ।
र्यालीमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ ।
र्यालीकाक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सुरक्षाकर्मी, रेडक्रसकर्मी, बाणिज्य संघमा आवद्ध प्रतिनिधिले अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए । अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ र्यालीको पंक्तीबाटै प्रजिअ पौडेलले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौं भनेका हौँ ।’
लकडाउन खुलेपछि स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति कुमारसिंह बस्नेतले बताए । र्यालीमा सहभागीले ‘तपाईको मास्क खै?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए । संयुक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने मेयर रिजालले बताए ।
कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबार सदरमुकाम मान्मामा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरेका हुन्।
मास्क नलाएकाहरुलाई मास्क लगाउन र खोप नलगाएकाहरुलाई अनिवार्य खोप लगाउन र गाडीका यात्रीहरुलाई मास्क लगाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख रत्नबीर सुनारले जानकारी दिए।
सुनारका अनुसार कोरोना भाइरसको महामारीबाट जोगिन खोप लगाउन तथा यात्रा गर्दा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो। ‘कोरोनाबाट बच्न खोप लगाउन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न, बजारमा खोप नलगाई बस्ने र मास्क नलाई हिँड्नेलाई अनिवार्य खोप र मास्क लगाउन आग्रह गरिएको हो,’ उनले भने, ‘सार्वजनिक सेवा लिनका लागि पनि खोपकार्ड अनिवार्य गरिएको छ।’
प्रहरी प्रमुख कार्यालय कालिकोटका प्रमुख शिद्धराज न्यौपानेले जनचेतनामूलक कार्यक्रममार्फत खोप र सेनिटाइजरको महत्वका बारेमा जानकारी गराइएको बताए। उनले जनचेतनामूलक कार्यक्रमसँगै दुई सय जनालाई मास्क वितरण गरिएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...