‘गीताको हत्या योजनाबद्ध’
१४ साउन २०७७
•
३ मिनेट पाठ
‘गीताको हत्या योजनाबद्ध’
रञ्जन कोइराला
तत्कालीन पुनरावेदन अदालत पाटनले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकाललाई ‘योजनापूर्वक हत्या’ गरेको फैसला गरेको थियो। पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र लेखनाथ भट्टराईको संयुक्त इजलासले प्रमाणको आधारमा तत्कालकै आवेश नभई योजनाबद्ध तरिकाले हत्या गरेको भेटिएको ठहर गरेको थियो। पुनरावेदन अदालतले श्रीमान्–श्रीमतीबीच लामो वैमनस्य रहेको समेत २०७२ मंसिर २३ मा ठहर गरेको थियो।




सर्वोच्च अदालतले आवेशप्रेरित (तत्कालै रिस उठेर मारिएको) भनेर सजाय घटाएपछि यो मुद्दा विवादित बन्यो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ११ वर्ष सजाय घटाएपछि रञ्जन साउन ८ मा डिल्लीबजार जेलबाट छुटिसकेका छन्। यद्यपि सर्वोच्चमा पुनरवलोकनको अनुमति पाएपछि मुद्दा फेरि ब्युँतिएको छ।  

मारेको सबै प्रमाण भेटिएपछि दोषी ठहरिएका रञ्जनले अदालतसामु आफूले ‘हत्या नगरेको’ इन्कारी बयान दिएका थिए। हत्या हुनुअघि गीताले आफ्नो ज्यान जोखिममा परेको माइतीलाई जानकारी गराएकी थिइन्। २०६७ माघ ९ मा उनीमाथि भएको कुटपिटको घाउ जाँच गराइएको थियो। श्रीमान्ले आफूलाई कुट्ने तथा यातना दिने गरेको बेहोरा उल्लेख गर्दै गीताले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा मसेत उजुरी दिएकी थिइन्। रञ्जनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा र गीताले मानाचामल मुद्दासमेत दर्ता गरेका थिए। गीताका उजुरीलाई बेवास्ता गरिँदा उनको ज्यान गएको थियो।  

गीतालाई २०६७ पुस ७ मा रञ्जनले कुटपिट गरेका थिए। कुटिएको ११ दिनपछि २०६७ पुस १८ मा गीताले उजुरी दिएकी थिइन्। उजुरीमा ‘तँलाई बेपत्ता पारिदिन्छु। म को हुँ चिनेकी छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी कुटपिटसमेत गरेको’ उल्लेख छ। त्यसै बेला कोइराला चीनबाट फर्किंदा अध्यागमनबाट राहदानीमा छाप नलगाई काठमाडौं भित्रिएका थिए।  

‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।  
‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल लास जलाउन गाडीमा राखेको पाइएको छ। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।  

घटना हुने दिन बिहान सानो छोरा लिन आउँदा ‘रञ्जनले मलाई घुरी हे¥यो’ भनी गीताले सोही दिन आमालाई फोन गरेको हरिप्रियाको बकपत्र छ। हरिप्रिया गीताकी आमा हुन्।

पुनरावेदनको फैसलामा गीता हराएको १० दिनपछि (२०६८ माघ ७ मा) रञ्जन लास जलाएको ठाउँमा पुगेको उल्लेख छ। ‘मौजुद प्रमाणहरुको आधार हेर्दा गीताको मृत्युलाई तत्काल हात हालाहालको बीचमा घटेको सांयोगिक घटना भनी मान्न नमिली योजनापूर्वक गरिएको हत्या रहेछ भन्ने कुरा पुष्टि हुन आएको छ’, फैसलामा भनिएको छ, ‘कानुन कार्यान्वयन गर्ने निकायको उच्च अधिकारीबाट यस्ता वारदात घटेको र प्रतिवादीले घटनाको यथार्थ कुरा अदालतमा नगरी निर्दोषिताको जिकिर गरेको हुँदा आवेशप्रेरित घटना हुने मान्न मिल्दैन।’

‘हत्या गरी काठमाडौं बूढानीलकण्ठदेखि मकवानपुर टिस्टुङनजिक मेत्राङमा लगी जलाउन रञ्जन कोइरालाको प्रत्यक्ष संलग्नता देखिँदा सुरु फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन’, फैसलामा भनिएको छ। यस मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै पुनरावेदन अदालतले सदर गरेको थियो।

गीतालाई जलाइएपछिको अस्थिपन्जर हेटौंडा अस्पतालमा लगिएको र त्यहाँबाट त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। मकवानपुरको मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै रहेको हेटौंडा अस्पतालको रिपोर्ट र फरेन्सिक मेडिसिन विभाग महाराजगन्जको प्रतिवेदनमा मकवानपुर मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै हुन् भन्ने द्विविधा गर्ने ठाउँ नदेखिएको अदालतको ठहर छ। ‘नेपालमा परीक्षण विधि भित्रिएको प्रारम्भका केही वर्षमा यसको प्रामाणिकता एवं आधिकारिकताबारे न्यायिक क्षेत्रमा केही अन्योल रहेको पाइए पनि सर्वोच्च अदालतका फैसलाले यसलाई स्वीकार गर्न थालेका छन्’ अदालतले भनेको छ।

रञ्जनले आफू पक्राउ पर्नुपूर्व २०६८ माघ ५ मा मानिस खोजी पाऊँ भनी प्रहरीमा निवेदनसमेत दिएका थिए।
अर्को समाचार
ब्युँतियो रञ्जनको मुद्दा, गीताको हत्या भवितव्य मान्न नसकिने ठहर
१२ साउन २०७७
•
३ मिनेट पाठ
ब्युँतियो रञ्जनको मुद्दा, गीताको हत्या भवितव्य मान्न नसकिने ठहर
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या योजनाबद्ध ढंगले गरेको जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले सजाय घटाइदिएपछि रञ्जन जेलबाट छुटेका थिए। यो फैसलालाई लिएर विवाद बढेपछि सर्वोच्चले आफ्नै फैसलामा पुनरवलोकन थालेको हो।




रञ्जनले प्रहरीसँगको बयानमा कसुर सकारे पनि अदालतमा आएर इन्कार गरेको आइतबार बसेको न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले जनाएको छ। रञ्जनले शव लुकाउन गरेको प्रयत्नबाट उक्त घटनालाई सामान्य र भवितव्य मान्न नमिल्ने इजलासले जनाएको हो। ‘प्रस्तुत विवादमा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले मौकामा साबित भई अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी आफ्नो बेहोरा लेखाएको पाइयो,’ इजलासले भनेको छ, ‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जन कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित बारदातलाई सामान्य अवस्थाको बारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन।’

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौं र पुनरावेदन (हाल उच्च) अदालत पाटनले गरेको फैसलामा सर्वोच्चले ११ वर्ष सजाय घटाइदिएपछि विवाद जन्मेको हो। शुक्रबार दर्ता भएको पूरक निवेदनमाथि आइतबार सुनुवाइ भएपछि उक्त मुद्दा पुनः ब्युँतिएको छ।  

नेपाल सरकार वादी भएको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले कर्तव्य ज्यान मुद्दामा घटाइएको सजाय गलत भएको भन्दै पुनरवलोकनको निवेदन दर्ता गरेको थियो। सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दामा गरेको फैसलाका नजिरविरुद्ध, कानुनको प्रतिकूल भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा पुनः ब्युँताउन निवेदन दिएको हो।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको मुद्दामा ८ वर्ष ६ महिनामात्रै कैद हुने ठहर गरेको थियो। असार १५ मा सर्वोच्चले फैसला सुनाएपछि रञ्जन डिल्लीबजार सदरखाना जेलबाट छुटिसकेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रञ्जन कोइरालाको मुद्दामा ८ वर्ष ६ महिनामात्रै कैद हुने ठहर गरेपछि यसको सर्वत्र आलोचना भएको छ।
अब मुद्दाको सुनुवाइ तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलासमा हुनेछ। सर्वस्वसहित जन्मकैद ठहरिएका कोइरालालाई प्रधानन्यायाधीशकै इजलासले सजाय घटाएको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो।  

प्रधानन्यायाधीशसहितको इजलाशले रञ्जनलाई सजाय ‘चर्को’ पर्ने बताएको थियो। ‘सजाय चर्को पर्ने भन्दै जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐनको १८८ अनुसार तथा हालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ’, सर्वोच्चले फैसलामा भनेको छ।

२०६८ पुस २७ मा पतिपत्नीबीच विवाद भएको र रिस उठी आवेगमा आई धकेल्दा टाउको भित्तामा ठोकिएर मृत्यु भएको सर्वोच्चको फैसलामा भनिएको छ। वारदातको पृष्ठभूमि हेर्दा गीताकै कारणले मृत्यु भएको भन्दै सजाय घटाएको थियो।

रञ्जनले पत्नी गीताको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको भेटिएको थियो। उनलाई काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद हुने फैसला गरेका थिए।

ब्युँतिएको मुद्दामा प्रधानन्यायाधीश जबरासहित सातजना न्यायाधीशले हेर्न मिल्दैन। पूरक निवेदन सर्वाेच्चका १२ जना न्यायाधीशले मात्र हेर्न मिल्नेछ। प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने सर्वाेच्चमा दुई पद रिक्त छन्। सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंक मोक्तान, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र हरिप्रसाद फुयालले मात्रै उक्त मुद्दा हेर्न मिल्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस