तत्कालै तुइन काटिन्छ : मुख्यमन्त्री पौडेल
०८ साउन २०७७
•
३ मिनेट पाठ
तत्कालै तुइन काटिन्छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।




झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेको भनाइ थियो ।  

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइएको भए पनि स्थानीयबासीको अवरोधका कारण कर्मचारी फर्किएको र उक्त गलत कार्यको नतिजास्वरुप तुइनबाट एकजना वृद्धाले ज्यान गुमाउन परेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । तर अब तत्कालै उक्त तुइन काटिने उनको भनाइ छ ।  

उक्त तुइनबाट खसेर मंगलबार एक वृद्धाको मृत्यु भएको थियो ।  

बाटो बनाउन बजेट विनियोजन

मकवानपुरको राक्सिराँग गाउँपालिकाका सर्वसाधारण परेवाभिरबाट जोखिम मोलेर यात्रा गरिरहेका छन् भने सरकारले यहाँ बाटो नबन्ने जनाइसकेको छ । यो भिरबाट बाटो बनाउने मागसँगै जनताले भोग्नुपरेको विषयमा गुनासो आएसँगै वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले परेवाभिरबाट बाटो नबन्ने तर उक्त भिर छलेर बाटो बनाउन बजेट विनियोजन भइसकेको बताए ।

उनले उक्त क्षेत्रका जनताको कठिनाइलाई ध्यानमा राखेर बाटो बनाउने रकम विनियोजन गरिएको बताउँछन्। करिब ४४ वटा भन्दा बढी बहुवर्षीय योजनाको सडक यस आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री फुयाँलको भनाइ थियो । उनले आगामी वर्षभित्र १०० वटा पुल निर्माण सम्पन्न गरिसक्ने र झोलुङगे पुल निर्माण गर्न स्थानीय तहलाई जिम्मा दिइने जनाए ।

३२ पुलको एकैसाथ उद्घाटन

भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले निर्माण गरेको ३२ वटा पुल सञ्चालनमा आएको छ । मन्त्रालयका अनुसार उक्त पुलको कूल बजेट रु ७३ करोड ७६ लाख ४३ हजार रहेको छ ।

पूर्वाधार विकास कार्यालय ललितपुरले ६, काभ्रेले ६, चितवनले ५, नुवाकोटले ४, सिन्धुपाल्चोकले ९, रामेछापले दुई पुल निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । जसअन्र्तत काठमाडौँमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, धादिङमा १, नुवाकोटमा ३, सिन्धुलीमा १, रामेछापमा २ गरी ३२ पुल निर्माण गरिएको जनाइएको छ ।

पुलमा पूर्वाधार विकास कार्यालय ललितपुरबाट कर्मनाशा खोला, गगटे खोला, सपनतीर्थ, धोबीखोला, खानी खोला, नखु खोला पुल बनेका छन् । सोही कार्यालयको काभ्रेबाट महादेव खोला सडक, रोशी खोला सडक, बन्थली ढाँड, रोशी खोला सडक, पुन्यमता दोभान, रोशी खोला सडक माम्ती, रोशी खोला सडक कटुञ्जे र स्वाल्पा खोला सडक पुल  रहेको छ । यसैगरी चितवन कार्यालयबाट बाँदरमुढे खोला, किरुगाखोला, आँप खोल्सी सकड, दुबुखोला सडक पुल रहेको छ । नुवाकोट कार्यालयबाट खारेखोला बडरे हिमानीटार कल्भर्ट, थोपलखोला, कुथुङ्ग खोला पुल रहेको छ ।

सिन्धुपाल्चोक कार्यालयबाट हाँडी खोला, महादेश खोला, सिपा खोला, खहरेखोला, ढाँडे खोला, सोरुङ्ग खोला, ढाँडे बाराम्चभी खोला, पाखरखोला, अँधेरी खोला र चर्नावती खोला रहेको छ । पूर्वाधार विकास कार्यालय रामेछापबाट वाक्सु खोला र भटौती खोला पुल रहेको छ ।
अर्को समाचार
वाग्मती प्रदेशमा मन्त्री बन्नेकाे नाम टुंगो लाग्यो
११ माघ २०७९
•
१ मिनेट पाठ
वाग्मती प्रदेशमा मन्त्री बन्नेकाे नाम टुंगो लाग्यो
वाग्मती प्रदेश सरकारमा मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ। हाल ३ सदस्यीय मन्त्रिपरिषद् रहेको यस प्रदेशमा सत्तारुढ दलको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको हो।  




मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। हालसम्म नेकपा एमालेका जगनाथ थपलिया (जेएन) आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा विना विभागीय मन्त्री रहेका थिए। मन्त्रालयको संख्या निर्धारण गर्ने उद्देश्यसहित बनाइएको कार्यदलले प्रतिवेदन बुझाएको भोलीपल्ट मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संसदीय दलको वैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली टुंगो लगाएको हो।  

नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य तथा केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तान सामाजिक विकास मन्त्री हुने भएका छन्। राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी, राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।  

यसअघि विना विभागीय मन्त्री रहेका राप्रपाका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री पाउने भएका छन्। आजै दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम रहेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस