वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा शपथ गराएका हुन्।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन्। उनले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए।
पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार समेत गरेका छन्।