प्रधानमन्त्रीको सुरक्षा उपकरण किन्ने ठेक्का रद्द
२५ असार २०७७
•
२ मिनेट पाठ
प्रधानमन्त्रीको सुरक्षा उपकरण किन्ने ठेक्का रद्द
नेपाल प्रहरीले प्रधानमन्त्रीका लागि खरिद गर्न खोजेको इएलटिई ¥यापिड कम्युनिकेसन सिस्टम ठेक्का रद्द गरेको छ। प्रधानन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीको संलग्नतामा राज्यलाई ५ करोड अनावश्यक व्ययभार थप्नेगरी सुरु गरेको खरिद प्रक्रिया विवादमा परेपछि प्रहरीले ठेक्का रद्द गरेको हो। प्रहरीले ५ करोड अनावश्यक व्ययभार थप्नेगरी प्रधानमन्त्रीलाई उक्त सिस्टम खरिद गर्न खोजेको विषय नागरिक दैनिकले सार्वजनिक गरेको थियो।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले इएलटिई ¥यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया रद्द गरेको जानकारी दिए। समय कम भएकाले ठेक्का रद्द गरेको बताउँदै अन्य विषय आफूलाई जानकारी नभएको उनले जिकिर गरे। प्रहरीले सिस्टम प्रस्तावदातालाई ठेक्का प्रक्रिया रद्द गरेको जानकारी पठाइसकेको प्रहरी स्रोतले बतायो।  

इएलटिई -यापिड कम्युनिकेसन सिस्टम खरिदका लागि चिनियाँ कम्पनी हुवावेको तर्फबाट दुई कम्पनीले म्यानुफ्याक्चर्स अथोराइजेसन फर्म (माफ) पेस गरेकाले खरिद कानुन बमोजिम कालोसूचीमा राख्नुपर्ने विषय नागरिक दैनिकले उठाएपछि त्यसबाट उन्मुक्ति दिने उद्देश्यले ठेक्का रद्द गरिएको प्रहरी स्रोतको भनाइ छ।

चीनले अनुदानमा दिएको सिस्टम प्रयोगमा ल्याउन सक्ने अवस्था हुँदाहुदै थप पाँच करोड अतिरिक्त व्यभार थप्न खोजेको भन्दै प्रहरीको सार्वजनिक आलोचना भएपछि अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि पछि हटेको एक प्रहरी अधिकारी जानकारी दिए।  

२०७३ मा चीन सरकारले प्रदान गरेको ५० थान ¥यापिड कम्युनिकेसन सिस्टम नेपाललाई दिएको थियो। हुवावेले उत्पादन गरेको उक्त सिस्टम नेपाल टेलिकमले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो। चीनका राष्ट्रपति सी जिङ फिङ नेपाल भ्रमणमा आएका बेला प्रहरीले उक्त सिस्टम प्रयोगमा ल्याएको थियो। त्यसयता खासै प्रयोग गरेको छैन। तर अलीको जोडबलमा नयाँ सिस्टम खरिद गर्ने प्रक्रिया प्रहरी अघि बढाएको थियो।  

जेठ २७ गतेको प्रिबिड मिटिङमा सहभागीले हुवावेलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएको आरोप लागेको थियो। आइटी विज्ञ अलीको संलग्नातामा हुवावे टेक्नोलोजिजलाई मिल्नेगरी स्पेसिफिकेसन बनाएर नयाँ ¥यापिड कम्युनिकेस सिस्टम खरिद गर्न खोजेको विषय सार्वजनिक भएपछि प्रहरी हच्किएको नेपाल प्रहरीका एक उच्च अधिकारीको भनाइ छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भिडिओ कन्फेरेन्सिङ सिस्टमको ठेक्का हुवावेलाई दिएर विवादमा आएका अलीले हुवावेसँगकै साँठगाँठमा उसैलाई मिल्नेगरी स्पेसिफिकेसन बनाएर प्रहरीलाई विवादमा ल्याउने काम गरेका थिए।
अर्को समाचार
प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा उपकरण
०९ असार २०७७
•
३ मिनेट पाठ
प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा उपकरण
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई -यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो।  

प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्। कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ। सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ। प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमान पु¥याइएको हो। त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो। 

त्यति बेला  कोरोना महामारी फैलिएपछि आपूर्ति गर्ने कम्पनीसँग पूर्वतयारी बैठक (प्रि–बिडिङ) बस्न सकेको थिएन।  प्रहरीले प्रि–बिडिङ बैठक १८ चैतमा बोलाएको भए पनि त्यति बेला प्रक्रिया रोकिएको थियो। त्यसपछि २० वैशाख र २१ जेठ हुँदै तीन पटक रोकेर २७ जेठमा बैठक राखी ३ असारमा दुईवटा कम्पनी छनोट गरिएको हो। तत्काल जरुरी नभएको सो उपकरण किन्न किन हतार भन्ने प्रश्नको जबाफ प्रहरी नेतृत्वले बताउन चाहेको छैन। प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले आफूलाई यसबारे जानकारी नभएको बताए। ‘प्रहरीको प्रबन्ध शाखाले ठेक्काको काम गर्छ।

कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा नेपाल प्रहरीकै ५ करोड खर्चेर प्रधानमन्त्रीका लागि सुरक्षा उपकरणसहितको गाडी खरिद प्रक्रिया अन्तिममा पु-याइएको छ।  
 सूचना प्रविधि निर्देशनालयले आवश्यक भएरै सो प्रविधि ल्याउन लागेको हुनुपर्छ’, उनले भने। यसअघि चीन सरकारले सन् २०१५ मा नेपाल सरकारलाई सो उपकरण निःशुल्क उपहार दिएको थियो। टेलिकमको स्टोर शाखामा रहेको उपकरणलाई नेपाल प्रहरीले ल्याएर राखेको छ। ‘सर्भिलेन्ससहितको सो कम्युनिकेसन सिस्टम अहिले नेपाल प्रहरीलाई आवश्यक छैन। यसबारेमा जानकारी लिनुप¥यो भने पनि प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीलाई सोध्नुपर्छ’, नेपाल प्रहरीका एक अधिकृतले भने। उनका अनुसार उक्त उपकरण नेपाल भ्रमणमा आएका भिआइपीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रयोग गरेको थियो, अहिले भने त्यत्तिकै थन्किएको छ।  

यति बेला फेरि नयाँ उपकरण खरिद गर्न प्रक्रिया अघि बढाइएको छ। ‘फिल्डमा खटिने प्रहरी कर्मचारीलाई पिपिई, पन्जा, मास्कलगायतका सामान खरिदमा बजेट अभाव देखाएको प्रहरीले ५ करोडको उपकरण तत्काल कुन प्रयोजनका लागि हो भन्ने नखुलाई खरिदको अन्तिम तयारी गरेको छ। यसमा प्रहरी महानिरीक्षक नै लाग्नुभएको छ’, एक प्रहरी अधिकारीले भने।  

स्रोतका अनुसार सो उपकरणबारे प्रहरी अधिकृतहरुलाई सामान्य जानकारी पनि नभएपछि बोलपत्र आह्वान गर्दा मापदण्ड निर्धारणसमेत प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीले गरिदिएको स्रोतले बतायो।  

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली र नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीको चासोमा उपकरणसहितको गाडी खरिद प्रक्रिया अघि बढेको हो।
गाडीमा जडित एलटिई -यापिड कम्युनिकेसन सिस्टमले सवार व्यक्तिका गतिविधिको भिडियो रेकर्ड गर्नेछ। सुरक्षा थ्रेट मानिएका विश्वका थोरैमात्रै राष्ट्रप्रमुखको सुरक्षाका लागि यस्तो उपकरणजडित सर्भिलेन्स गाडी प्रयोग गरिन्छ। नेपाल पनि चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणमा आएका बखत सो उपकरण प्रयोग गरिएको थियो।  

जानकारका अनुसार सो उपकरण ब्रोड ब्यान्ड प्रविधिमा आधारित छ। त्यही भएर दुर्घटना भएको स्थानबाट रेडियो फ्रिक्वेन्सीमार्फत कमान्ड सेन्टरमा भिडियोसमेत पठाउन मिल्ने भएकाले प्रधानमन्त्रीको सुरक्षा सर्भिलेन्सका लागि प्रयोग गर्न लागिएको स्रोतले जनाएको छ। यो प्रविधि प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका आयोजना मोनिटर गर्न मिल्ने गरी जडान भइसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस