सलहका झुन्ड सुदूरपश्चिममा
१९ असार २०७७
•
२ मिनेट पाठ
सलहका झुन्ड सुदूरपश्चिममा
सलहका झुन्ड सुदूरपश्चिम प्रदेश पुगेको छ ।  सलह कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ । सलहले किसानको बालीमा त्यति क्षति नगरे पनि किसान भने त्रसित भएका छन् ।  

‘ससानो झुन्डमा आएका सलह अब ठूलो बथानमा नआउलान् भन्न सकिँदैन,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले भने, ‘सलह पुगेको सूचना पाउनेबित्तिकै  किसान चिन्तित बनेका छन् ।’  

सलह आइपुगेको खबर पाउनेबित्तिकै  ग्रामीण क्षेत्रका किसान बिहान बेलुका खेतबारीको रेखदेखमा खटिएका छन् । ‘सलह पुगेको खबर पाउनेबित्तिकै दैनिक खेतमा पुग्ने गरेको छु,’ किसान खुसीराम डगौरा थारूले भने, ‘अघिल्लो वर्ष गरिमा धानले ठग्यो, यसपालि फेरि सलह आए भने त ऋण माथि ऋण थुप्रिन्छ ।’  

उनी अहिले सलह धपाउनका लागि तयारी अवस्थामा सरसमानको जोहो गरेर बसेका छन् । ‘थाल, डोरी तथा धुँवा बनाउन चाहिने पराललगायतका सामान तयारी अवस्थामा राखेको छु,’ उनले भने ।  

कैलालीको लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका क्षेत्रमा सलहको झुन्ड देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट बताउँछन् । उनका अनुसार कञ्चनपुरको बेलौरीसम्म सलह पुगेको खबर छ तर क्षतिको विवरण भने आइसकेको छैन । बिहीबार मात्रै कैलालीको अत्तरियाबाट दुई झुन्डमा सलह टीकापुर र धनगढीतर्फ गएको अत्तरियाका कृषि प्राविधिकको भनाइ उद्धृत गर्दै ज्ञान केन्द्रका प्रमुख भट्टले भने, ‘शुक्रबार बिहान कृषि प्राविधिकको टोली सहलको झुन्डको खोजीमा गएको छ ।’  

प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदी किनार क्षेत्रमा आइपुगेको स्याटलाइटले देखाउँछ ।’

सलह नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए । ‘हामीले सलहबाट किसानले क्षति बेहोर्नु नपरोस् भनेर एउटा  ¥यापिड रेसपोन्स टिम तैनाथ गरेका छौँ,’ उनले भने, ‘त्यो टिमले तुरुन्तै उद्धार गर्छ ।’  

यस्तै, सलह भित्रन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि पूर्वतयारी थालेको छ । उपमहानगरपालिकाले १९ वटै वडाका वडा अध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको छ । धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलहको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गरेको बताए । 

‘जोखिम घटाउन स्थानीय स्तरमा के गर्न सकिन्छ, सबै उपाय अपनाउन वडा अध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिइएको छ,’ उनले भने । धनगढी उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलहले जतिबेला पनि खतराको घण्टी बजाउन सक्ने भएकाले खेतीपातीमा गर्ने क्षति घटाउन प्रजनन गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुल र जाल प्रयोग गर्न सकिने विधि अपनाउन किसानलाई सुझाएको बताए ।
अर्को समाचार
सलह झुन्ड सुदूरपश्चिममा
२० असार २०७७
•
३ मिनेट पाठ
सलह झुन्ड सुदूरपश्चिममा
भारतको मध्य प्रदेशबाट बिहार र रक्सौल हुँदै भैरहवा प्रवेश गरेको सलह झुन्ड–झुन्डमा विभाजित हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ। सलहका स–साना झुन्ड कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ। सलहको झुन्डले किसानको बालीमा त्यति क्षति नपु¥याए पनि किसान भने त्रसित छन्।  

‘स–साना झुन्डमा आएका सलह अब ठुलो झुन्डमा नआउलान् भन्न सकिँदैन,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले भने, ‘सलह आएको सूचना पाउनेबित्तिकै यहाँका किसान चिन्तित बनेका छन्।’ कहिले यता कहिले उता गरेर सलहको झुन्ड देखिने गरेको बताउँदै उनले थपे, ‘कहिले यता र कहिले उता सलहको झुन्ड पुगेको समाचार सुन्नेबित्तिकै भर्खरै रोपाइँ गरेका किसान झनै चिन्तित छन्।’  

सलह आइपुगेको खबर पाउनेबित्तिकै अहिले ग्रामीण क्षेत्रका किसान बिहान–बेलुका खेतबारीको रेखदेखमा पुग्न थालेका छन्। ‘सलह पुगेको खबर पाउनेबित्तिकै दैनिक खेतमा पुग्ने गरेको छु,’ किसान खुसीराम डगौरा थारुले भने, ‘अघिल्लो वर्ष गरिमा धानले ठग्यो, यसपालि फेरि सलह आए भने त ऋणमाथि ऋण थुप्रिन्छ।’ उनी अहिले सलह धपाउन तयारी अवस्थामा सरसामानको जोहो गरेर बसेका छन्। ‘थाल, डोरी तथा धुँवा बनाउन चाहिने पराललगायत सामान तयारी अवस्थामा राखेको छु,’ उनले भने।  

कैलालीको लम्कीचुहा र घोडाघोडी नगरपालिका क्षेत्रमा सलहको झुन्ड देखिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट बताउँछन्। उनका अनुसार कञ्चनपुरको बेलौरीसम्म सलह पुगेको खबर छ तर क्षतिको विवरण भने आइसकेको छैन। बिहीबार मात्रै कैलालीको अत्तरियाबाट दुई झुन्डमा सलह टीकापुर र धनगढीतर्फ गएको अत्तरियाका कृषि प्राविधिकको भनाइ उद्धृत गर्दै केन्द्रप्रमुख भट्टले भने, ‘शुक्रबार बिहान कृषि प्राविधिकको टोली सहलको झुन्डको खोजीमा गएको छ।’  

पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको सलहको अन्तिम झुन्ड बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको सीमा क्षेत्र आसपास उडान गर्दै शुक्लाफाँटा भएर नेपाल भित्रिएको स्याटेलाइटले कभर गरेको तस्बिरमा देखिएको बताउँदै प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदीकिनार क्षेत्रमा आइपुगेको स्याटेलाइटले देखाउँछ।’ यसको नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए। ‘हामीले सलहबाट किसानले क्षति बेहोर्नु नपरोस् भनेर एउटा ¥यापिड रेसपोन्स टिम तैनाथ गरेका छौं,’ उनले भने, ‘त्यो टिमले तुरुन्तै उद्धार गर्छ।’  

यस्तै सलह भित्रिन थालेपछि धनगढी उपमहानगरले पनि पूर्व तयारी थालेको छ। उपमहानगरले १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ। त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको हो। धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलहको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गरेको बताए। जोखिम घटाउन स्थानीय स्तरमा के गर्न सकिन्छ भन्ने सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको उनले जानकारी दिए। धनगढी उपमहानगर कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलहले जतिबेला पनि खतराको घण्टी बजाउन सक्ने भएकाले खेतीपातीमा गर्ने क्षति घटाउन प्रजनन गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुनपानी छर्किने, झुल जालको प्रयोग गर्न सकिने विधि अपनाउन किसानलाई सुझाएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस