सिनियर डिभिजन इन्जिनियरविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर
१७ असार २०७७
•
२ मिनेट पाठ
सिनियर डिभिजन इन्जिनियरविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर
गैर–कानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध आरोप–पत्र दायर गरेको छ । 




कमिसन नलिई काम नगर्ने, आर्थिक वर्ष २०७५/०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ असारमा विभिन्न ठेकेदारसँग करिब ५० लाख खातामा राख्न लगाई बील भुक्तानी गरेको साथै श्रोत नखुलेको सम्पति आर्जन गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छानविन गरी शाक्यविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा गैर–कानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।  

२०४९ साल जेठ २ गतेदेखि जिल्ला खानेपानी कार्यालय कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरी २०६४ साल माघ १ गतेदेखि इन्जिनियर र २०७२ साल कात्तिक १० गतेदेखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका शाक्यको १० करोड ७७ लाख ५० हजार ४५३ रुपैयाँको वैध आयश्रोत नदेखिएको अख्तियारले जनाएको छ । ‘शाक्यले सेवामा प्रवेश गरेदेखि गत फाुगन मसान्तसम्मको जाँच अवधिमा एक करोड ६१ लाख ७३ हजार ५६१ रुपैयाँ आय आर्जन गरेको देखिन्छ । तर अनुसन्धानमा लिइएको जाँच अवधिमा १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ,’ अख्तियारको वेबसाईटमा प्रकाशित विज्ञाप्तीमा भनिएको छ, ‘निजको आयको अनुपातमा १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन ।’  

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जारी गरेको विज्ञाप्तीमा सिनियर डिभिजन इन्जिनियर शाक्यले आर्जन गरेको श्रोत नखुलेको दुई करोड ५४ लाख ७४ हजार ७२६ बराबरको सम्पत्ति र नपुग बिगो ८ करोड २२ लाख ७५ हजार ७२७ समेत प्रचलित कानुन बमोजिम असुलउपर गर्न र सम्पत्ती जफत गर्ने प्रयोजनका लागि विशेष अदालतमा आरोप–पत्र दायर गरेको जनाइएको छ । आरोप–पत्रमा शाक्यकी श्रीमती अल्का र भान्जी नाताकी प्रभा शाक्यलाई समेत प्रतिवादी कायम गरिएको छ ।  

शाक्यले आफ्नो र श्रीमतीका नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानी गरेको, भान्जी नाताकी व्यक्तिका नाममा समेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थामा खाता खोलेर मुद्धती निक्षेपमा अवैध रकम राखेको, सो मुद्धती निक्षेप परिपक्व नहुँदै सोही मुद्धती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिलाई लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । 

शाक्यले २०७६ साल पुस ८ गते खरिद गरेर श्रीमतीको नाममा राखेको ललितपुर उपमहानगरपालिका–१३ स्थित जग्गा २०७६ साल माघ १२ गते भाञ्जीको नाममा स्वामित्व सारेको तर विस्तृत सम्पत्ति विवरणमा उल्लेख नगरेर गैर–कानुनी सम्पत्ति लुकाउने छिपाउने कार्य गरेको अख्तियारले जनाएको छ । 
अर्को समाचार
प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर
१७ असोज २०८०
•
१ मिनेट पाठ
प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर
विशेष अदालतले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई ६० लाख ७५ हजार रूपैयाँ बिगोसहित भ्रष्टाचार गरेको ठहर गरेको छ। न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोलाको इजलासले कार्कीमाथि प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पबाट अनियमितता गरेको ठहर गरेको हो।




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्सालमा प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्पबाट रकम हिनामिना गरेको भन्दै २०७८ साउन ३१ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

कार्कीले पेट्रोलपम्पमा ग्राहकको खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले माग दाबीभन्दा बिगो आधा कायम गर्दै विशेष अदालतले मुद्दामा कसुर ठहर सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको हो। फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय केही दिनपछि निर्धारण गर्ने व्यवस्था छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार असोज २५ मा सजाय निर्धारणका लागि मिति तोकिएको बताए। ‘हानिनोक्सानी ६० लाख ७५ हजार गरेको बिगो ठहर भएको छ। सजाय पछि निर्धारण हुनेछ’, उनले भने।

रकम हिनामिना गरेको उजुरीमा अनुसन्धान गरी कार्कीले प्रहरी पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकाले निज कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय माग गरेको थियो। एक करोड चार लाख रूपैयाँ अख्तियारले बिगो माग दाबी  गरेको थियो।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस