दाेषीलाई कारबाही हुनेमा स्थानीय अशावादी
२२ चैत्र २०७९
•
२ मिनेट पाठ
दाेषीलाई कारबाही हुनेमा  स्थानीय अशावादी
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन्। विशेष अदालतको आदेशमा चित्त नबुझाएको अख्तियार मंगलबार सर्वोच्च अदालत गएको हो। सर्वोच्चमा मुद्दा पुनरावेदन भएपछि ठुलो आशा जागेको स्थानीयको भनाइ छ।




सिक्टा आयोजनामा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा पुगेपछि खुसी लागेको बताए। ‘सिक्टामा भएको कमसल निर्माणबारे धेरै समिति र विज्ञ टोली आएर अनुगमन गरे। सबैले कमजोरी औंल्याएकै हुन् तर विशेष अदालतले भ्रष्टाचारका आरोपीलाई सिधै सफाइ दिने काम गर्‍यो। यसले सबैमा निराशा छाएको अवस्थामा अब यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ,’ श्रेष्ठले भने। 

सिक्टामा भएको भ्रष्टाचार ढाकछोप गर्ने कोसिस गरेमा भविष्यमा धेरै विकास निर्माणमा भ्रष्टाचार र अनियमितता बढ्ने श्रेष्ठको आशंका छ। उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा भएको यति ठुलो भ्रष्टाचारलाई लुकाउन खोजियो, संलग्नलाई त्यसै छोडियो भने भोलिका दिनमा अझै भ्रष्टाचार मौलाएर जान्छ, भ्रष्टाचारीको मनोबल बढ्छ।’

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माणमा ठुलै आर्थिक चलखेल भएकाले आयोजनाको भविष्य अन्धकार बनेको उनले बताए। सिक्टा सिँचाइ आयोजना निर्माण स्थल राप्ती सोनारी-९ ढकेरीका बासिन्दा श्रीधर उपाध्यायले मुद्दा सर्वोच्चमा पुगेकाले आयोजनाका पक्षमा फैसला हुने विश्वास जागेको बताए। ‘हामीले सुरुदेखि नै सिक्टाको काम राम्रो भएन, कमसल निर्माण भयो भनेर ध्यानाकर्षण गराउँदै आएका थियौं। हाम्रो कुराको सुनुवाइ नहुँदा नहर पटकपटक भत्कियो,’ उनले भने, ‘अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो।

विशेष अदालतले भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिए पनि सर्वोच्चमा मुद्दा पुगेको खबरले फेरि आशा जागेको छ ।’ कमसल निर्माण भएको पश्चिम मुल नहर अहिले काम नलाग्ने अवस्थामा पुगेको उपाध्याय बताउँछन्। ‘सही छानबिन हुनुपर्छ भनेर हामीले आवाज उठाएको हो। यो मुद्दा अब सर्वोच्च अदालतसम्म पुगेको छ। सही हिसाबले पक्कै छानबिन होला,’ उपाध्यायले भने। निर्माण सुरु भएको डेढ दशकभन्दा बढी भइसक्दा पनि सिक्टा आयोजना अधुरै छ।
अर्को समाचार
प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर
१७ असोज २०८०
•
१ मिनेट पाठ
प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर
विशेष अदालतले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई ६० लाख ७५ हजार रूपैयाँ बिगोसहित भ्रष्टाचार गरेको ठहर गरेको छ। न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोलाको इजलासले कार्कीमाथि प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पबाट अनियमितता गरेको ठहर गरेको हो।




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्सालमा प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्पबाट रकम हिनामिना गरेको भन्दै २०७८ साउन ३१ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

कार्कीले पेट्रोलपम्पमा ग्राहकको खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरी हुँदै नभएको कारोबारका आधारमा असुली देखाएर रकम हिनामिना गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले माग दाबीभन्दा बिगो आधा कायम गर्दै विशेष अदालतले मुद्दामा कसुर ठहर सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको हो। फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय केही दिनपछि निर्धारण गर्ने व्यवस्था छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार असोज २५ मा सजाय निर्धारणका लागि मिति तोकिएको बताए। ‘हानिनोक्सानी ६० लाख ७५ हजार गरेको बिगो ठहर भएको छ। सजाय पछि निर्धारण हुनेछ’, उनले भने।

रकम हिनामिना गरेको उजुरीमा अनुसन्धान गरी कार्कीले प्रहरी पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकाले निज कार्कीलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय माग गरेको थियो। एक करोड चार लाख रूपैयाँ अख्तियारले बिगो माग दाबी  गरेको थियो।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस