चिकित्सक केसीले अनशन तोडे
०१ जेष्ठ २०६९
•
६ मिनेट पाठ
चिकित्सक केसीले अनशन तोडे
काठमाडौं, जेठ २ (नागरिक)-योग्यताका आधारमा पदाधिकारी नियुक्त गर्ने प्रधानमन्त्रीको लिखित प्रतिबद्धतापछि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा जारी आन्दोलन तीन साता स्थगन गरिएको छ।




यससँगै सोमबारबाटै आमरण अनशन घोषणा गरेका संस्थानका प्राध्यापक तथा चिकित्सक गोविन्द केसीले पनि अनशन सोही अवधिका लागि स्थगन गरेको जनाएका छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कुलपतिसमेत रहेका प्रधानमन्त्री भट्टराईका तर्फबाट उपकुलपति हिराकाजी महर्जनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा रिक्त पदाधिकारी योग्यताका आधारमा नियुक्ति गर्ने लिखित प्रतिवद्धता जनाएका थिए।
आन्दोलन फिर्ता भएपछि एक सातादेखि रोकिएको विस्तारित सेवासमेत मंगलबार सुरु हुने भएको छ। संस्थानमा रहेका 'भ्रष्ट पदाधिकारी' कारबाही गरी रिक्त पदमा वरिष्ठता वा योग्यताका आधारमा नियुक्ति माग गर्दै केसीले अनशन बस्ने घोषणा गरेका थिए।
'संघर्ष समितिको मागअनुसार उपकुलपतिले रिक्त पदमा वरिष्ठता वा योग्यताका आधारमा तीन साताभित्र पदाधीकारी नियुक्ति गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्यतिन्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने र रोकिएको विस्तारित सेवा मंगलबारदेखि सुरु गर्ने निर्णय गरेका छौं,' संयुक्त संघर्ष समितिका संयोजक डा. दिनेशविनोद पोखरेलले नागरिकसँग भने, 'तीन हप्ताभित्र माग पूरा नभए फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्छौं, डा. केसीले अनशन सुरु गर्नुहुन्छ।'
प्रधानमन्त्री भट्टराईले आइतबार आफ्नै निवास बालुवाटार बोलाई माग पूरा गर्ने आश्वासन दिँंदै जेठ १४ गतेसम्म अनशन नबस्न केसीसँग आग्रह गरेका थिए। आफ्ना माग संविधान लेखनसँग सम्बन्धित नभएको र उपकुलपतिबाटै समाधान हुने जिकिर गर्दै केसीले लिखित प्रतिवद्धता मागेका थिए।
प्रधानमन्त्रीले सोमबार बिहानै उपकुलपति महर्जनलाई बोलाई लिखित प्रतिबद्धता गर्नेबारे छलफल गरेका थिए। सोमबार बिहान साढे सात बजे शल्यक्रिया कक्ष छिरेका केसी ११ बजे निस्कँदा बाहिर समितिका अन्य वरिष्ठ चिकित्सक उनलाई कुरिरहेका थिए। उपकुलपतिबाट वार्तामा बोलाइएको जानकारी वरिष्ठ चिकित्सकबाट पाएपछि केसीले वार्तामा नजाने अडान लिए।
'केसी डाक्टरसाप नजाने भएपछि उहाँकै सहमतिमा हामी नौजना वरिष्ठ चिकित्सक उपकुलपतिसँग वार्ता गर्न त्रिवि गएका थियौं,' झन्डै तीन घन्टा चलेको वार्ताबारे संयोजक पोखरेलले जानकारी दिए, 'भ्रष्टाचारी पदाधीकारीलाई कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिँदै उपकुलपतिले तीन साताभित्र वरिष्ठता तथा योग्यताका आधारमा रिक्त पदमा पदाधिकारी नियुक्त गर्ने लिखित प्रतिबद्धता गरेपछि मात्र हामी संघर्षका कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेका थियौं।'
वार्तामा वरिष्ठ चिकित्सकहरु पोखरेल, जीवन श्रेष्ठ, राजेन्द्र वाग्ले, बद्री रिजाल, वाईपी सिंह, भगवान कोइरालालगायत थिए।
रिक्त पदमा नियुक्त गर्न गठित छनोट समितिले वार्ताका क्रममा 'टर्म अफ रिफरेन्स' (टिओआर) का आधारमा तीन साताभित्र पदाधिकारी छनोट गर्ने प्रतिबद्धता जनाएको पोखरेलले बताए। वार्ताबाट फर्कलगत्तै महाराजगन्जमा संघर्ष समितिका पदाधिकारी, विद्यार्थी, कर्मचारीसहितको बैठकले आन्दोलन फिर्ता गर्ने निर्णय गरेको थियो।
'लिखित प्रतिबद्धता आन्दोलन बिथोल्ने कागजको रुपमा रहे म फेरि आमरण अनशनको घोषणा गर्छु,' डा. केसीले भने।
संस्थानका डिन अरुण सायमी र क्याम्पस प्रमुख रामप्रसाद उप्रेतीको नामै किटेर अनियमितता आरोप लगाउँदै राजनीतिक भागबन्डाका आधारमा नियुक्तिको परिपाटी अन्त्य गर्न माग राख्दै संघर्ष समितिले आन्दोलन थालेको थियो।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनियमितता भएको पुष्टि गरेको दुई वर्ष पुगिसक्दा पनि पदाधिकारीलाई कारबाही नभएपछि संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो।
अर्को समाचार
डाक्टर केसीले ४ दिनदेखिको आमरण अनसन तोडे
२४ असार २०६९
•
२ मिनेट पाठ
डाक्टर केसीले ४ दिनदेखिको आमरण अनसन तोडे
दीपक दाहाल, काठमाडौं, असार २४- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विभागका चिकित्सक डा.गोविन्द केसीले अस्पतालका कुचीकारका हातबाट जुस खाएर चार दिनदेखिको आमरण अनशन तोडेका छन्।  अस्पतालका चिकित्सक, कर्मचारी र नर्सिङ स्टाफको उपस्थितिमा उनले अस्पतालका कुचीकार मोहन नेपाली र रेजिडेन्ड चिकित्सक एसोसियासनका अध्यक्ष डा. बद्री रिजालले संयूक्त रुपमा जुस खुवाएर अनसन तोडाएका हुन्।




राजनीतिक भागभण्डाको आधारमा नभई बरिष्ठता, योग्यता र दृष्टिका आधारमा पदाधिकारी नियूक्ती गर्नुपर्ने प्रमुख माग अगाडी सारेर केसीले अनशन थालेका थिए। बरिष्ठतालाई आधार बनाएर शनिबार बसेको त्रिवि कार्यकारी परिषद्ले डा.कुमुद काफ्लेलाई डिन नियूक्ती गरेपछि आइतबारदेखि डा.केसीले अनशन छाडेका हुन्।

'प्रधानमन्त्री वा उच्च ओहोदा व्यक्तिको हातबाट जुस खाएर अनशन तोड्न थालेको थिइन्।' उनले भने, .'मैले अस्पतालका कुचीकार र रेजिडेन्ट डक्टर एशोसियासनका अध्यक्ष बद्री रिजालको हातबाट जुस खाएर अनशन छोडेँ।'

पाँच हप्ता मात्रै कार्यअवधि वाँकी रहेका डाक्टरलाई नियूक्ती गरेर आन्दोलनकारीलाई अप्ठेरोमा पार्न खोजेको भन्दै शनिबारै राति उनले अनशन तोड्न इन्कार गरेका थिए। विहान अस्पतालमा चिकित्सक, नर्स, कर्मचारीलाई भेला गरेर यो मागबारे राय लिएपछि उनले अनशन तोड्ने निर्णयमा पुगेको बताए। 'सबै साथीहरू सकारात्मक कदम हो, अब बरिष्ठताका आधार छोडेमा निरन्तर खबरदारी गरौंला भनेपछि अनशन तोडेको हुँ।' केसीले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस