हिमाली क्षेत्रमा उक्लियो सलह किरा
१६ असार २०७७
•
३ मिनेट पाठ
हिमाली क्षेत्रमा उक्लियो सलह किरा
मंगला गाउँपालिका–२ रनवाङमा सलह किराले नष्ट गरेको धान खेत । स्थानीयले आकाशका देख्दा वित्तिकै सावधानी अपनाउन थाले । तस्बिर : हरिकृष्ण
जिल्लाको पश्चिम क्षेत्रमा समेत सहल किराको बथान देखिएको छ । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह मंगलबार विहान सदरमुकाम बेनी आसपासमा फाटफुट देखिएपनि मंगला गाउँपालिका–२ रनवाङ आसपासका क्षेत्रको धानखेतमा देखिएको स्थानीय श्रीराम पौडेलले बताए । ‘धान खेतमा क्षती पुगेको देखिएको छ,‘केही सलह नियन्त्रणमा लिएपनि ठूलो बथान अगाडी बढेको छ’ पौडेलले भने । धानखेतमा क्षती देखिएको बताउँदै किसान सर्तक भएको बताए ।  




त्यस्तै धवलागिरी गाउँपालिका–६ ताकमको बगर क्षेत्रको आकाशमा ठूलो संख्यामा सलह देखिएको स्थानीय भवानी पौडेललाई उद्धित गदैं गोपाल पौडेलले बताए । ‘बथान ठूलो देखिन्छ,‘उडेर मुदीतर्फ गएको छ’ उनले भने ।  

विश्वकै ७ औ अग्लो धौलागिरी हिमाल भएको क्षेत्र मुदीतर्फ ठूलो बथान गएपछि स्थानीयले त्यस क्षेत्रमा जानकारी गराएका छन् । म्याग्दीमा हालसम्म ठूलो क्षती भने पु¥याएको छैन् ।उत्तरी म्याग्दीमो अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको आकाशमा उडिरहेको अवस्थामा देखिएको सलह सदरमुकाम बेनी आसपासमा देखिएपनि सानो समुहबाट छुट्टिएर आएको हुनसक्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले बताए । ‘म्याग्दी जिल्लामा ठूलो समहु प्रवेश नगरेको छैन्,‘सानो समुहमा देखिएपनि नष्ट गर्नुपर्छ’ कोइरालाले भने । उनका अनुसार पर्वत र बागलुङमा प्रवेश गरेको अवस्थामा म्याग्दीमा समेत सानो–सानो समुहमा भित्रिएको पुष्टी गदैं अहिलेसम्म बालीनालिमा क्षती नपुर्याएको बताए । ‘किसानलाई आफ्नो खेतबारीमा रेखदेख गर्न अपिल गरेका छौ,‘रोपेको धानलाई सानो समुहले पनि नष्ट गर्न सक्छ’ कोइरालालले भने । उनले रोपेको धानलाई नष्ट गर्न सानो झुन्ड समेत जोखिम भएकाले उच्च सर्तकता अपनाउन अनुरोध गरे ।  

आकाशमा उडेर आउने भएकाले सलह बस्ने ठाउँको पहिचान गर्न समेत अनुरोध गरे । बागलुङका विभिन्न स्थानमा सोमबार राती ठूलो समुहमा बसेको जानकारीसँगै म्याग्दीको बेनी नगरपालिका लगायतका क्षेत्रमा सतर्कता अपनाउन समेत विषेश अनुरोध गरिएको छ । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सिमा क्षेत्रबाट सोमबार साँझ सलको समुह प्रवेश गरेको अनुमान गरिएको छ ।  

मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि कृषि ज्ञान केन्द्रमार्फत सलह प्रवेश गरेमा नष्ट गर्न जिल्लाभित्रका स्थानीय तहले तयारी समेत गरेका छन् । फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न कृषि क्षेत्रका जानकारहरु बताउँछन् । बालीनाली जोगाउयन जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने कीरालाइ वालीनालिमा वस्नबाट रोक्ने, धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोपेर राख्न समेत राख्न समेत अनुरोध गरिएको छ । रातको समयमा सलहले खेतीपातीमा नष्ट नगर्ने भएकाले रातको समयमा बासस्थानको पहिचान गर्न सकेमा नष्ट गर्न सजिलो हुन्छ ।  
अर्को समाचार
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
१७ मंसिर २०७९
•
२ मिनेट पाठ
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन्। व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।  




अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए।  

बोगटीसँग हाल ७० भेडा रहेका छन्। बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन्। उनीहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए। चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरु बताउँछन्।  

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, ‘भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ।’ थापासँग हाल ६० भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित सँगै बस्छन्।  

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ। उनी सुरुमा अरुको गोठालो भएर काम गर्थे। पछि उनी बिस्तारै आफैँ व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहहेका छन्। उनी भन्छन्, ‘के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उनीहरुका अहिले कसैका काठमाडौँ, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ।'

उनी अहिले उमेरले ४९ वर्षको भए। पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको उनी बताउँछन्। हाल उनीसँग एक सयभन्दा बढी भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित आएका हुन्। उनी भेडाबाट वार्षिकरुपमा ६÷७ लाख आम्दानी हुने गरेको बताउछन्।  

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन्। हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन्। प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन्।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ÷सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरु बताउँछन्। बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस