हिमाली जिल्लाका उम्मेदवार भन्छन्: मतदाता भेट्नै गाह्रो, भोट दिन त फर्केलान्
१९ कार्तिक २०७९
•
४ मिनेट पाठ
हिमाली जिल्लाका उम्मेदवार भन्छन्: मतदाता भेट्नै गाह्रो, भोट दिन त फर्केलान्
हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङ। फाइल तस्बिरः नागरिक
हिमालपारिको जिल्ला मुस्ताङका प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रधारा विष्ट अहिले चुनावी प्रचारमा छन्। तर, आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेट्न विष्टलाई निकै नै हम्मेहम्मे भएको छ। मतदाता भेट्न घरघरमा पुग्दा ढोकामा ताल्चा लागेको उनले भेटेका छन्। त्यो पनि एकाध मतदाताका घरमा नभई अधिकांश मतदाताका घरका ढोकामा भोटेताल्चा लागेको फेला पारेपछि विष्टलाई तनाव छ।  




चिसो मौसम सुरु भएको छ। हिमाली भेगमा अहिलेसम्म खासै हिमपात नभएपनि चिसो भने बढेको छ। चिसो बढ्न थालेपछि हिमाली जिल्लाका माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल (पोखरा, काठमाडौं) झरेपछि गाउँ रित्तिदै गएको छ। घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाई सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको हो।  

‘मतदाता भेट्न घरमा जाँदा ढोकामा भोटेताल्चा झुन्डिएको फेला पा¥यौ। गाउँका बासिन्दा चिसो छल्न सहर झरिसकेका छन्, मतदान गर्न फर्किए त हुन्थ्यो,’ विष्टले भने, ‘मतदाता भेट्नै गाह्रो भयो। गाउँ रित्तै हुँदै जाँदा झनै चुनावका दिनसम्म त बचेखुचेका गाउँले पनि झर्ने त्रास भयो।’ चिसो बढे लगत्तै हिमाली भेगका बासिन्दाको बसाई सर्ने नियमित तालिका हो। कात्तिक लागेपछि हिमाली भेगका माथिल्लो क्षेत्रका बासिन्दा बसाई सरेर पोखरा, काठमाडौं, चितवन लगाउतका सहरमा झर्छन। कतिपय भारत पस्छन्। तल झरेका उनीहरु मध्ये केहीले घुम्ती व्यवसाय गर्छन भने भारत पसेका कतिपय रोजगारमा पस्छन्। कात्तिकमा तल झरेका उनीहरु चिसो कम हुँदै गएपछि फागुन लागेपछि मात्र गाउँ फर्किन थाल्छन्।

‘अहिलेसम्म ७० प्रतिशत जति मतदाता तल झरेका रहेछन्। चुनावमा भोट हाल्न गाउँ फर्केलान की भन्ने आशा छ,’ विष्टले भने, ‘मतदातालाई घर फर्किन पनि भनेका छौ। अहिले त मतदाताका घरमा ताला लागेको छ। भेट्न भनेर घरमा पुग्यो, घरमा ताला लागेपछि निराश भएर फर्किनुपरेको छ।’ मतदाताले निर्वाचनमा मत दिने आफ्नो अधिकार सम्झेर चुनावमा गाउँ फर्किनेमा आफु आशावादी रहेको उनले सुनाए।

‘भोट दिन त पक्कै फर्केलान। मतदाताले पनि आफुलाई जिम्मेवार ठान्छन होला,’ उनले भने, ‘मताधिकार उनीहरुको अधिकार पनि हो । त्यसैले मतदाताले आफैले आफुलाई जिम्मेवार ठान्नेछन् भन्ने विश्वास हो।’ मुस्ताङमा सबैगरि १० हजार ९ सय ५७ जना मतदाता रहेका छन्।  
मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ पनि गाउँ रित्तिदै गएको बताउँछन। उनका अनुसार गाउँका विद्यालय पनि बन्द भएका छन्। बन्द भएका विद्यालय पोखरा झरिसकेका छन्। मुस्ताङबाट पोखरा झरेका ती विद्यालयललाई पोखरामा घुम्ति विद्यालयको रुपमा संचालन गरिन्छ। कात्तिक लागेपछि विद्यालय तल झरेसँगै बालबालिकाका अभिभावक पनि गाउँ छाड्ने उनले बताए।

‘चुनावी प्रचारप्रसार उत्तिसारो देखिएको छैन। अहिलेसम्म गाउँका करिब ७५ प्रतिशत बासिन्दा तल झरिसकेका छन,’ उनले भने, ‘माथिल्लो क्षेत्र सुनसान बनिसकेको छ।’ उनका अनुसार माथिल्लो भेगमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाता अहिले तल झरिसकेका हुन्। ‘चिसोका कारण गाउँ छाडेका ती मतदाता चुनावमा भोट खसाल्न फर्केलान वा नफर्केलान भन्न सकिन्न। केही त फर्केलान, धेरैजसो फर्किदैनन,’ उनले भने, ‘अहिले त गाउँ नै सुनसान बनिसकेको छ। चुनाव आउन अझै केहीदिन बाँकी रहँदा गाउँ झनै सुनसान हुनेछ।’

यो सिजनमा अहिलेसम्म हिमपात नभएकोले गर्दा पनि केही अझै गाउँमै रोकिएको र हिमपात वा वर्षा भए गाउँमा रोकिएको धेरै गाउँले चुनावसम्म पनि पर्खिने अवस्था नरहने अध्यक्ष गुरुङले बताए। ‘भोट खसाल्न गाउँ फर्किन पर्छ अहिले हिमपात त भएको छैन। चिसो बढ्नासाथ मान्छे तल झर्ने हुन्,’ उनले भने, ‘हिउँ वा पानी प¥यो भने त रोकिएका अरु गाउँले पनि चुनावका दिनसम्म तल झर्नेछन्।’ गाउँमा अहिले धेरै हिडडुल गर्न नसक्ने वृद्धवृद्धा र केही बलिया युवा मात्र छन्। बालबालिकासँगै अधिकांश महिला तल झरिसकेको अध्यक्ष गुरुङले बताए।

अर्काे हिमाली जिल्ला मनाङमा भने अझैसम्म हिउँ नपर्दा गाउँमै मतदाता रोकिएका छन्। तर, पानी र हिउँ परेको खण्डमा रोकिएका मतदाता तत्कालै तल झर्ने मनाङको माथिल्लो भेग नार्पा भूमि गाँउपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए। ‘चिसो छल्न त झर्छन नै, अहिलेसम्म हिमपात नभएकोले पनि रोकिएका हुन्। तर, हिमपात भयो भने गाउँलेहरु घर छाड्न थाल्छन,’ उनले भने, ‘निकै नै कम संख्यामा अहिले मतदाता तल झरेका छन्। चिसो बढ्नासाथ अरु थपिने छन्।’  

चुनाव पनि परेको र हिउँ नपरेकोले अहिले मतदाता रोकिएको उनले बताए। ‘हिँउ प¥यो भने बसिसाध्य हुँदैन। त्यसपछि त नझरि सुखै हुँदैन,’ उनले भने। हिमाली भेगका कतिपय मतदाताको बसाई पोखरा, काठमाडौं लगायता सहरमा रहेकोले उम्मेदवारले ती मतदातालाई भेट्न सहरमै घरदैलो पनि गर्दै आएका छन्। नार्पा भूमिका करिब ५० जना मतदाता काठमाडौंमा रहेको उनले बताए।
अर्को समाचार
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
१७ मंसिर २०७९
•
२ मिनेट पाठ
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन्। व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।  




अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए।  

बोगटीसँग हाल ७० भेडा रहेका छन्। बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन्। उनीहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए। चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरु बताउँछन्।  

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, ‘भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ।’ थापासँग हाल ६० भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित सँगै बस्छन्।  

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ। उनी सुरुमा अरुको गोठालो भएर काम गर्थे। पछि उनी बिस्तारै आफैँ व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहहेका छन्। उनी भन्छन्, ‘के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उनीहरुका अहिले कसैका काठमाडौँ, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ।'

उनी अहिले उमेरले ४९ वर्षको भए। पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको उनी बताउँछन्। हाल उनीसँग एक सयभन्दा बढी भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित आएका हुन्। उनी भेडाबाट वार्षिकरुपमा ६÷७ लाख आम्दानी हुने गरेको बताउछन्।  

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन्। हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन्। प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन्।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ÷सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरु बताउँछन्। बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस