इटहरी, वैशाख १९ (नागरिक) - सुनसरी रामनगर भुटाहाको वस्तीमा सोमबार राति आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ। रामनगर भुटाहा-७ को वस्तीका १९ परिवारका ५५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आगलागीबाट घरसहित लत्ताकपडा, खाद्यान्न लगायतका सामान जलेको प्रहरी निरीक्षक खगड पौडेलले बताए। उनका अनुसार फदियाँ मियाँको गाईगोठबाट आगलागी शुरु भएको थियो। राति ११ बजे लागेको आगलागी तीनवटा वारुणयन्त्रले बिहान ३ बजे नियन्त्रणमा लिएको थियो।