उदयपुर प्रहरीले वन्यजन्तु मृग मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ चौदण्डीगढी नगरपालिका ५ जुटपानीका २८ वर्षीय वीरेन तामाङ र सोही ठाउँका ३६ वर्षीय राजकुमार तामाङ पक्राउ परेका हुन् ।
चौदण्डीगढी ५ कै सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा गएर मृग मारेर ल्याएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुर र सव डिभिजन वन कार्यालय सुन्दरपुरबाट गएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणम लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्थानीयले उजुरी गरेको आधारमा खटेको टोलीले घरमा खानतलासी गर्दा मृगको मासु भेटिएकाले उनीहरुलाई मासुसहित नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय सुन्दरपुरलाई बुझाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले दुवैमाथि वन्यजन्तु ऐन अनुसार कारबाही गर्न डिभिजन वन कार्यालयको जिम्मा दिने तयारी भईरहेको बताएका छन् ।