काठमाडौं, फागुन १४ (नागरिक) - विद्युत प्राधिकरणले भोलिदेखि लोडसेडिङलाई दैनिक एक घण्टा घटाएर सातामा ६८ घण्टामात्र गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार सातामा एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टामात्र लोडसेडिङ हुनेछ।
'कुलेखानीमा पानीको सञ्चिती निकै राम्रो अवस्थामा भएकोले लोडसेडिङ घटाउन लागेका हौं,' प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख चिरञ्जिबी शर्माले भने।
अहिले पनि कुलेखानीमा पानीको सतह बर्षाको भन्दा थोरैमात्र घटेको छ। पानीको संचिती प्रशस्त भएकोले आवश्यकता अनुसार कुलेखानीलाई चलाएर ९२ मेगावाट बिजुली निकाल्न थालिएकोले लोडसेडिङ घटाउन सहयोग मिलेको शर्माले बताए।
बढी बिजुली चोरी हुने ठाउँमा लोडसेडिङको अवधि बढाइएको छ। चुहावट नियन्त्रणका अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएकोले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।
गत सातामात्र प्राधिकरणले दैनिक एक घण्टाको दरले लोडसेडिङ घटाएको थियो। बिजुली चोरी हुने ठाउँमा भने दैनिक ५ घण्टासम्म थप लोडसेडिङ हुने तालिका प्राधिकरणको छ। औद्योगिक तर्फपनि प्राधिकरणले लोडसेडिङ दैनिक एक घण्टा घटाएको छ।