उदयपुर (बोक्से), भदौ २०- उदयपुरको रौता गाविसस्थित मुर्कुची बजार नजिकैको फापरबारी भन्ने स्थानबाट हत्कडीसहित सोमबार दिउसो फरार भएका एक अभियुक्तलाई प्रहरी पुनः पक्राउ गर्न सफल भएको छ। ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उदयपुरको नामेटार गाविस–२ निवासी २३ वर्षीय अमृत तामाङलाई नामेटारको जङ्गलबाट प्रहरीले सोमबार राति पुनः पक्राउ गरेको हो।
नामेटारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गाईघाट ल्याउने क्रममा तामाङ हत्कडीसहितको साङ्लो समाएका प्रहरीलाई हुत्याएर भाग्न सफल भएका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी निरीक्षक खगेन्द्र खड्काको टोलीले तामाङलाई पुनः पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए।
उप्रेतीका अनुसार काठमाडाँैमा ज्यान मार्ने उद्योगमा संलग्न भएका तामाङलाई प्रहरी चौकी झिल्के इनामेका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार शाहको नेतृत्वमा गएको प्रहरी टोलीले तामाङलाई हिजो बिहान घर नजिकैबाट पक्राउ गरेको थियो।
- रासस