दुईजनाको पिसिआर ‘नेगेटिभ’
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
दुईजनाको पिसिआर ‘नेगेटिभ’
जिल्लाबाट स्वाब नमुना पठाइएका २ जनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका फाकफोकथुम गाउँपालिका–२ का ३७ वर्षे युवक र उनीसँगै बिरामी कुरुवाका रूपमा आएकी ३५ वर्षीया युवतीको टिपोर्ट नेगेटिभ आएको हो ।  




अत्यधिक ज्वरो आएपछि युवकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । अस्पतालले मंगलबार उनीहरूको पिसिआर परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पतालमा स्वाब नमुना पठाएको थियो । गत फागुन २५ मा मलेसियाबाट आएको बताउने उनलाई रुघाखोकीको समेत लक्षण थियो । 

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले अहिलेसम्म जिल्ला अस्पतालले नमुना पठाएका यीबाहेक ६ जनामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । अस्पतालले यसअघि इलाम नगरपालिकाका ४ तथा सूर्याेदय नगर र सन्दकपुर गाउँपालिकाका १÷१ जनाको स्वाब नमुना पठाएको थियो ।  

जिल्लाका १० वटै स्थानीय तहमा बुधबारसम्म ५ सय ७८ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मा पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा ७८, सूर्याेदयमा ६८, देउमाईमा ५६ र माई नगरपालिकामा ७५ जनाको आरडिटी गरिएको थियो । यस्तै, चुलाचुली गाउँपालिकाका १६, माइजोगमाईका ३७, माङ्सेबुङका ७४, फाकफोकथुमका ७३, रोङका ८९ र सन्दकपुर गाउँपालिकाका १२ जनाको आरडिटी गरिएको थियो ।

भारतसँग सीमा जोडिएको इलाम जिल्लाका १० वटै स्थानीय तहका ३० क्वारेन्टाइनमा ४ सय २१ जनाको क्षमता छ । यी क्वारेन्टाइनमा अहिले ४ महिलासहित २१ जना बसिरहेको प्रशासनले जनाएको छ । होम क्वारेन्टाइनमा १ सय ६७ महिलासहित ९ सय ५५ जना छन् । इलाम अस्पतालको ९ बेड क्षमताको आइसोलेसनमा १ जनालाई राखिएको छ ।  

जिल्ला समन्वय समितिलगायत सरोकारवाला निकायले स्थानीय तहहरूमा थप २ हजार जना क्षमताको क्वारेन्टाइन तयार गर्न आग्रह गरेका छन् । सरोकारवालाको बैठकले गृह मन्त्रालयले जिल्लामा क्वारेन्टाइन अभाव भएको जनाएपछि क्षमता बढाउन आग्रह गर्ने निर्णय गरेको जिसस प्रमुख गणेशप्रसाद बरालले बताए । ‘क्वारेन्टाइनको व्यवस्थापनका लागि १ नम्बर प्रदेश सरकारसँग डेढ करोड रुपैयाँ बजेट माग गर्ने निर्णय पनि भएको छ,’ बरालले भने, ‘यहाँका स्वास्थ्य संस्थाका लागि विभिन्न स्वास्थ्य सामग्रीसमेत माग गरिएको छ ।’ 
अर्को समाचार
कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट
२३ साउन २०७७
•
२ मिनेट पाठ
कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट
सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २ सय रुपैयाँ छुट पाइने बिध ल्याबले जनाएको छ ।  




कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्यूनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीले जानकारी दिए ।

डिजिटल भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पिसिआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिने छ । 'अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ', उनले भने, 'यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट परीक्षण शुल्क भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासव्याक पाउनेछन् ।' 

नगद कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीको भनाइ छ । नगद कारोबार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पिसिआर परीक्षण गर्दै आएको छ । ल्याबले प्रतिनमूना चार हजार रुपैयाँमा कोरोना परीक्षण गर्दै आएको छ । अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना तीन हजार ८०० रुपैयाँ मात्र तिरे पुग्छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना पाँच हजार ५०० रुपैयाँ शुल्क लिएर कोरोना परीक्षण गर्दै आएको छन् ।

सो ल्याबले परीक्षणको नतिजा पनि छिटोछरितो रुपमा उपलब्ध गराइरहेको छ । “परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ”, सञ्चालक भण्डारीले भने । उक्त ल्याबले एक दिनमा चार हजार २०० नमूना परीक्षण गर्ने सक्ने बताइएको छ ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस