प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना र कपिलवस्तु नगरपालिकाका ८ जनामा कारोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको श्रीलङ्कन गेष्ट हाउसको क्वारेन्टिनमा राखिएका ९ जनामा कारोना पुष्टि भएको छ । उनीहरु केही दिन अघि भारतबाट लुकिछिपी नेपाल पसेका थिए । संक्रमितहरू १७ देखि ५० बर्षका छन । उनीहरू सबै लुम्बिनीकै हुन् । भारतबाट आएपछि उनीहरुलाई लुम्बिनी स्थित श्रीलङ्कन गेष्ट हाउसको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको स्वास्थ्य स्थित सामान्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले बताए । यससगै रुपन्देहीमा संक्रमितको संख्या १६ पुगेको छ ।
कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मी सहित ८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित सबै कपिलवस्तुको कपिलबस्तु नगरपालिकाका हुन् । तौलिहवा स्थित बुद्धपद उमाविको क्वारेन्टाइनका ६ र महेन्द्र प्राविमा रहेको क्वारेन्टाइनका एक र एक जना कपिलवस्तु अस्पतालका स्टाफ नर्समा कोरोना संक्रमण देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।
संक्रमित मध्ये ७ जना भारतबाट लुकिछिपी आएको प्रजिअ पौडेलले बताए । संक्रमितहरू कपिलवस्तु नगरपालिकाकै बिभिन्न वडाका १९ देखि ३६ बर्षका युवा छन् । संक्रमित २५ बर्षे युवती वडा नं १ कि हुन् । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
संक्रमितको सख्या बढेसंग कपिलवस्तु जिल्ला सोमबारदेखि नै सिल गरिएको छ । रुपन्देहीको सिमाावर्ती पालिकाहरू लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाइ, सम्मरीमाइ, मर्चवारीमाइ गाउपालिकामा एकपालिकाबाट अर्को पालिकामा जान रोक लगाइएको छ । भैरहवा–लुम्बिनी–तौलीहवा हुलाकी सडक पनि सिल गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । सिमानाका र सिमा क्षेत्रका गाँउपालिका सिल गरी आवतजावतमा रोक लगाइएको उनले बताए ।
कपिलवस्तु नगरपालिका–१ कि २५ बर्षे ती स्टाफ नर्स कसरी कोरोना संक्रमित भईन भन्ने कुरा अझै थाहा हुन नससेको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । गत शनिबार कपिलवस्तु नगरपालिकाबाट १ सय ३ जनको स्बाव परिक्षणकालागि पठाईएको थियो ।
त्यस मध्ये कपिलवस्तु अस्पतालका ५ स्वास्थ्यकर्मीको स्बाव समेत थियो । अस्पताल प्रशासनकै अनुरोधमा कपिलवस्तु अस्पतालका ५ जनाको स्वाब संकलन गरी पठाईएको भगतले बताए । संक्रमित स्टाफ नर्सलाई कपिलवस्तु नगरपालिका–२ स्थित महेन्द्र आधारभुत विद्यालयमा राखिएको रिपार्टमा देखाईए पनि उनी आफ्नै घरमा कोरेनटाईनमा बस्दै आएकी छिन् । अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लाले ती स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिए अस्पतलाका अन्य समेत क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आउन सक्ने बताए ।
भारतबाट भित्रिदै कोरोना
प्रदेश नंं ५ मा भारतबाट लुकिछिपि आउनेहरुबाटै कोरोना भित्रीरहेको छ । मंगलबार यो प्रदेशका दुइ जिल्लामा १७ जना कोरोना संक्रमित थपिएका छन । ती मध्ये १६ जना एक साता अघि अघि भारतबाट लुकिछिपि नेपाल पसेका थिए ।
संक्रमित मध्ये रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९ जना पाँच दिन अघि भारतबाट आएको खुलेको छ । उनीहरू मुम्बई र कानपुरबाट फर्केका हुन् । भारतीय सुरक्षाकर्मीहरूले नै उनीहरू ठाँउठाँउमा मालसाामान बोक्ने ट्रकमा चढाएर नेपालको सिमानाका सम्म पुग्न सहयोग गरेको तीनका आफन्तले बताएका छन् । वैशाख २५ र २६ गते लुम्बिनी स्थित सिमानाकाबाट लुकेरै नेपाल पसेका उनीहरूलाई लुम्बिनी स्थित श्रीलङ्कन गेष्ट हाउसको क्वारेन्टिनमा राखिएको थियो ।
रुपन्देहीमा मात्रै संक्रमितको संख्या १६ पुगेको छ । लुम्बिनीका ११ जना, कोटहीमाइका १ जना र सम्मरीमाइका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती सबै संक्रमित कोरोना फैलिरहेका भारतीय शहरहरू दिल्ली, बम्बई र कानपुरबाट लुकेर नेपाल पसेको ट्राभल हिष्ट्रि छ । सोमबार र मंगल भेटिएका १५ जना संक्रमित मध्ये ५ जनाले आफ्नो परिवार तथा आफन्त र साथीभाई समेत भेटेको बताइएको छ । यो नगरपालिकामा पछिल्ला चार दिनमा मात्रै २ सय ५९ जना भारतबाट फर्केका छन् । उनीहरू परिक्षणको दायरामा आएका छैनन् ।
शनिबार यता रुपन्देहीका बिभिन्न नाकाबाट सयौंको संख्यामा नेपालीहरू भारतका बिभिन्न शहरबाट लुकेर पसिसकेका छन् । त्यो क्रम आज सम्म पनि जारी छ । भारतका बिभिन्न शहरबाट लुकेर नेपाल पस्कनेको संख्या दुइ हजार बढी रहेको अनुमान स्वास्थ्यका अधिकारीले गरेका छन । तर कुनैपनि सरकारी निकायसंग अहिले सम्म यसबारे आधिकारिक तथ्याङ्क छैन । जसका कारण जोखीमयुक्त क्षेत्रबाट आएकाहरू परिक्षणको दायरामा आउन सकेका छैनन् । जसले समुदायलाई असुरक्षित बनाएको छ । त्यस्तै कपिलवस्तुमा अहिले सम्म देखिएका २९ जना संक्रमित मध्ये २८ जना भारतबाट पछिल्लो दश दिनयता लुकिछिपी नेपाल पसेका हुन् ।
कपिलबस्तुमा अहिले पनि करिब २ हजार जना भारतबाट लुकिछिपि पसेकाहरू परिक्षण बाहिरै रहेको बताइएको छ । सिमानाकामा १५ सय बढी अलपत्र परेको बताइएको छ । एक जना भने जिल्ला अस्पतालकै स्टाफ नर्स छिन । बाँकेमा कोरोना संक्रमण भित्र्याउने ६० बर्षे बुद्ध पनि दुइ महिना अघि भारतबाटै आएका हुन ।
भारत आफन्तको गएका भनिएका उनी नेपाल फर्कदा लकडाउन सुरु भइसकेकाले नेपालगञ्जकै महेन्द्र बहुमुखी क्याम्पसमा राखीएको ६ सय जनाको हुलबाट उनीपनि भागेको पाइएको छ । नेपालगञ्जमा उनैबाट समुदायमा कोरोना फैलिएको आशंका गरीएपनि अझै एकिन भने भइसेको छैन । नेपालगञ्जका अहिले सम्म संक्रमितको सख्या २४ छ ।
बर्दियामा संक्रमण देखिएकी ११ बर्षे बालिकालाइ भने कोबाट कोरोना सर्यो भने अहिले सम्म एकीन भइनसकेको बर्दिया प्रशासनले जनाएको छ । यो प्रदेशका ७० जना संक्रमित मध्ये ४४ जना भारतबाट लुकेर नेपाल पसेका छन । प्रदेशका ६ जिल्ला नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया भारतसंग सिमा जोडिएका जिल्ला हुन् । यी जिल्लाका सिमानाकाहरूमा अहिले पनि ५ हजार बढी नेपालीहरू अलपत्र परेको केही दिनमा उनीहरु वारी आउने सिमाका स्थानीय बताउँछन ।

प्रदेशका ७० जना संक्रमित मध्ये ४४ जना भारतबाट लुकेर नेपाल पसेका छन । प्रदेशका ६ जिल्ला नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया भारतसंग सिमा जोडिएका जिल्ला हुन् । यी जिल्लाका सिमानाकाहरूमा अहिले पनि ५ हजार बढी नेपालीहरू अलपत्र परेको केही दिनमा उनीहरु वारी आउने सिमाका स्थानीय बताउँछन ।जिल्ला अस्पतालकै स्टाफ नर्स संक्रमित