लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने
३० वैशाख २०७७
•
१० मिनेट पाठ
लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने
काठमाडौं- बन्दाबन्दी (लकडाउन) को अन्त्य भई जनजीवन सामान्य नबनेसम्म सबै सरकारी सेवाहरू पूर्ववत् रूपमा सुरु नहुने अधिकारीहरूले बताएका छन्। सरकारले लकडाउनको अन्त्य भएर जनजीवन सामान्य नबनेसम्म अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने भएको हो। सबै सेवाहरू पूर्ववत् रूपमा सुरु गर्दा यसले लकडाउनको पालना नभई स्थिति झनै असहज हुन सक्ने भन्दै सरकारले कम्तीमा ३३ प्रतिशत कार्यालय खोल्ने व्यवस्था गरेको हो। 




मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ सम्म लम्ब्याउने तर अत्यावश्यक र उत्पादनमुलक उद्योगहरू सञ्चालन गर्न दिने निर्णय गरेसँगै सबै सरकारी सेवा सञ्चालन हुने नहुनेमा अन्योल देखिएको थियो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले लकडाउनको अवधिमा अत्यावश्यक र आधारभूत सेवा प्रदान गर्ने कार्यालयहरू खुला रहने तर सबै सेवा सञ्चालन नहुने बताए। ‘अहिले कम्तीमा एकतिहाइ कर्मचारीलाई बोलाउने, त्यहीअनुसार पास उपलब्ध गराउने र बिस्तारै सहज बनाउँदै जाने भन्ने निर्णय भएको छ,’ सचिव गौतमले नागरिकसँग भने, ‘अहिले सबै कर्मचारी बोलाएर सबै कार्यालय खोलेर सेवा सुरु गर्दा स्थिति असहज हुन सक्छ, त्यसकारण पालो मिलाएर कम मान्छेबाट धेरै काम कसरी लिन सकिन्छ भन्ने तरिकाले काम गरिएको छ। ’

सचिव गौतमकाअनुसार सबै सेवा सुरु नभए पनि कर्मचारी भने नियमित रूपमा सम्पर्कमा रहनुपर्नेछ। उनले कोरोना रोकथाम, नियन्त्रण, उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारीहरू खटिएको बताउँदै आवश्यकता परे थप कर्मचारी खटाउन सकिने बताए। ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समितिहरू छन्, त्यहाँ कर्मचारीहरू प्रतिनिधिमुलक ढंगले रहेका छन्,’ उनले भने, ‘स्थानीय तहहरू हेर्नुभयो भने प्रशासकीय अधिकृतलगायत अधिकतर कर्मचारी फ्रन्टलाइनमा खटिइरहेका हुन्छन्, आवश्यकताअनुसार कर्मचारीलाई परिचालन गर्ने अधिकार कार्यालय प्रमुखलाई छ। ’

कर्मचारीलाई राहत, उद्धार र व्यवस्थापनमा खटाउनुपर्नेमा तलब दिएर घरमा किन राखेको ? भन्ने प्रश्नमा गौतमले अहिले आवश्यकताअनुसार कर्मचारी परिचालन गरिएको र कर्मचारीहरू कार्यालय प्रमुखको नियमित सम्पर्कमा रहेको र आवश्यकताअनुसार जुनसुकै बेला जहाँ पनि खटाउन सकिने बताए। ‘सबै कर्मचारीहरू कार्यालय प्रमुखको सम्पर्कमा छन्, आवश्यकता भएर बोलाउँदासाथ कर्मचारी उपस्थित भएर काम गर्नुपर्छ,’ उनले भने ‘बजेटको तयारीको काम भइरहेकाले मन्त्रालयहरूमा कार्यरत अधिकतर कर्मचारीहरू त आइरहेका छन्। अत्यावश्यकबाहेक सेवा अहिले नदिने भनिएको छ, आन्तरिक तयारीलगायत कामहरू भने भइरहेका छन्। ’

...
अर्को समाचार
लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने
२९ वैशाख २०७७
•
४ मिनेट पाठ
लकडाउन अन्त्य नभएसम्म सबै सरकारी कार्यालय नखुल्ने
काठमाडौं, - बन्दाबन्दी (लकडाउन) को अन्य भई जनजीवन सामान्य नबनेसम्म सबै सरकारी सेवाहरू पूर्ववत् रूपमा सुरु नहुने अधिकारीहरूले बताएका छन् । सरकारले लकडाउनको अन्त्य भएर जनजीवन सामान्य नबनेसम्म अत्यावश्यकबाहेकका सेवा प्रवाह नगर्ने भएको हो । सबै सेवाहरू पूर्ववत् रूपमा सुरु गर्दा यसले लकडाउनको पालना नभई स्थिति झनै असहज हुन सक्ने भन्दै सरकारले कम्तीमा ३३ प्रतिशत कार्यालय खोल्ने व्यवस्था गरेको हो । 




मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ सम्म लम्ब्याउने तर अत्यावश्यक र उत्पादनमुलक उद्योगहरू सञ्चालन गर्न दिने निर्णय गरेसँगै सबै सरकारी सेवा सञ्चालन हुने नहुनेमा अन्योल देखिएको थियो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले लकडाउनको अवधिमा अत्यावश्यक र आधारभूत सेवा प्रदान गर्ने कार्यालयहरू खुला रहने तर सबै सेवा सञ्चालन नहुने बताए । ‘अहिले कम्तीमा एकतिहाइ कर्मचारीलाई बोलाउने, त्यहीअनुसार पास उपलब्ध गराउने र बिस्तारै सहज बनाउँदै जाने भन्ने निर्णय भएको छ,’ सचिव गौतमले नागरिकसँग भने, ‘अहिले सबै कर्मचारी बोलाएर सबै कार्यालय खोलेर सेवा सुरु गर्दा स्थिति असहज हुन सक्छ, त्यसकारण पालो मिलाएर कम मान्छेबाट धेरै काम कसरी लिन सकिन्छ भन्ने तरिकाले काम गरिएको छ ।’

सचिव गौतमकाअनुसार सबै सेवा सुरु नभए पनि कर्मचारी भने नियमित रूपमा सम्पर्कमा रहनुपर्नेछ । उनले कोरोना रोकथाम, नियन्त्रण, उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारीहरू खटिएको बताउँदै आवश्यकता परे थप कर्मचारी खटाउन सकिने बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समितिहरू छन्, त्यहाँ कर्मचारीहरू प्रतिनिधिमुलक ढंगले रहेका छन्,’ उनले भने, ‘स्थानीय तहहरू हेर्नुभयो भने प्रशासकीय अधिकृतलगायत अधिकतर कर्मचारी फ्रन्टलाइनमा खटिइरहेका हुन्छन्, आवश्यकताअनुसार कर्मचारीलाई परिचालन गर्ने अधिकार कार्यालय प्रमुखलाई छ ।’

कर्मचारीलाई राहत, उद्धार र व्यवस्थापनमा खटाउनुपर्नेमा तलब दिएर घरमा किन राखेको ? भन्ने प्रश्नमा गौतमले अहिले आवश्यकताअनुसार कर्मचारी परिचालन गरिएको र कर्मचारीहरू कार्यालय प्रमुखको नियमित सम्पर्कमा रहेको र आवश्यकताअनुसार जुनसुकै बेला जहाँ पनि खटाउन सकिने बताए । ‘सबै कर्मचारीहरू कार्यालय प्रमुखको सम्पर्कमा छन्, आवश्यकता भएर बोलाउँदासाथ कर्मचारी उपस्थित भएर काम गर्नुपर्छ,’ उनले भने ‘बजेटको तयारीको काम भइरहेकाले मन्त्रालयहरूमा कार्यरत अधिकतर कर्मचारीहरू त आइरहेका छन् । अत्यावश्यकबाहेक सेवा अहिले नदिने भनिएको छ, आन्तरिक तयारीलगायत कामहरू भने भइरहेका छन् ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस