आज श्रीपञ्चमी
१६ माघ २०७६
•
६ मिनेट पाठ
आज श्रीपञ्चमी
काठमाडौं – हिन्दू धर्मावलम्बीहरूको महान् पर्व श्रीपञ्चमी बिहीबार (आज) विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ। वसन्त पञ्चमीका रूपमा समेत मनाइने यो पर्व हिन्दू पात्रोअनुसार हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्छ।




ऋग्वेदमा वाग्देवीका नामले कहलिएकी सरस्वतीको पूजा तथा उपासनाले सबै प्रकारका ज्ञान, सिप, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वासका साथ यस दिन पूजासँगै स–साना बालबालिकालाई अक्षरारम्भ गराउने चलनसमेत रहेको छ। खास गरी सिप र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायत सबैले आआफ्ना कला–साधनाका वस्तु किताबकापी, कलम, कुची, बाजागाजालगायत सामानलाई सरस्वतीको प्रतीकका रूपमा पूजाआजा गर्ने गर्दछन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्ने गरेको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।

सिप तथा ज्ञान सिक्न चाहने हरेक विद्यार्थीले यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गर्नुपर्छ र पवित्र आचरण र वाणीको संकल्प गर्दै सरस्वतीको पूजा गर्नुपर्छ। सरस्वतीको पूजामा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतै वस्त्र चढाउनुपर्ने विधान छ। प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डू, घिउ, नरिवल, सक्खर र मौसमअनुसारका फल चढाउनुपर्छ। बुद्धि र सफलताको कामनाका साथ तिलको तेल वा घिउमा भिजाइएका बत्तीद्वारा आरती गर्ने चलन छ।

सो क्रममा देवी सरस्वतीको अष्टाक्षर बीजमन्त्र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ १०८ पल्ट जपे विद्यासिद्धि हुने शास्त्रीय मान्यता रहेको छ। देवीलाई पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको उच्चारण गर्नु शुभ मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरी सरस्वतीलाई चढाइएका सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्नुका साथै चेतनाको ज्योति पैmलिन्छ भन्ने धार्मिक विश्वास रहेको प्राडा भट्टराई बताउँछन्। उनका अनुसार हिन्दू धार्मिक ग्रन्थमा विवाह, व्रतबन्ध, छोरीलाई गुफा राख्ने, बेलविवाहजस्ता परम्परागत तथा धार्मिक कार्य गर्न यस दिन साइत हेर्नु नपर्ने उल्लेख छ। साथै यस दिन ससाना बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ। यस दिन गाउँघरतिर किसानले गोरु सुमर्ने तथा दाउने चलन छ।

शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्ण भएकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, चार हात भएकी, ती हातमा क्रमशः वीणा, पुस्तक, स्फटिक माला र अभय मुद्रा प्रदर्शन गरिरहेकी तथा राजहंसमा सवार भनी सरस्वतीको वर्णन गरिएको छ। त्यस्तै, चन्द्रमाजस्तो गोरो वर्ण भएकी सरस्वतीका भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा महाविद्या, महावाणी, आर्या, कामधेनु, वेदगर्भा, धीश्वरी, भुवनेश्वरीलगायत नाम उल्लेख गरिएको छ र तिनै नामोच्चारण गरी पूजा गर्नुपर्ने बताइएको छ।

यस दिन भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा स्वर्गबाट सरस्वती आएर बास गर्छिन् भन्ने विश्वास गरिन्छ र सो ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विभिन्न विद्यालयबाट विद्यार्थी आउने गरेका छन्। त्यस्तै बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने चलन रहेको छ।

सरस्वती पूजनोत्सवको अवसरमा उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत सरस्वती मन्दिरहरूमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ। यसवर्ष यस वर्ष बिहीबार (गुरु बृहस्पतिकै बार) पञ्चमी तिथि परेकाले यो वर्षको सरस्वती पूजालाई विशेष रूपमा लिइएको छ।
अर्को समाचार
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
२१ माघ २०८१
•
१ मिनेट पाठ
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ।




काठमाडौंसहित जनकपुर, वीरगञ्ज लगायत देशभर नै श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति थियो। काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड थियो।

वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन्।

वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन्।

वसन्त ऋतुको सुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ। विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ।

आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ। आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतवन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरु बताउँछन्।

यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ। उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा हुने गर्दछ।

यो पनि पढ्नुहोस्

श्रीपञ्चमी : बालबालिकाको शिक्षारम्भ (फोटोफिचर)
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस