अब्बल बन्दै सामुदायिक विद्यालय
०२ कार्तिक २०७६
•
४ मिनेट पाठ
अब्बल बन्दै सामुदायिक विद्यालय
कञ्चजपुर– शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन। कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन्।

शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ विद्यार्थी सबै उत्तीर्ण भएका हुन्।

विद्यालयमा कक्षा १२ मा भर्ना भएका ७८ मध्ये ६१ले रजिष्ट्रेशन फार्म भरेका थिए। तीमध्ये परीक्षामा सहभागी ५६ मात्रै भएका छन्। 

उत्तीर्ण भएकामध्ये नियमिततर्फ २५ र सवलीकरणमा अन्य परीक्षार्थी उत्तीर्ण भएका विद्यालयका निमित्त प्रद्यानाअध्यापक वीरेन्द्रबहादुर सिंहले बताए।

तीन वर्षअघि आएको नयाँ विद्यालय व्यवस्थापन समितिको चुस्त व्यवस्थापन र शिक्षाको गुणस्तरका लागि खेलेको अथक प्रयासले सामुदायिक विद्यालयमध्ये यो विद्यालय अब्बल रहेको उनको भनाइ छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भने,‘हामी आउनुभन्दा अगाडि विद्यालय पूरै कर्जामा थियो, नौ लाख रुपैयाँ बढी रकम तिर्नुपर्ने थियो, निजी स्रोतमा कार्यरत शिक्षक न्यून तलबमा काम गर्दै आएका थिए।’

कर्जा पूरै तिरेर निजी स्रोतका शिक्षकको मनोबल बढाउन छ हजार रुपैयाँमा काम गर्ने शिक्षकको तलब २३ हजार पुर्याइएको उनले बताए। 

‘पुस्तकालय, कम्प्युटरको व्यवस्थासँगै, विज्ञान प्रयोगशालाको व्यवस्थाले विद्यार्थी र शिक्षकको दक्षता बढेको छ’ उनले भने, ‘सबै कारोवार बैंकमार्फत गर्न लगाइएपछि फजुल खर्च रोक्न सकिएको छ।’ विद्यालयमा खानेपानीसँगै छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यार्थी सङ्ख्यासमेत बढेको छ। 

विगतका वर्षमा विद्यालमा चार सयको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए। हाल विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार आएपछि विद्यार्थी सङ्ख्या बढेर ६३२ पुगेको छ। विद्यालय भर्ना हुनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढ्दो छ। 

यस्तै सोही नगरपालिकाको वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा समेत कक्षा ११ को परीक्षामा तीन दशमलव ४३ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पाँच रहेको छ। कक्षा १२ मा समेत तीन दशमलव १६ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या एक रहेको छ।

विद्यालयमा पठनपाठनका लागि जोड दिइएपछि निजीभन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अब्बल हुन थालेका विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए। 

विद्यालयमा पढ्दै आएका विद्यार्थीको उत्तीर्ण सङ्ख्या ७५ प्रतिशत रहेको उनले जानकारी दिए। विगतमा उत्तीर्ण सङ्ख्या ४० प्रतिशतको हाराहारीमा रहँदै आए पनि हाल दक्ष्य शिक्षकसँगै पठनपाठनका लागि राम्रो वातावरण कार्य गरिएपछि विद्यार्थीको उत्तिर्ण प्रतिशत बढ्दै जान थालेको उनले बताए। आवासीय विद्यार्थीका लागि छात्रवास निर्माण गर्ने विद्यालयको योजना छ। रासस
अर्को समाचार
अब्बल बन्दै सामुदायिक विद्यालय
३० चैत्र २०७५
•
१२ मिनेट पाठ
अब्बल बन्दै सामुदायिक विद्यालय
फाइल फोटो
काशीराम शर्मा

बाँके - सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ। बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन्।

खजुरा र बैजनाथलगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरीद गरेका छन्। कतिपय विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्।

जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ। खजुराको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटी तथा बैजनाथको जीगाउँस्थित प्रभात माध्यामिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेका छन्। आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छाडेर विद्यार्थी आदर्श माविमा भर्ना भएको जानकारी दिए। आदर्श माविले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाई शुरु गरेको छ। विद्यार्थीलाई विद्यालयसम्म सकुशल ल्याउन र घरसम्म पु¥याउनका लागि आदर्श माविले गत वर्ष बस खरीद गरेपछि यस वर्ष विद्यार्थीको सङ्ख्या झनै बढ्ने प्रअ सापकोटाको अनुमान छ। आदर्शलगायतका कतिपय विद्यालयले संस्थागत विद्यालयजस्तै पिङ, झुलालगायतका खेल सामग्री सामुदायिक विद्यालयमा राखिएका छन्।

बाँकेमा रहेकामध्ये धेरै सामुदायिक विद्यालयले हरेक वर्षको एसइईमा सतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएको तत्कालीन जिल्ला शिक्षा कार्यालयको रेकर्डले पनि देखाउँछ। बाँकेका कतिपय निजी स्कूललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ छ। कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको छ।

कतिपय सामुदायिक विद्यालयले शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पढाउने गरेका छन्। अहिले अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ। सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थीले सरकारी विद्यालयमा भर्ना हुन थालेको छ।

“हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौँ, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधारयुक्त छ, धेरै मिहिनेत गरेर पढाउँछौँ भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?” प्रधानाध्यापक सापकोटाले भने, “कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौँ।” अधिकांश नेपालीको आयस्तर न्यून छ। त्यसैले महङ्गो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ, उनले भने।

तर, विज्ञापन र प्रतिष्पर्धाले धेरै अभिभावक निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा अभिभावक रहेको बाँकेका सामुदायिक विद्यालयका शिक्षक बताउँछन्। राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिन्छ। किनकि सामुदायिक विद्यालयमा शैक्षिक शुल्क निजीको तुलनामा धेरै नै सस्तो भएको उनीहरुको भनाइ छ।

“बढी शुल्क लिने विद्यालय राम्रो हो कि भन्ने पर्छ तर त्यस्तो होइन, सामुदायिक विद्यालयले कम शुल्क लिएर पनि राम्रो अध्यापन गराइरहेका छन्। सामुदायिकमा तालीमप्राप्त शिक्षक बढी छन्”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका निमित्त प्रमुख उद्धव श्रेष्ठले भन्नुभयो, “त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था छैन।”

समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालीमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ, सामुदायिक विद्यालयबाट अध्ययन गर्नेहरू सरकारीलगायत जागिरका क्षेत्रमा बढी जाने गरेका छन्। लोकसेवा आयोगको पछिल्लो तथ्याङ्कअनुसार वर्षेनी करीब छ लाखको हाराहारी आवेदन पर्ने गरेको छ। त्यसमा पनि सामुदायिक विद्यालय पढेर उच्च शिक्षामा गएकाहरूकै बाहुल्यता छ। सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन्। समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीका लागि छात्रवृत्ति राख्ने गरिन्छ। त्यसबाहेक सरकारले नै तोकिदिएको करीब तीन प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदैछ। पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ। त्यही योजनाअन्तर्गत माध्यमिक तहमा हाल २४० विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ। तीमध्ये ६० भन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ। प्राविधिकअन्तर्गत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इञ्जिनीयरिङलगायतका विषय पढाइ हुन थालेपछि प्राविधिक विषय पढ्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त बन्न थालेका छन्।

प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नुपर्दैन। नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ। कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पाइन्छ। अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ। स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयले व्यवस्थापकीय कमजोरीलाई सुधार्दै गएका छन्।

आठौँले फेरियो ‘कोहलपुर क्रिकेट मैदान’

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट खेल बाँकेमा आयोजना हुने भएपछि कोहलपुर क्रिकेट मैदानको स्वरुप फेरेको छ। निर्माण घोषणा भएको डेढ दशकपछि प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले काँचुली फेरेको हो।

रु १५ लाख लागतमा चार पिच निर्माण गरिएको छ भने कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदान क्षेत्रमा तारजाली गरिनुका साथै शौचालय र ड्रेसिङरुम निर्माण गरिएको मैदान निर्माण तथा खेल सञ्चालन समितिका सदस्य दीपेन्द्र थापाले जानकारी दिए।

उहाँका अनुसार नगर विकास समिति कोहलपुर र उद्योग वाणिज्य सङ्घ कोहलपुरको संयुक्त लगानीमा मैदान क्षेत्रभित्र खेलाडीको अभ्यासका लागि प्राक्टिस पिचसमेत निर्माण गरिएको छ। घोषणा भएको लामो समयसम्म कुनै संरचना नबनेपछि अतिक्रमणको मार खेप्दै आएको मैदानमा आठौँ राष्ट्रिय खेलकूद आयोजना हुने भएपछि निर्माणमा गति लिएको हो।

आगामी वैशाख ४ गतेबाट कोहलपुर मैदानमा क्रिकेट खेल सञ्चालन हुने भएकाले मैदान मर्मतसँगै अन्य तयारी अन्तिम चरणमा पुगेको क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिए। उनका अनुसार मैदानमा घाँस काट्ने, रोलिङ गर्ने, पानी हाल्नेलगायतका काम भइरहेका छन्। विसं २०६० मा कोहलपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा निर्माण गर्न प्रस्ताव गरिएको थियो। सोहीबमोजिम तत्कालीन नगर विकास समितिले मैदान निर्माणका लागि चार बिघा १८ कठ्ठा १८ धुर जमीन उपलब्ध गराएको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस