शिक्षाबाट वञ्चित बालबालिका
३० भदौ २०७६
•
६ मिनेट पाठ
शिक्षाबाट वञ्चित बालबालिका
धनुषा - ‘बाबु इण्डिया, पञ्जाब गेल हैय। माई गिरहसके खेतमे काम करे, भोरे जाइछैय आ साझमे अबैय हैय। भाइ आ हम घरके रखबारी करैयछिय, पैरा तकैछि माईके।’ अर्थात् ‘बुबा इण्डियाको पञ्जाब गएका छन्, आमा साहुको खेतमा काम गर्न। आमा बिहानै जान्छिन्, साँझ आउँछिन्। घरको रेखदेख भाइ र म गर्दै छौं, आमालाई कुरेर बसेका छौं,’ जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित ढोकामा बसेर विद्यालय समयमा आमालाई पर्खिरहेकी ९ वर्षीय अञ्जली मल्लिकले भनिन्।




गरिबीले बाबु भारत, आमा दैनिक कामका लागि साहुको खेतमा जाने गर्दा घर कुरुवा भई दिन बिताउनुपर्ने बाध्यता छ, अञ्जली र उनका सात वर्षीय भाइ आकाश मल्लिकलाई। यही बाध्यताले लेख्न–पढ्न नपाएको उनको भनाइ छ। गरिबीको कहरका कारण बाबु–आमा दुवैलाई मजदुरीले डो¥याउँदा पढ्न नपाएको उनले भावुक हुँदै आफ्नो पीडा सुनाइन्। ‘म कहिले स्कुल जाने ? आमा कामबाट आएपछि कि बाबु पैसा कमाएर घर फर्किएपछि ?,’ उनले प्रश्न गरिन्, ‘स्कुल जाने रहर बुनेर बसिरहेकी छु। मेरो स्कुल जाने रहर कहिले पूरा हुन्छ ?’

बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ। ‘बा–आमा र मेरो रहर पनि पढ्ने लेख्न नै हो,’ उनले भनिन्, ‘तर, घर खर्च टार्नै गाह्रो छ। केले स्कुल पठाउने ? बा–आमाले। स्कुल जान पैसा चाहिन्छ। मेरो आमाबुबासँग पैसा छैन। बुबा ऋण तिर्न बिदेसिनुभएको छ।’

केही दिन विद्यालय गए पनि अभावै अभावमा विद्यालय जान मन नलागेको भन्दै परिवारको अवस्था सुधार भएपछि आफू पनि नियमित पढ्ने उनले बताइन्। ‘अरु साथी स्कुल जाँदा मलाई पनि जाऊँ–जाऊँ लाग्छ। लागेर मात्रै के गर्नु’, उनले भनिन्, ‘सरकारी विद्यालयले पनि पैसा माग्छ। बुबा पैसा कमाएर आएपछि म पनि विद्यालय जान्छु।’

अञ्जली र आकाश मल्लिक प्रतिनिधि पात्र मात्र हुन्। विपन्नताका कारण प्रदेश राजधानी उपमहानगरपालिकाभित्रै रहेको यस बस्तीका थुप्रै बालबालिका विद्यालय जानबाट रोकिएका छन्। कतिपय भर्ना भएका बालबालिकाहरू पनि विद्यालय जान सकेका छैनन्। आर्थिक अभावकै कारण छोराछोरी पढाउन नसक्दा आफ्नो जस्तो दुःख सन्तानले भोग्नुपर्ने बाध्यता देखिएको स्थानीय अरुण मल्लिकले बताए। भर्ना अभियानको बेला स्कुलमा भर्ना गरे पनि कापीकलम किन्ने पैसा नहुँदा बीचमै पढाइ छुटाउनुपर्ने बस्तीको साझा समस्या रहेको उनको भनाइ छ।

‘कोहीले गिट्टी फोड्छन्। कोही मजदुरी गर्छन्। कसैले भाँडा माझेर छोराछोरी पालेका छन्, त कोही ऋण लिएर। बस्तीमा सबैले जीविकोपार्जन गर्ने तरिका नै यही हो,’ उनले भने, ‘अरुका काम गर्दा दुई छाक टार्न मुस्किल हँुदा स्कुल भर्ना भए पनि यहाँका बालबालिका नियमित स्कुल जान सकेका छैनन्।’ सरकारको ध्यान यस बस्तीमा नपरेको गुनासो गर्दै सबैले टिपेर जान्छन्, तर, त्यसको प्रतिफल आफूहरूले केही पनि नपाएको उनले बताए। ‘सरकारले दिने निःशुल्क शिक्षा खै कहाँ छ ? हाम्रा गाउँमा आएको छैन,’ उनले भने, ‘भर्नाका लागि पैसा लाग्ने भएकाले धेरैले पैसा तिर्न नसक्दा छोराछोरी घरमै राख्नुपर्ने बाध्यता छ।’

आधारभूत तहसम्मको शिक्षालाई सरकारले निःशुल्क भने पनि सामुदायिक विद्यालय सञ्चालनका लागि सहयोग शुल्कका नाममा भर्ना र परीक्षा शुल्क उठाउँदा विपन्न बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरिरहेको बाल अभियान्ता सन्दीप महतोले बताए।

दलित, गरिब र विपन्न परिवारको बालबालिका अझै विद्यालय बाहिर ठूलै संख्यामा रहेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वीकार गरे। ‘विद्यालय भर्ना अभियान सञ्चालन भए पनि आर्थिक अवस्थाले कमजोर गरिब र विपन्नवर्गका बालबालिका विद्यालय पुग्न सकेका छैनन्,’ नागरिकसँग कुरा गर्दै मन्त्री साहले भने, ‘विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन सरकारी तथा गैरसरकारी संस्थामार्फत काम भइरहेको छ। बिस्तारै यो समस्या समाधान हुन्छ। प्रदेश सरकार योजनाबद्ध रुपमा बालश्रम हटाउन र शिक्षामा सबैको पहुँच बढाउन काम गरिरहेको छ।’

.........

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित डोम बस्तीमा गरिबीको कारण शिक्षाबाट वञ्चित बालबालिका। तस्बिर ः कमलेश÷नागरिक
अर्को समाचार
८४ हजार बालबालिका विद्यालयबाहिर
२० चैत्र २०७०
•
५ मिनेट पाठ
८४ हजार बालबालिका विद्यालयबाहिर
रौतहट– यहाँका ८४ हजार बालबालिका अझै विद्यालयको पहुँचमा छैनन्। सबै बालबालिकालाई विद्यालय पुर्‍याउन सरकारले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको भर्ना अभियान निष्प्रभावी हुँदा विद्यालय उमेर समूहका बालबालिका अझै शिक्षाबाट वञ्चित छन्।
सबैभन्दा कम साक्षरता रहेको जिल्लाका रूपमा परिचित रौतहटमा अझै ३६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको तथ्यांक छ।

मुख्य गरी दलित र मुस्लिम समुदायका बालबालिका शिक्षाको पहुँचमा नरहेको ग्रामीण विकास केन्द्रको अध्ययन निष्कर्षले उल्लेख गरेको छ। केन्द्र अध्यक्ष पारस हुसैनले अभिभावकमा पढाउनुपर्छ भन्ने चेतना अभाव र गरिबीका कारण भारतमा जोखिमयुक्त काममा पठाउनाले मुस्लिम बालबालिका विद्यालयशिक्षामा समेटिन नसकेको बताए।

जिल्ला शिक्षा कार्यालयको उदासीनताका कारण सरकारले बालबालिकालाई विद्यालय पुर्‍याउन कार्यक्रमबापत खर्चंदै आएको लाखौं रुपैयाँ त्यसै खेर गइरहेको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

२०६४ सालमा जिल्ला शिक्षा कार्यालयले दर्ता गराएका २ सय १४ वटा विद्यालय शिक्षकको झोलामा मात्रै सीमित छन्। तर, सरकारबाट विभिन्न बहानामा रकम भने बुझ्छन् । ‘यिनै कारणले भर्ना अभियान प्रभावकारी हुन नसक्दा बालबालिकाको भविष्य अन्योलग्रस्त छ,' गौर नगरपालिका–११ का सदानन्द झा भन्छन्।

सरकारी अभियानअन्तर्गत विद्यालयले जिशिकाको रोहबरमा गाउँगाउँमा चेतनामूलक र्‍याली, घरदैलो, पर्चा–पप्लेट वितरणलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ। एक त २ सय १४ विद्यालय दर्ता भएर पनि सञ्चालनमा छैनन्, बाँकीले पनि चेतनामूलक कार्यक्रम चाहिनेजति गर्दैनन्।

भर्ना, प्रौढ शिक्षालगायत कार्यक्रम प्रभावकारी नहुँदा राष्ट्रिय जनगणना ०६८ मा रौतहट देशकै सबैभन्दा कम साक्षर जिल्ला ठहरिएको थियो। घरछेउमै विद्यालय रहेका दलित बालबालिकासमेत पढाइबाट वञ्चित छन्। गौर नगरपालिका मुसहरटोल र ढागरटोलका बालबालिका बिहान–बेलुकी विद्यालयको चौरमै खेल्छन्, दिउँसो पढ्नचाहिँ जाँदैनन्। घरनजिकै भगवती प्राथमिक विद्यालय रहे पनि ढाँगर टोलका सबै बालबालिका निरक्षर छन्।

सदरमुकाम गौर नगरपालिकाभित्रै एक हजार बढी बालबालिका विद्यालयबाहिर रहेको ग्रामीण विकास केन्द्रले जनाएको छ। देशकै सबैभन्दा बढी मुस्लिम रहेको जिल्लाका रूपमा चिनिन्छ रौतहट। यो समुदायमा बालबालिका पढाउने प्रवृत्ति विकास हुन नसकेको मुस्लिम अगुवा मकसुद आलमले बताए। उनका अनुसार सानैदेखि घरायसी काममा लगाइने मुस्लिम बालबालिकालाई किशोर हुँदानहुँदै श्रमका लागि दिल्ली, मुम्बई, कोलकातालगायत भारती सहरमा पठाइन्छ। जिल्लाका ५० हजारभन्दा बढी किशोर तथा युवक भारतमा छन्। ‘यस्तो अवस्थामा मुस्लिम समुदायले छोरीलाई विद्यालय पठाउने कुरा त झनै जटिल छ,' केन्द्र अध्यक्ष हुसेन भन्छन्।

जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई भने विद्यार्थी भर्नालगायत शैक्षिक सुधारका कार्यक्रम यथेष्ट भइरहेको बताउँछन्। ४२ हजार बालबालिका मात्र विद्यालयबाहिर रहेको दाबी गर्छन्। ‘कागजमा मात्रै सञ्चालित विद्यालयलाई अख्तियार र जिशिकाले कारबाही अघि बढाइसकेको छ,' उनले भने, ‘अब अवस्था सुध्रन्छ।' ५ सय ५ विद्यालयसंख्या रहेको जिल्लाका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन यो शैक्षिक सत्रदेखि कार्यक्रमलाई अझ प्रभावकारी बनाइने शिक्षा कार्यालयले जनाएको छ।



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस