पोखरा, असार ८ (नागरिक)- सराङकोटबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस सोमबार बिहान दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने तीन दर्जन घाईते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा कास्कीकोट-१ की ६० वर्षिय अनुरुपा खड्का रहेको प्रहरीले जनाएको छ । ग १ ख ३१२३ नम्बरको उक्त बस सराङकोटको ओह्ललो सडकमा बिहान करिब ११ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनाका घाईतेको पश्चिमाञ्चल क्षेत्रीय र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर छ । घाईतेमध्ये अधिकांश महिला र बालबालिका छन् ।
क्षमता भन्दा बढी यात्रु बोकेको बस चिप्लिएर दुर्घटना भएको र करिब १ सय फिट तल खसेको प्रहरीले जनाएको छ। घाइतेका अनुसार बसमा करिब ७० जना यात्रु थिए। घाइते यात्रुको हातखुट्टा टाउको अनुहारमा चोट लागेको छ । बस चालक प्रहरी नियन्त्रणमा छन्।
एकैपटक धेरै घाइतेलाई उपचारार्थ क्षेत्रीय अस्पताल लगेपछि अस्पतालमा शैया अभाव भएको थियो। शैया अभाव हुँदा बिरामीलाई भुईमै राखेर उपचार गरिएको थियो।