जेष्ठ नागरिकलाई लौरो उपहार
०१ असार २०७६
•
३ मिनेट पाठ
जेष्ठ नागरिकलाई लौरो उपहार
छथर गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई लौरो उपहार प्रदान । तस्बिरः भगिश्वर/नागरिक
तेह्रथुम– जिल्लाका दुर्गम गाउँका जेष्ठ नागरिकहरु अझै स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै छथर गाउँपालिकाले घरघर पुगेर स्वास्थ्य परिक्षण र लौरो उपहार वितरण गरेको छ। जेष्ठ नागरिकहरुको साहाराको रुपमा छथर गाउँपालिकाले नेपालमै नमुना कार्यक्रम लौरो उपहारमार्फत स्वास्थ्य परिक्षण र लौरो प्रदान गरेको हो।

गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुको घरघरमा पुगेर निशुःक स्वास्थ्य जाँच औषधि वितरणका साथै गाउँपालिका साथी लौरो उपहार दिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताए। उनका अनुसार जेष्ठ नागरिक संघ छथर शाखाको आयोजनामा भएको कार्यक्रममा बस्नेतको स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार दिइएको हो।

पहिलो पटक छथर गाउँपालिकाकै जेष्ठ नागरिक १ सय ७ वर्षका टेकबहादुर बस्नेतको स्वास्थ्य जाँच गरि औषधि वितरणका साथै लौरो उपहार प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गाउँकार्यपालिका सदस्य, वडा सदस्यहरुको नेतृत्वमा स्वास्थ्यकर्मीसहित स्वंमसेवकहरुको टोलीले घरैमा सेवा दिने गाउँपालिकाले जनाएको छ। छथर गाउँपालिकाको चाहाना, सु–स्वस्थ्य र दिर्गायुको कामना भन्ने मुल नाराका साथ गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई घरैमा स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार कार्यक्रम सुरु भएको गाउँपालिका उपाध्यक्ष तारा खरेलले बताइन।

आर्थिक वर्ष ०७५/७६ मा १० लाख रुपैयाँ रकम विनियोजित भएको रकमबाट कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता राजन नेपालीले बताए। असार १ गते गाउँपालिकाको वडा नम्बर १ बाट नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका साथै लौरो उपहार दिईने भएको स्वास्थ्य शाखाका सन्जिव रसाइलीले जानकारी दिए।

गाउँपालिकामा रहेको ९ सय २८ जना नागरिकहरुलाई घरैमा पुगेर सेवा दिने तयारी पुरा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले गत वर्ष पनि जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य परिक्षण सेवा दिएको थियो।
अर्को समाचार
७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार
२३ असार २०८०
•
२ मिनेट पाठ
७५ नाघेका जेष्ठ नागरिकलाई लौरो  र थर्मस उपहार
म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ। वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो। जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान तथा समस्याका बारेमा जानकारी लिने अभियान अन्तरगत भेटघाट तथा सहयोग हस्तान्तरणमा वडा अध्क्ष चक्र केसी, सदस्यहरू झलक विक, गंगा पूरी, शारदा विक र वडा सचिव रमेश जिसीले उक्त सामग्री प्रदान गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भएपनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वडा अध्यक्ष केसीले बताए। ‘जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाउनुभएको छ,‘हामीले सिमित बजेटबाट नियमित उहाँहरुसँग जोडिने प्रयास गरेका छौ’ वडा अध्यक्ष केसीले भने। उनले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज विकास र सुधारमा महत्वपूर्ण भुमिका पुग्ने भएकाले आगामी दिनमा उक्त कार्यक्रमलाई समेत प्राथमिकता दिने बताए।  

वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या धेरै भएकाले यसपटक ७५ बर्ष नाघेकालाई वितरण गरिएको र आगामी बजेटमा  ६० देखि ७४ बर्ष उमेरकालाई समेत विभिन्न कार्यक्रमहरुमार्फत समेट्ने बताए। सहयोग हस्तान्तरण कार्यक्रममा ढोल्टानकी ८७ बर्षिया फिस्टी शाहीले बुढेशकालमा पाएको लौरो र थर्मससँगै भत्ता समेत घरदैलोमै आएर उपलब्ध गराउन अनुरोध गरिन् । उनीजस्तै ८० बर्षका डण्डे विक, तोरिपानीका ९३ बर्षिय चुडामण्री उपाध्याय, ९३ बर्षिय टेकबहादुर बानियाँले जेष्ठ नागरिकलाई भजन कृतन गर्ने मनोरञ्जन स्थल निर्माण गर्न समेत अनुरोध गरेका थिए। टोलटोलमा पुगेर सहयोग हस्तान्तरण गर्दा जेष्ठ नागरिक निकै उत्साहित देखिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस