मापदण्ड मिचेर खोला उत्खनन
३० जेष्ठ २०७६
•
७ मिनेट पाठ
मापदण्ड मिचेर खोला उत्खनन
महोत्तरी र धनुषाको सीमा क्षेत्रमा रहेको रातु खोलामा अवैध तरिकाले गिट्टी, बालुवा उत्खनन हुँदै। तस्बिरः कमलेश ठाकुर/नागरिक
धनुषा– प्रदेश २ स्थित चुरे क्षेत्रमा खुलेआम अवैध उत्खनन भइरहेको छ। बुधबार प्रदेशसभाको अनुगमन समितिले महोत्तरीको बर्दिबासबाट अवैध उत्खनन गरिरहेको एक दर्जनभन्दा बढी ढुवानीका साधन नियन्त्रणमा लिएको छ। स्थानीय सरकार र प्रहरीको आँखा छल्दै क्रसर माफियाहरुले चुरे सखाप गरिरहेको स्थानीयवासी बताउँछन्।




बुधबार प्रदेशसभाअन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन तथा अनुगमन समितिले अनुगमन गर्दा क्रसर व्यवसायीहरुले मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गरी गिट्टी, बालुवा उत्खनन गरिरहेको पाइएको हो। व्यवसायीहरुले धनुषा, महोत्तरी र सिरहाको चुरे क्षेत्रमा मापदण्ड मिचेर  गिट्टी, बालुवा उत्खनन गरेको पाइएको हो। व्यवसायीहरुले ३० फिट तलसम्म गिट्टी, बालुवा उत्खनन गरेको पाइएको छ। समितिले धनुषा र महोत्तरीका खोलाहरुमा गरेको अनुगमनमा  क्रसर व्यवसायीहरुले अवैध तरिकाले उत्खनन गरेको देखिएको हो।

चुरे क्षेत्र दोहन गर्दै व्यवसायीहरुले गिट्टी, बालुवा उत्खनन गरेका छन्। अनुगमन समिति धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको कमला खोलामा पुग्दा व्यवसायीहरुले जताततै उत्खनन गरिरहेका थिए। समितिलाई देखेपछि व्यवसायीहरुको भागाभाग भएको थियो। मापदण्डको  धज्जी उडाउँदै खोलाको पानी सतहमै उत्खनन गरिरहेका तीन टिपर र दुई लोड गर्ने डोजरसहित पाँच साधन  समितिले प्रहरीलाई जिम्मा लगाएको छ। २०७० सालदेखि लागू भएको नयाँ मापदण्डअनुसार कुनै पनि क्रसर उद्योगले शर्त पूरा गरेका छैनन्।

मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग र खोला किनारबाट ५ सय मिटरको दूरीमा हुनुपर्छ। तर, धनुषा र महोत्तरीमा अधिकांश क्रसर राजमार्ग र खोलाकै छेउमा रहेको छ। शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको स्थान, सुरक्षा निकाय, वन निकुञ्ज, आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा हुनुपर्छ। तर, गणेशमान चारनाथ नगरपालिकामा विद्यालय नजिकै एक क्रसर उद्योग सञ्चालनमा रहेको स्थानीय भगत मण्डलले बताए। ‘क्रसर व्यवसायीहरुले स्थानीय सरकारको मिलोमतोमा प्राकृतिक सम्पदा विनाश गर्न खोजेको छ,’ उनले भने, ‘दादागिरी शैलीमा वर्षौंदेखि क्रसर चलाउँदै आएको छ।’ नगरका प्रमुख रामबाबु यादवलाई लक्षित गर्दै उनले मेयरले नै मापदण्डविपरीत क्रसर चलाएको उनले दावी गरे। ‘यस क्षेत्रमा चुरे दोहनले स्थानीय गाउँमा पानीको हाहाकार नै छ,’ उनले भने, ‘यसरी नै चुरे दोहन भइरह्यो भने वर्षायाममा गाउँ नै डुबानमा पर्छ।’

यस्तै, महोत्तरी र धनुषाको सीमाक्षेत्रमा रहेको रातु खोलामा गिट्टी, बालुवा उत्खनन गर्नेहरुको बिगबिगी देखिएको थियो। खोलामा एक किलोमिटरभन्दा बढी दूरीसम्म टिपरमा लोडरहरुले धमाधम लोड गर्दै थिए। अनुगमन टोली पुग्दा त्यहाँ पनि भागाभाग भएको थियो। सयौंको संख्यामा गाडी देखिए पनि समितिले प्रहरी अभावमा ५ लोडरसहित एक दर्जन सवारी नियन्त्रणमा लिएर  प्रहरीलाई बुझाएको छ।

प्राकृतिक श्रोत तथा वातावरण संसदीय समितिका सभापति रामचन्द्र मण्डलको नेतृत्वमा गएको टोली रातुखोलामा पुगेपछि ५ दर्जनभन्दा बढी स्काइभेटर र टिपर प्रयोग गरी धमाधम उत्खनन भइरहेको थियो। समितिले उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी बोलाएको थियो। तर, प्रहरी समयमा नआउँदा झण्डै ४ दर्जनभन्दा बढी टिपर र स्काभेटर भाग्न सफल भए । रातु नदीबाट ९ वटा टिपर, २ वटा लोडर र २ वटा स्काइभेटर गरी १३ वटा उपकरण, कमला नदीबाट ३ वटा टिपर र एउटा स्काभेटर गरी ४ वटा उपकरण नियन्त्रणमा लिएर प्रहरीलाई कारबाहीको लागि जिम्मा लगाएको समितिले जनाएको छ। अवैध उत्खननको बेला नियन्त्रणमा लिइएका उपकरण कारबाही गरेर छाडिने नेकपाका प्रदेश समितिका सभापति रामचन्द्र मण्डलले बताए।

‘यसअघि पनि हामीले रातु खोलालगायत विभिन्न खोलाको निरीक्षण गर्यौं। फेरि आज आउँदा यहाँको विचित्र अवस्था देखिँदैछ,’ सभापति मण्डलले भने, ‘रातु खोलामा चरम उत्खननले बर्दिबास बजारलगायत वरपरका बस्ती निकै जोखिममा छ। खोलामा करोडौं बजेट लगाएर गरिएको तटबन्ध पनि बाढीले भत्काउँछ। यसलाई नियन्त्रण गर्न आवश्यक छ, छिट्टै नियन्त्रण हुन्छ।’निरीक्षणमा प्राकृतिक श्रोत तथा वातावरण संसदीय समितिका सचिव शान्ति प्रसाईं, सदस्यहरु प्रदेश सांसद कौशल यादव, विकी यादव, मनोज यादव र सन्तमाया मोक्तान र प्रदेश सांसद जगत यादवलगायत टोलीमा थिए।
अर्को समाचार
मापदण्ड मिचेर खोला उत्खनन्
०६ मंसिर २०७१
•
५ मिनेट पाठ
मापदण्ड मिचेर खोला उत्खनन्
विराटनगर- सरकारी मापदण्ड लत्याउँदै क्रसर उद्योगले मोरङका खदम र चिसाङ खोला पाँच मिटरसम्म गहिर्यााएर बालुवागिट्टी उत्खनन गरेको भेटिएको छ। जिल्लास्थित प्राकृतिक स्रोतसाधन समितिले खोला बढीमा डेढ मिटरसम्म उत्खनन गर्न सकिने मापदण्ड तोके पनि क्रसर उद्योगले टेरेका छैनन्।जिल्ला विकास समितिको प्राविधिकसहितको टोलीले बिहीबार यी दुवै खोलामा प्राकृतिक स्रोतको चरम दोहन गरिएको ‘रिपोर्ट’ ल्याएपछि एलडिओ नारायण मैनालीले शनिबार आफैं खोलाको अनुगमन गरेका हुन्। समितिले मोरङका खोलामध्ये आठ स्थानबाट मात्र बालुवा–गिट्टी झिक्न अनुमति दिएको छ। तर, ठेकेदारले क्रसर उद्योगलाई २० स्थानमा उत्खनन अनुमति दिएर पैसा असुलेको पाइएको छ। ‘ठेकेदारको बदमासी त छँदैछ,’ अनुगमन टोलीका एक सदस्यले भने, ‘जथाभाबी बालुवा–गिट्टी उत्खनन भइरहँदा पनि जिल्ला विकास समिति र स्थानीय प्रशासन चुप छन्।’
खोला जथाभाबी उत्खनन गर्ने क्रसर उद्योगलाई ‘लगाम’ लगाउन जिल्ला प्रशासन कार्यालयले तोकेका मापदण्ड ठेकेदार र क्रसर व्यवसायीले कागजमै सीमित पारिदिएका छन्। बिहीबार अनुगमन क्रममा जिविस प्राविधिकसहितको टोलीले खदम र चिसाङ खोलामा हेभी इक्विपमेन्ट प्रयोग गरेर ढुंगागिट्टी निकालिएको रंगेहात फेला पारेको थियो।। ‘खोला खोतलेर ठाउँठाउँमा पोखरीजस्तै बनाइदिएको छ,’ जिविस सर्वदलीय संयन्त्र संयोजक ज्ञानेन्द्र ढकालले नागरिकसँग भने, ‘त्यहाँको दृश्य देख्दा मापदण्ड जनता झुक्याउन मात्र बनाएजस्तो देखिन्छ।’ 
सिडिओ अध्यक्ष रहेको प्राकृतिक स्रोतसाधन समितिले खोलाको सतहबाट डेढ मिटर गहिराइसम्म मात्र ढुंगागिट्टी झिक्न पाउने मापदण्ड बनाएको थियो। ठेक्का दिनुअघि बनाइएको यो सरकारी मापदण्डमै सर्तनामा गराएर जिविसले ६ करोड रुपैयाँमा ठेकेदार भीम पौडेललाई मोरङका खोला सुम्पेको थियो। तर, क्रसर व्यवसायीले हेभी इक्विपमेन्ट प्रयोग गरी पाँच मिटर गहिराइसम्म खोतलेर ढुंगा–गिट्टी झिकिरहेको जिविसको पछिल्लो रेकर्डमा उल्लेख छ। 'खदम खोलामा पाँच मिटरसम्म गहिरो हुने गरी ढुंगा–गिट्टी झिकिएको छ,’ ढकालले भने, 'बालुवा–गिट्टी जति गहिरोसम्म भेटिन्छ, पूरै सोरसार पारिएको छ।’
जिविस सर्वदलीय संयन्त्रले पनि प्राकृतिक स्रोतसाधन चरम दुरुपयोग भइरहेको जानकारी एलडिओ मैनालीलाई गराइसकेको छ। खदम खोलाबाट जथाभाबी बालुवा–गिट्टी झिक्दा नहरहरू क्षतिग्रस्त भएको र मुहान गहिरो बन्दै गएकोमा स्थानीय चिन्तित छन्। केराबारी गाविसका २, ३, ५, ६, ७ र ८ नम्बर वडाका स्थानीयले जथाभाबी खोला उत्खननले नहरका संरचना नै विलय हुने अवस्था आएको भन्दै जिल्ला विकास समितिलाई ध्यानाकर्षण गराएको स्थानीय टेकबहादुर थपलियाले बताए। उनका अनुसार १२ सय बिघा सिँचाइ हुने सातवटा पैनी क्रसर उद्योगले नष्ट पारिसकेको छ।
शनिबार आफैं अनुगमनमा पुगेका एलडिओ मैनालीले उद्योगले मापदण्ड मिचेर खोलाबाट बालुवा–गिट्टी झिकेको स्विकारे। उनले खदम खोलाका केही ठाउँ निकै गहिर्यादएर उत्खनन गरिएको जनाए। ‘खोलामै पुगेर हेर्दा अलि बढी नै खनेको देखियो,’ एलडिओ मैनालीले नागरिकसँग भने, ‘मापदण्डअनुसार काम गर्न ठेकेदारलाई पत्र काट्दै छौं।’ बालुवा–गिट्टी खोतल्न खोलाको गहिराइ बढाइरहेका क्रसर व्यवसायीलाई त्यसो नगर्न जिविसले आइतबार पत्र काट्दै छ। ‘चार दिनभित्र सरकारी मापदण्डअनुसार बालुवा–गिट्टी उत्खनन गर्न समय दिएका छौं,’ मैनालीले भने।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस