ललितानिवासको जग्गा धितो राखेर कर्जा
२८ चैत्र २०७५
•
९ मिनेट पाठ
ललितानिवासको जग्गा धितो राखेर कर्जा
काठमाडौं - सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ।

ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो। सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरूले प्रवाह गरेको कर्जा रकम के हुन्ने भन्ने अन्योल देखिएको छ।

ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा उक्त सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएका छन्।

स्रोतले उपलब्ध गराएको विवरणअनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, जग्गा हडप्ने योजनाकारमध्येका रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल, भाटभटेनी डेभलपमेन्ट प्रालिलगायत व्यक्ति तथा संस्थाले ललितानिवासको जग्गा धितो राखेका छन्। यसरी बैंकहरुबाट लिएको ऋण चुक्ता भए–नभएको तथा कुन–कुन प्रयोजनका लागि कर्जा लिइएको भन्ने विषयमा पनि छानबिन भइरहेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा सरकारी ललितानिवासको हडपिएको जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएका छन्।

‘तत्कालीन भोगाधिकारी हुँदै व्यापारी तथा माफियाका नाममा मालपोत कार्यालयबाट गैरकानुनी रुपमा स्वामित्व हस्तान्तरण गरिएको जग्गा धितो राखेर विभिन्न व्यक्ति तथा संस्थाले बैंकबाट कर्जा लिएको देखिन्छ,’ स्रोत भन्छ, ‘कर्जा प्रवाह गर्ने केही बैंकको नाम खुलेको छ, यसबारे विस्तृत अनुसन्धानपछि मात्रै यकिन विवरण आउने छ।’

ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीले ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान जारी रहेकाले कर्जा प्रवाह वा बेचविखनमा क–कसको संलग्नता भन्नेबारे अहिले नै बोल्न नमिल्ने बताए। अनुसन्धानले पूर्णता पाएपछि कसुरमा संलग्नको विवरण बाहिर ल्याउने उनले बताए।

व्यक्ति र संस्थाका नाममा बनाइएको ललितानिवासको जग्गा पुनः सरकारको स्वामित्वमा ल्याउने निर्णय फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम हडपिएको एक सय १३ रोपनी तीन आना जग्गा मालपोत कार्यालय डिल्लीबजारले रोक्का गरिसकेको छ। रोक्का जग्गा सरकारी स्वामित्वमा आए उक्त जग्गा धितो सकारेर बैंकहरूले प्रवाह गरेको कर्जा कसरी असुली हुने भन्ने अन्योल देखिएको स्रोतले बतायो।

बैंकहरुबाट कति कर्जा प्रवाह भएको छ भन्ने पूरा विवरण नखुले पनि ललितानिवासको जग्गा धितो राखेर लिएको ऋण विभिन्न व्यापारी र माफियाले अन्य स्थानमा जग्गा खरिद, व्यापार÷व्यवसाय सञ्चालनलगायतमा लगानी गरेको हुनसक्ने अनुसन्धान स्रोतको भनाइ छ।

२०२१ मंसिर १५ गते सरकारले मुआब्जा दिएर राणा परिवारका ६ वटा दरबार अधिग्रहण गरेको थियो। त्यसबेला पूर्वप्रधानमन्त्री सुवर्णशमशेरको स्वामित्वको ललितानिवाससहित २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा पनि मुआब्जा दिएर अधिग्रहण गरिएको थियो। त्यसमध्ये १ सय १३ रोपनी तीन आना मालपोतका कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारीको मिलेमतोमा २०४९ सालमा व्यक्तिका नाममा बनाइएको थियो।

६ वटा दरबारको एक हजार दुई सय ९८ रोपनी अधिग्रहण

५४ वर्षअघि सरकारले तत्कालीन भोगाधिकारीलाई आकर्षक मुआब्जा दिएर ६ वटा दरबार र तिनले चर्चेको जग्गा अधिग्रहण गरेको खुलेको छ।

तत्कालिन श्री ५ को सरकारका सचिव सरदार विष्णुमणि आचार्यका तर्फबाट २०२१ मंसिर १७ गते नेपाल गजेट (भाग ३) मा प्रकाशित विवरणअनुसार राजकाज अभियोग लागेका सुवर्णशमशेर, उनका छोरा कञ्चनशमशेर र भरतशमशेरको स्वामित्वमा रहेको ललितानिवाससहित उपत्यकाका ६ वटा दरबार र तिनले चर्चेको जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको थियो।

नेपाल गजेटमा प्रकाशित विवरणअनुसार जग्गा प्राप्ति ऐन २०१८ अनुसार सरकारले नक्सालको महावीर भवन (हाल प्रहरी प्रधान कार्यालय) ले चर्चेको १ सय ५४ रोपनी चार आना दुई पैसा, पुल्चोकस्थित हरिहर भवन र त्यसले चर्चेको दुई सय ४० रोपनी एक आना दुई पैसा, नक्सालस्थित सीता भवन (हालको बालमन्दिर) र त्यसले चर्चेको १ सय १९ रोपनी १२ आना ती पैसा जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको थियो। त्यसैगरी महाराजगन्जस्थित लक्ष्मीनिवास (हाल भैरवनाथ गण) ले चर्चेको दुई सय ५८ रोपनी १४ आना, बालुवाटारस्थित ललितानिवास (हाल प्रधानमन्त्री निवाससहित) ले चर्चेको दुई सय ८४ रोपनी १४ आना ३ पैसा तथा बबरमहल र त्यसले चर्चेको दुई सय ४० रोपनी पाँच आना तीन पैसा जग्गा अधिग्रहण गरिएको सरकारी अभिलेखमा उल्लेख छ।

अधिग्रहण गरिएबाहेक ललितानिवासका भोगाधिकारी सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरको १४ रोपनी ११ आना तथा बबरमहलका भोगाधिकारी भरतशमशेरको अंशमा भएको १२ रोपनी जग्गामात्रै जफत भएको उल्लेख छ। सरकारले अधिग्रहण गरेमध्ये तत्कालीन शाही नेपाली सेनामा प्रमुख सेनानी रहेका कनकशमशेरले राजा महेन्द्रलाई बिन्ती चढाएर ललितानिवासले चर्चेको ८ रोपनी जग्गा फिर्ता लगेका थिए। आफ्नो बसोबासका लागि जग्गा अभाव देखाउँदै कनकशमशेरले घोडातबेलाले ओगटेको ८ रोपनी जग्गा सरकारले अधिग्रहण गर्दा दिएको मूल्य करिब ४५ हजार तिरेर फिर्ता लगेका थिए। फिर्ता दिएको रकमलाई आधार मान्ने हो भने ६ वटा दरबारको जग्गा अधिग्रहणमा तत्कालीन सरकारले राणा परिवारका लागि मात्रै १६ लाख रुपैयाँ मुआब्जा दिएको देखिन्छ।
अर्को समाचार
ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा
२९ वैशाख २०७६
•
३ मिनेट पाठ
ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा
काठमाडौं - बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

२०६३ देखि २०७३ सालसम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएको स्रोतले जानकारी दियो। नागरिकलाई प्राप्त विवरणअनुसार भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ।

यसमध्ये पछिल्लोपटक यती र महालक्ष्मी मर्ज भएर महालक्ष्मी विकास बैंक भइसकेको छ। त्यस्तै आइएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक बनिसकेको छ। यी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भूमाफियाले अन्यत्र जग्गा खरिदमै लगानी गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ।

‘ललितानिवासका तत्कालीन भोगाधिकारीबाट आफ्नो नाममा जग्गा ल्याएपछि गुरुङ, ढकाल र सुवेदी तथा अन्य व्यापारीले सेटिङमै करिब डेढ दर्जन बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका रहेछन्,’ स्रोतले भन्यो, ‘उक्त कर्जा व्यक्तिगत तथा सामूहिक रूपमा जग्गा खरिदमै लगानी गरेको पनि देखियो।’ ललितानिवासको जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेका छन्। उनीहरूमाथि ठगी, किर्ते/जालसाझी र संगठित अपराध कसुरमा छानबिन भइरहेको छ।

यसमध्ये गुरुङ, ढकाल र सुवेदीका परिवारका नाममा मात्रै चारवटा बैंक तथा वित्तीय संस्थाले ६२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बाँकी कर्जा अन्य व्यक्ति तथा संस्थाका नाममा प्रवाह भएको हो। प्राप्त विवरणअनुसार भूमाफिया भनेर चिनिएका डा. ढकालले ग्लोबल आइएमई बैंकबाट तीन करोड ७५ लाख रुपैयाँ कर्जा लिएका छन्। त्यस्तै साबिक आइएमई फाइनान्सबाट उमाकुमारी ढकाल र माधवी सुवेदीले दुई करोड ६२ लाख र इन्भेस्टमेन्ट बैंकबाट विवेक सुवेदीले १० करोड रुपैयाँ कर्जा लिएका छन्। उमाकुमारी ढकाल भूमाफिया शोभाकान्त ढकालकी पत्नी हुन् भने माधवी र विवेक अर्का भूमाफिया रामकुमार सुवेदीका पत्नी र छोरा हुन्।

यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको परिवारले ललितानिवासकै जग्गा धितो राखेर लक्ष्मी बैंकबाट ४६ करोड रुपैयाँ कर्जा लिएका छन्। लक्ष्मी बैंकले मीनबहादुरकी छोरी कामनाका नाममा १४ करोड, छोरा कल्याणका नाममा १८ करोड र बुहारी सरलाका नाममा १४ करोड कर्जा प्रवाह गरेको छ। कामना पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङकी बुहारीसमेत हुन्। यसैगरी हिमालयन बैंक लिमिटेडले संगीता कोठारी राखेचाका नाममा ललितानिवासले चर्चेकै जग्गा धितो राखेर तीन करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अन्य व्यापारी र भूमाफिया गरी दुई दर्जन व्यक्तिका नाममा बाँकी कर्जा प्रवाह भएको छ।
२०२१ सालमा सुवर्णशमशेर तथा उनको परिवारका नाममा भएको जग्गा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको थियो।

तर मुआब्जा लिएको जग्गालाई जफत भनेर गैरकानुनी रूपमा तत्कालीन भोगाधिकारीले सेटिङमै एक सय १४ रोपनी आफ्नो बनाएका थिए। त्यसको १२ वर्षपछि राणा परिवारले गुरुङ, सुवेदी र ढकालसहितका भूमाफियालाई सो जग्गा बिक्री गरेका थिए। सुवर्णशमशेरका हकदारहरू सुनीति राणा, शैलजा राणा, रुक्मशमशेर, हेमनशमशेर र हाटकशमशेरले करिब एक सय १४ रोपनी जग्गा २०६१ सालमै भूमाफियालाई बिक्री गरेका थिए। त्यही जग्गा भूमाफिया र व्यापारीले बैंकमा धितो राखेर ऋण लिएको अनुसन्धानबाट खुलेको हो।

पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णयको गतल व्याख्या गरी सरकारी जग्गा व्यक्तिका नाममा गराइएको छानबिनबाट पत्ता लागिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस