औषधि छन्, स्वास्थ्यकर्मी छैनन्
१६ चैत्र २०७५
•
५ मिनेट पाठ
औषधि छन्, स्वास्थ्यकर्मी छैनन्
हुम्ला- विगतमा स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको घटना सुनिँदै आएको हो। तर, हुम्लाका स्वास्थ्य संस्थामा भने अवस्था अर्कै छ।  स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्।

जहिले पनि औषधि अभावकै समस्या झेलेको हुम्लाले स्थानीय सरकार गठनपछि स्वास्थ्यकर्मी समस्या भोग्दै आएको छ।

सामान्य झाडापखाला, टाउको दुख्ने जस्ता समस्याकोे उपचारकै लागि नजिकैको रायाँ स्वास्थ्यचौकी पुग्दा औषधि पाए पनि स्वास्थ्यकर्मी नभेटिएको बताइन् खार्पुनाथकी पञ्चसरी रावलले। भनिन्, ‘कोही भेटिएनन्, उपचार नगरी फर्किनुपयो।’ 

एक जना हेल्थ असिस्टेन्ट, एक अहेव, दुई जना अनमी र २ जना कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी छ यस राया स्वास्थ्यचौकीमा । 

तर, स्वास्थ्यकर्मी नै नभएपछि बिरामी मार्कामा पर्दै आएका छन्। स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर घर आउनुपरेको सेवाग्राहीको गुनासो छ।

प्राप्त जानकारीअनुसार स्वास्थ्य इन्चार्ज भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घरबिदामा छन्। त्यस्तै, अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेत छिन् भने अहेव ओमप्रकाश कुसुवाहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट गएका छन्। 

अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सेवा पाउन नसकेको वडा अध्यक्ष गुलाम रावल स्वीकार्छन्। यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ। महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती भएका महिलाहरुलाई चेकजाँच गराउन समस्या भएको सिमकोट गाउँकार्यपालिका विनोद विकले बताए। २ जना अनमीको दरबन्दी रहेता पनि तालिम भन्दै नेपागञ्ज सुर्खेत झरेकाले समस्या भएको उनको भनाइ छ। 

स्वास्थ्यकर्मी अभावकै कारण गर्भवती महिला एक दिन पैदल हिँडेर जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ। उता सर्केगाड गाउँपालिका वडा २ रिपगाउमा रहेको स्वास्थ्यचौकीमा पनि स्वास्थ्यकर्मी नहुदा बिरामीलाई त्यही समस्या भएको स्थानीय गुरु कार्कीले बताए। सडक सञ्जालमा नजोडिएको कारण पनि नागरीक विरामी हुँदा स्टेचर, डोको र पिठ्युमा बिरामीलाई बोकेर २ दिनको पैदल हिडेर जिल्ला अस्पताल सिमकोटमा ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

यी त प्रतिनीधि पात्र मात्रै हुन। जिल्लाभरीका स्वास्थ्य चौकीको अवस्था यस्तै रहेको स्थानीयको गुनासो छ। स्वास्थ्यचौकीमा औषधि भएर पनि स्वास्थ्यकर्मी नहुँदा विरामीहरु फर्कनुपर्ने अवस्था समृद्दिको बाटोमा लम्किरहेको मुलुकका लागि बिडम्बनापूर्ण रहेको छ।

अहिले सरकारले कर्मचारी समायोजन प्रकृया अघि बढाइरहँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको अहिले सम्म समायोजन हुन नसकेका कारण पनि यो समस्या आएको हुन सक्ने खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक देखिन्छ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई पिठ्यँमा बोकेर जिल्ला अस्पताल सिमकोट लगिँदै । 
अर्को समाचार
जाजरकोटमा ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी
२२ पौष २०७४
•
८ मिनेट पाठ
जाजरकोटमा ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी
जाजरकोट – एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ९ जनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्। स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए। ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने, ‘स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको छ ।’

रोग प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीय प्रेम न्यौपानेले बताए। औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउनुप¥यो भन्दै स्थानीयवासीले बड्कुले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई केहीबेर घेरेको डा पवन शाक्यले बताए।

स्वास्थ्य चौकी बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्ने भएका कारण त्यहाँ पुग्न नसकिएको हो। अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताए।

सो स्थान सदरमुकामभन्दा २३ कोस टाढा पर्छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँच जनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गरे। जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताए।

रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा, शान्तबहादुर शाहीका दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, कालो दमाईंका सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षीया छोरी कविता नाथ र एक नाम नखुलेका बालकको मृत्यु भएको स्वाथ्य चौकी बड्कुलेका प्रमुख हरिबहादुर सिंहले बताए।

ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन्। स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको उनले बताए।

स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीको भरमा

वर्षेनी जाजरकोटका विकट गाउँमा मौसमी रुघाखोकी र ज्वरोका कारण यही समयमा यहाँका स्थानीयवासी बिरामी हुने गर्छन्। अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयवासी बिरामी हुने गरेका छन्। दैनिक खानेकुरा र कपडा लगाउने लगायतका विषयमा ध्यान नदिँदा स्थानीयवासी बिरामी हुने गरेका छन्।

बालबालिका चिसो मौसममा राति परेको तुषारो बरफ भनेर खाँदा बढी बिरामी हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। वृद्धवृद्धाको चिसो खप्न नसक्दा मृत्यु हुने गरेको छ। अधिकांश गाउँले बिरामी हुनेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीकहाँ जाँदा अकालमै मृत्यु हुने गरेको छ।

कहाँ कहाँ बढी बिरामी छन् त ?

जुनीचाँदे गाउँपालिका–१ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, वडा नं २ का मजकोट, आलीमौगाना, वडा नं ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन्।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा तीन–चारजना बिरामी परेको स्थानीय काशीराम न्यौपानेले बताए। जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन्।

बिरामीमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायतका समस्या देखिने गरेको छ। त्यस्तै, वारेकोट गाउँपालिकाको वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए। विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ। वारेकोट गाउँपालिकाको जिरी र नायकवाडामा बढी बिरामी भएको सिलिगीका स्वास्थ्यकर्मी डम्मर कार्कीले बताए।

भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन्। ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौं’, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौँ। यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ।’

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको उनले बताए।

स्वास्थ्य संस्था जनताको पहुँचभन्दा टाढा

भाइरल प्रभावित क्षेत्र स्वास्थ्य संस्था मजकोटभन्दा टाढा रहेका कारण उपचारमा समस्या भएको छ। बिरामीलाई स्वास्थ्य संस्था ल्याउन स्वास्थ्यकर्मीहरु गाउँसम्म पुग्न निकै टाढा भएका कारण समस्या भएको छ। सदरमुकामबाट टाढा भएका कारण तोकिएको समयमा औषधिसमेत लैजान समय लाग्ने गर्छ।

रोग प्रभावित क्षेत्रमा छिटो उपचारको व्यवस्था मिलाई जनताको अकालमा ज्यान जानबाट जोगाउन पूर्व गृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेतले आग्रह गरेका छन्। सत्य तथ्य कुरा छिटो पत्ता लगाई उचित कदम चाल्न सरकारसँग उनले मागसमेत गरे। यता प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भने अवस्था नियन्त्रणमा आइसकेको बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस