जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ
०४ फागुन २०७५
•
३ मिनेट पाठ
जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ
मुगु – महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई हुम्ला चंखेली गाउँपालिका दार्माका शाहीले दुर्व्यवहार गरेका हुन्। उनी अस्थायी प्रहरी चौकी चैनका सई हुन्।

लामो समयसम्म श्रीमती घर नआएपछि खोज्दै जाँदा चैन भन्ने गाउँमा भिर बाटोमा एक्लै भेटिएको पीडित महिलाका श्रीमान्ले बताए। रातिसम्म खोजेपछि प्रहरी चौकी चैनमा रहेका सईले रमा लिन बोलाएको र चैन खोलामा पुग्दा जबर्जस्ती गरेको श्रीमतीले बताएकी उनले बताए। पछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको उनले बताए। प्रहरीले दोषी शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर, आफूले लगातार दबाब दिएपछि पक्राउ गरेको उनले बताए। तर, जिल्ला प्रहरी कार्यालयभित्रै दोषी शाहीले आफूलाई धम्क्याएको पीडितका श्रीमानले बताए। 

पहिला बजारमा रहेको किराना घुम्ती पसलबाट सामानहरु लिने गरेका शाहीले एक दिन राति मदिरा सेवन गरी घुम्तीसमेत फुटाएको तर चैन गाउँका स्थानीयको आग्रहमा आफूले छुट दिएको नेपालीले बताए। शुक्रबार साँझ शाहीले फोन गरी आफू प्रहरी चौकी सोरुकोटमा सरुवा भइसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेपछि पैसा लिन गएको बेला चैन खोलामा जबर्जस्ती गरेको पीडीत ३० वर्षीया कान्छी नेपाली (नाम परिवर्तन)ले बताइन्।

शाहीले आफ्नो घुम्ती पसलबाट बेला बेलामा सामान लिने गरेको र असईबाट सईमा बढुवा भएको बेला केही महिना पहिले दुई हजार नगदसमेत सापटी लिएको उनले बताइन्। शुक्रबार साँझ पैसा लिन आउन भन्दै फोन गरेपछि आफूले साँझको बेला नआउने बताए पनि शाहीले आफू सरुवा भएर जान लागेकाले नआए पैसासमेत नपाउने बताएपछि आफू पैसा लिन गएको तर पैसा नपाएर बलात्कार हुनुपरेको उनले रुँदै बताइन्।

जर्बजस्ती करणी भएको भन्ने विषयमा मौखिक जानकारी आउने बितिक्कै सई शाहीलाई पक्राउ गरि सकिएको, दुवै जनाको स्वास्थ्य परीक्षणसमेत भए पनि पीडितका पक्षबाट जाहेरी दर्खास्त नआएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए। पीडितको जाहेरी दरखास्त आउने बितिक्कै दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले बताए। 
अर्को समाचार
जबर्जस्ती करणीको आरोपमा असई पक्राउ
११ असार २०७७
•
१ मिनेट पाठ
जबर्जस्ती करणीको आरोपमा असई पक्राउ
रौतहटमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीषक (असई)लाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सञ्जीप झालाई स्थानीयले नियन्त्रणमा लिएर बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाएको स्थानीयले जानकारी दिएका छन्।  

मंगलबार राति करिब १ बजेको समयमा एक स्थानीय महिलालाई घरभन्दा करिब तीनसय मिटर टाढा लिएर जबर्जस्ती करणी गर्न खोज्दा महिलाले प्रतिकार गर्दै गुहार मागेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। रातभर स्थानीयको नियन्त्रणमा रहेका असई झालाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उद्धार गरेको हो। आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही गर्ने सहमति पछि स्थानीयले प्रहरीको जिम्मा लगाएको राजदेवी नगरपालिका–२ का वडाध्यक्ष सनुप महतोले जानकारी दिए।  

महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक झालाई जिल्ला प्रहरी कार्यालयमा पु¥याएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खड्काले जानकारी दिए।  

यसैबीच जिल्लाको लौकाहा प्रहरी चौकी इन्चार्ज असई मुनमुन सिंहको दुर्घटनामा परेर मृत्यु भएको छ। विदामा घर जान लागेका उनको दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस